काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले एमसीसी सम्झौता, संविधान संशोधन र लिम्पियाधुराको विषयमा भारत–चीनबिच भएको द्विपक्षीय सहमति तथा संस्थागत भ्रष्टाचारको विरुद्धमा प्रदर्शन गरेको छ । आइतबार सो पार्टीले राजधानीमा विरोध र्यालीको आयोजना गरेको हो ।

र्यालीमा लिम्पियाधुरामा त्रिदेशीय सहमति कायम गर, संविधान संशोधन होइन, खारेज गर लगायतका नारा लगाइएको थियो । र्याली शान्तिबाटिका, भद्रकाली, नयाँ सडक हुँदै इन्द्रचोक जनबहालमा पुगेर कोणसभामा परिणत भएको थियो । विरोध प्रदर्शनलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले सम्बोधन गर्नुभएको थियो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनसभाको सञ्चालन पार्टीका नेता तथा प्रदेश ३ का इन्चार्ज हेमन्तप्रकाश ओली सुदर्शनले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा नेताहरु रामसिंह श्रीस, हरिभक्त कडेल, सीताराम तामाङ, रामबहादुर बुढा लगायतले पनि विरोध मन्तव्य राख्नुभएको थियो ।