समाचार

भूमि बैंक नीति खारेज गर्न आवश्यक भएको वक्ताहरूको निष्कर्ष

भूमि बैंक नीति खारेज गर्न आवश्यक भएको वक्ताहरूको निष्कर्ष

काठमाडौं :सरकारले ल्याको भूमिबैंकको नीति खारेज गर्न आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । क्रान्तिकारी किसान महासंघको आयोजनामा काठमाण्डौको होटेल हार्दिकमा “सरकारको भूमि बैंकसम्बन्धी नीति र किसानका जल्दाबल्दा समस्याबारे क्रान्तिकारी किसान महासंघको अवधारणा ” विषयक अन्तरक्रियामा वक्ताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा क्रान्तिकारी किसान महासंघका अध्यक्ष सिताराम तामाङले पेश गरेको अवधारणा माथि आफ्नो धारणाहरु राख्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवहाक महासचिव सिपी गजुरेलले कार्यक्रम निकै सान्दर्भिक रहेको र वक्ताहरुले जुन धारणा राख्नु भएको छ ,त्यसले किसानहरुको बीचमा जान सजिलो हुने भन्दै किसानरुलाई भूमिबैंकले उत्पादकत्व बढाउने भन्दै सरकारवादी तथा सरकारका पक्षपोषकहरुले किसानहरुमा भ्रम छरेको बताउनु भयो । वहाँले राजनैतिक…
Read More
इजरायली आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए, इरानले दिए यस्तो चेतावनी

इजरायली आक्रमणमा इरानी सैन्य कमाण्डर मारिए, इरानले दिए यस्तो चेतावनी

काठमाडौं : इजरायलले इरानमाथि अहिलेसम्मकै भिषण आक्रमण सुरु गरेको छ। गएराति इजरायलले गरेको भिषण हमला इरानको आणविक कार्यक्रम र वरिष्ठ सैन्य नेताहरूमाथि लक्षित गरी प्रहार गरिएको छ। र वरिष्ठ सैन्य अधिकारी र आणविक वैज्ञानीकहरू मारिएको जनाइएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यो आक्रमण र युद्ध लामो समय सम्म चल्ने घोषणा गर्दै इरानलाई आणविक हतियार बनाउनबाट रोक्नका लागि थालिएको अहिले सम्मकै ठूलो कारबाही भनेका छन्। यस्तोमा मध्यपूर्वलाई नयाँ द्वन्द्व सुरु भएको छ र क्षेत्रीय शान्ति अनिश्चिततामा धकेलिएको छ। आइआरजीसी प्रमुख मारिए इजरायलको भिषण हमलामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी) का प्रमुख जनरल होसेन सलामी मारिएको जनाइएको छ। उनी इरानका सबैभन्दा शक्तिशाली…
Read More
इजरायलद्वारा इरानमाथि फेरि गर्यो आक्रमण, जवाफी हमलाको डरले आपतकाल घोषणा

इजरायलद्वारा इरानमाथि फेरि गर्यो आक्रमण, जवाफी हमलाको डरले आपतकाल घोषणा

एजेन्सी : इजरायलले इरानविरुद्ध आक्रमण थालेको छ । आक्रमणको निशाना इरानको परमाणु कार्यक्रम र लामो दूरीको मिसाइल क्षमतालाई बनाएको छ ।  इजरायली सेनाका अधिकारीले इरान भरका दर्जनौँ केन्द्रहरूलाई निशाना बनाइएको बताएका छन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायलले परमाणु वैज्ञानिकहरूले बताएको नतान्जमा रहेको इरानको मुख्य परमाणु विकास संरचना र इरानको ब्यालिस्टिक मिसाइललाई निशाना बनाएको बताएका हुन् ।  अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यो हमलामा अमेरिकी संलग्नता वा सहयोग नभएको बताएका छन् । इरानी प्रत्याक्रमणको आशंकामा इजरायलले आपतकालीन अवस्था घोषणा गरेको छ । इजरायलले इरानमा गरेको हमलापछि इरानले प्रतिशोध गर्ने आशंकामा विद्यालय, सामाजिक सभा र गैरआवश्यक कार्यमा प्रतिबन्ध लगाएको छ ।  इजरायलले…
Read More
कार्यबाहक महासचिव गौरवले दिए महासचिव मोहन वैद्य ‘किरण’को शीघ्र स्वास्थ्यलाभको कामना

कार्यबाहक महासचिव गौरवले दिए महासचिव मोहन वैद्य ‘किरण’को शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य जारी गरी महासचिव मोहन वैद्य किरणको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ । शनिबार साँझ जारी गरिएको प्रेस वक्तव्यमा भनिएको छ, “नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका अविचलित नेता, वरिष्ठ दार्शनिक तथा सौन्दर्य चिन्तक, हाम्रो पार्टीका महासचिव कमरेड मोहन वैद्य ‘किरण’ स्वाश–प्रश्वास सम्बन्धी समस्याको उपचारका लागि गत जेठ १८ गतेदेखि त्रिभूवन विश्वविद्यालय, शिक्षण अस्पताल, महाराजगन्जमा उपचाररत हुनुहुन्छ । उहाँको स्वास्थ्य अवस्था स्थिर छ । पार्टीका महासचिव कमरेड किरणको हामी शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।”
Read More
महासचिव वसवराजुसहित २८जनाको हत्या विरुद्ध विश्वका ९ वटा कम्युनिस्ट पार्टीकाे संयुक्त वक्तव्य

महासचिव वसवराजुसहित २८जनाको हत्या विरुद्ध विश्वका ९ वटा कम्युनिस्ट पार्टीकाे संयुक्त वक्तव्य

कमरेड बसवराजु अमर छन् ! हामीले दुःखका साथ थाहा पायौं कि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का महासचिव र अन्तर्राष्ट्रिय सर्वहारा वर्गका अग्रगामी सेनामध्ये एक, नम्बल्ला केशव राव, “कमरेड बसवराजु” ले फासीवादी भारतीय सैन्य बलसँगको झडपमा २७ छापामारहरूसँगै आफ्नो ज्यान गुमाए । त्यही झडपमा परी भाकपा (माओवादी) का अर्का महत्वपूर्ण कार्यकर्ता सइजा नैस्वर रावले पनि आफ्नो ज्यान दिए । राज्यका सञ्चार माध्यमहरुले उनी युद्धभूमिमा मारिएका थिए भन्ने दाबी गरेका छन्, तर तिनीहरूले नेताहरूको मृत्युको बारेमा जनतालाई प्रायः भ्रमित गर्ने गर्छन् । विगतमा, तिनीहरूले कमरेड किसनजीलाई निर्ममतापूर्वक हत्या गरे र त्यसलाई मुठभेडमा मारिएको बताए । तर पछि त्यो नक्कली मुठभेड भन्ने साबित…
Read More
सुर्य भुजेलको नेतृत्वमा ७ जना सदस्य रहेकाे रेड स्टार क्लब गठन

सुर्य भुजेलको नेतृत्वमा ७ जना सदस्य रहेकाे रेड स्टार क्लब गठन

कुपण्डाेल : रेड स्टार क्लब गठन भएकाे छ । बिहीबार ललितपुरकाे युएनपार्कमा सुर्य भुजेलको नेतृत्वमा ७ जना सदस्य रहेकाे रेड स्टार क्लब गठन गरेको छ । क्लबका अध्यक्ष भनेका छन्,"क्रान्तिकारी खेलकुद महासंघद्वारा आयोजित यस अभियानमार्फत हामी खेलकुद क्षेत्रमा फैलिएको भ्रष्टाचार, पक्षपात, र अवसरको दुरुपयोगविरुद्ध आवाज उठाउँदैछौं। खेलकुद, जुन निष्पक्षता, सम्मान र खेल भावना प्रतीक हुनुपर्थ्यो, आज स्वार्थी प्रवृत्ति, राजनैतिक हस्तक्षेप र आर्थिक चलखेलले दूषित भएको छ। अब समय आएको छ– यी सबै विकृति र अन्यायको जरो उखेलेर नयाँ युगको सुरुवात गर्ने। हामी नयाँ सोच, पारदर्शिता, समावेशिता र समान अवसरका सिद्धान्तका साथ मैदानमा उत्रिएका छौं, र परिवर्तनको यो आन्दोलनलाई निरन्तर अगाडि…
Read More
देवकोटा दम्पतीलाई हदैसम्मकाे कारबाही गर-क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गाेरखा

देवकोटा दम्पतीलाई हदैसम्मकाे कारबाही गर-क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गाेरखा

गाेरखा : जिल्ला समन्वय समिति गोरखाकी सदस्य इन्दिरा देवकोटा र उनका श्रीमान निवृत्त शिक्षक रामचन्द्र देवकोटाद्वारा एक निर्दोष महिलामाथि भएको कुटपिटको घटनाप्रति मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गोरखा निन्दा गरेको छ । बिहिबार विज्ञप्ति जारी गर्दै पार्टीले अजिरकोट गाउँपालिका ५ बाट जिसस सदस्यमा निर्वाचित देवकोटा र उनका श्रीमानले सोही ठाउँकी ३५ वर्षीया कल्पना धिताललाई लछारपछार पार्दै कुटपिट गरेको घटनाले पार्टीलाई अत्यन्त दुखित र गम्भीर तुल्याएको उल्लेख गरिएको छ । जिल्ला पार्टी सेक्रेटरी रविद्वारा हस्ताक्षित विज्ञप्तिमा काम गरेको ज्याला माग्न जाँदा देवकोटा दम्पतीद्वारा धिताल महिलामाथि भएको कुटपिट र लछारपछार गरी गम्भीर घाइते बनाउनु अत्यन्त निन्दनीय भएको उल्लेख छ ।…
Read More
दलित समुदायको वास्तविक मुक्ति क्रान्तिकारी र वर्गीय संघर्षमार्फत् नै सम्भव छ

दलित समुदायको वास्तविक मुक्ति क्रान्तिकारी र वर्गीय संघर्षमार्फत् नै सम्भव छ

– टेकबहादुर विश्वकर्मासंयोजक, एकीकृत दलित मुक्ति मोर्चा, नेपाल १) सर्वप्रथम तपाईले नेतृत्व गर्नु भएको एकीकृत दलित मुक्ति मोर्चाको परिचय दिनु हुन अनुरोध गर्दछु ।एकीकृत दलित मुक्ति मोर्चा नेपाल दलित समुदायको पक्षमा निरन्तर संघर्षरत एक राजनीतिक संगठन हो । साथै सामाजिक र सांस्कृतिक क्षेत्रमा रूढिवादी चिन्तन र व्यवहारलाई मलजल गर्दै आएको सामन्ती ब्राह्मणवादी तथा दलाल पुँजीवादी सत्ता र व्यवस्था विरुद्ध निरन्तर संघर्षरत संगठन हो, जसले दलित समुदाय माथि ऐतिहासिक कालखण्डदेखि जबर्जस्ती लादिएको उत्पीडन र असमानता विरुद्ध संघर्ष गर्दै उत्पीडित ऐतिहासिक सर्वहारा वर्ग दलित समुदायको न्याय, समानता र अधिकार प्राप्तिको पक्षमा एकजुट भएर आवाज उठाउने र मुक्ति आन्दोलनलाई अघि बढाउने काम गरिरहेको…
Read More
अग्नि सापकोटाविरूद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

अग्नि सापकोटाविरूद्ध अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख अग्नि सापकोटाविरूद्ध व्यक्ति हत्याको मुद्दामा उत्प्रेषणा जारी गरेको छ। योसँगै काभ्रेका अर्जुन लामाको हत्याकाण्डमा सापकोटामाथि अनुसन्धान गरी मुद्दा चलाउने बाटो खुलेको छ। बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले उक्त आदेश जारी गरेको सर्वोच्चको वेबसाइटमा उल्लेख छ। सापकोटालाई काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको अभियोगमा सजाय माग गर्दै कनकमणि दीक्षित, अर्जुनकी पत्नी पूर्णिमाया लामा र सुशील प्याकुरेलसमेतले रिट दायर गरेका थिए। काभ्रेको अर्जुन लामा हत्या प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन्। मुद्दा दायर…
Read More
एकीकृत दलित मुक्ति मोर्चा नेपालको आयो यस्तो चेतावनी

एकीकृत दलित मुक्ति मोर्चा नेपालको आयो यस्तो चेतावनी

काठमाडौं : ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस’ का सन्दर्भमाएकीकृत दलित मुक्ति मोर्चा ,नेपालले एक प्रेस वक्तव्य जारी गरेको छ । मोर्चाका संयोजक टेक बहादुर बिश्वकर्माले २०८२ जेष्ठ २१ गते जारी वक्तव्य यस प्रकार छ – “ २०६३ जेठ २१ गते दिन सरकारले ‘जातीय भेदभाव तथा छुवाछूत उन्मुलन राष्ट्रिय दिवस’ घोषणा गरेको थियो । जातीय भेदभावका विरुद्ध गरिएको यस्ता दिवस र नीतिगत घोषणाहरू केवल राज्यको देखावटीमा सिमित रहनु विडम्बनापूर्ण रहेको छ । गणतन्त्र आएपछि दलित समुदायको युगौंदेखि थोपरिएको जातीय उत्पीडन, सामाजिक बहिष्कार र राज्य संरक्षित विभेद अन्त्य हुनेछ भन्ने अपेक्षा उत्पीडित समुदायले राखेका थिए । तर सामाजिक रुपान्तरणको नारा दिएतापनि…
Read More