जनावादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जानू अहिलेको विकल्प हो
काठमाडौं : बाकेको राप्ती सोनारी गाँउपालिका-८ स्थित शमशेर गंज ( जिरो बजार)मा कोणसभा २०८१ चैत २० गते बुधबार सम्पन्न भएको छ। कोणसभालाई विद्यार्थी नेता दिपक बिष्टले सम्बोधन गर्नु भएको थियो। हामीले राजतन्त्रको पिडालाई भोगेर आएको छौ। २४० वर्ष सम्म नेपाली जनताले उत्पिडन भन्दा अरु केही पाउन न सकेकाले यो नेपाली जनताको विकल्प हुनसक्दैन भन्नु भयो। विकल्प यथास्थितिवादी पनि होईन। अबको विकल्प अग्रगामी कार्यदिशा जनावादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादमा जानू भएको बताउनुभयो। कार्यक्रमको सञ्चालन अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का बाँके जिल्ला संयोजक प्रकाश बिकले सञ्चालन गर्नु भएको थियो। राप्ती सोनारी गाँउपालिका-९ को ढकेरी बजारमा अभियान टोलीले…