समाचार

अखिल(क्रान्तिकारी)का नेता मनोज थापा र नेतृ पार्वती गिरीबीच प्रगतिशील विवाह सम्पन्न

अखिल(क्रान्तिकारी)का नेता मनोज थापा र नेतृ पार्वती गिरीबीच प्रगतिशील विवाह सम्पन्न

"समाज रुपान्तरणमा प्रगतिशिल विवाहको अहम भुमिका"रुपन्देही : अखिल(क्रान्तिकारी) केन्द्रीय समितिको आयोजनामा सोमवार प्रगतिशिल विवाह गरिएको छ । रुपन्देहीस्थित पर्रोहा गाउँमा एक समारोहबीच अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य मनोज थापा र सदस्य पार्वती गिरी बीच विवाह भएको हो । दुवै जनाले एकले अर्कालाई माला र अबिर लगाएर दाम्पत्य जीवनको शुरुवात भएको उद्घोष गरेका थिए ।कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा पाँच नम्बर ब्युरो ईन्चार्ज प्रेम सुवेदीले प्रगतिशिल विवाहले समाज रुपान्तरणमा अहम भुमिका खेल्ने औल्याए । उनले जनसंस्कृति निर्माणमा यस्ता कार्यक्रमहरुले निकै महत्व राख्ने बताए ।पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य तथा पाँच नम्बर ब्यूरो सचिव जितामित्र सुनारले विवाह एक…
Read More
क्रान्तिकारीले कम्युनिस्ट पार्टी नेपाल ललितपुरको जिल्ला सम्मेलन स‌म्पन्न, सचिवमा विस्वास

क्रान्तिकारीले कम्युनिस्ट पार्टी नेपाल ललितपुरको जिल्ला सम्मेलन स‌म्पन्न, सचिवमा विस्वास

कुमार भट्टराई/ललितपुर : काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकताको ९ औं ललितपुर जिल्ला सम्मेलन २०८२ भदौ १४ गते पार्टीका कार्यवाहक महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन गर्दै कार्यवाहक महासचिव गौरवले देशैभर जनविद्रोहको माहौल बनेको बताउनु भयो । उहाँले भन्नुभयो, “जनसंघर्ष, वर्गसंघर्ष, जनप्रतिरोध र जनविद्रोहको कार्यदिशा सही सावित हुँदै गएको छ । अहिले देशैभरि जनविद्रोहको माहौल बनिरहेको छ ।” उहाँले विकसित परिस्थितिलाई मध्य नजर गरी रचनात्मक रुपमा काम गर्न पार्टीपंक्तिलाई निर्देशन पनि दिनुभयो । सम्मेलनमा पार्टी केस कगेन्द्र र दिपकको पनि अतिथिको रुपमा उपस्थित रहेको थियो भने सम्मेलनमा बाबुलाल लोप्चनले स्वागत गर्नुभएको थियो ।…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं महानगरको सचीवमा विवेक शर्मा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं महानगरको सचीवमा विवेक शर्मा

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, काठमाडौं महानगरकाे एकताकाे सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ । एकता सम्मेलनमा पार्टीका पाेलिटब्युराे सदस्य एंवम ९ नं. ब्युरो सेक्रेटरी चिन्तामणि पाैडेलकाे प्रमुख अतिथित्वमा, जिल्ला सचिब केदार खतिवडा र महानगर इन्चार्ज बन्धुदेव पान्डेकाे अतिथित्वमा सिद्धेश्वर माबि,तिनकुनेमा शनिबार सम्पन्न भएको जानकारी जन बिहानीलाई नवनिर्वाचित सचीव विवेक शर्माले बताउनुभयो । सम्मेलनले ४ जना पछि थप्ने गरि १३ पुर्ण कमिटी सहित सम्मेलन बाट १७ सदस्यीय काठमाडौ महानगर समिति निर्माण भएको छ। सचिव विवेक शर्माले सम्मेलनलाई सफल बनाउन सहयाेग गर्नुहुने सम्पुर्ण नेता-कार्याकर्तालाई विशेष धन्यवाद दिनुभयो ।
Read More
शनिबारबाट पानी पर्न कम हुन्छ : मौसमविद

शनिबारबाट पानी पर्न कम हुन्छ : मौसमविद

काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले परिरहेको पानी शनिबारबाट केही कम हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । आज भने देशका अधिकांश स्थानमा मध्यम वर्षा हुने प्रक्षेपण छ । बरिष्ठ मौसमविद प्रतिभा मानन्धरले आज शुक्रबार धेरैजसो स्थानमा मध्यम वर्षा हुने र भोलि शनिबार मनसुनको असर केही कम हुने बताइन् । उनका अनुसार आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति भने कोशी र सुदूरपश्चिममा मात्र भारी वर्षा हुने पूर्वानुमान छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानबाट उत्तरतर्फ (नेपालको भूभाग नजिक) र पूर्वमा सरदर स्थानमा (भारतमा)…
Read More
‘लिम्पियाधुरा लिपुलेक र कालापानीको अतिक्रमण अन्तराष्ट्रियकरण गर’

‘लिम्पियाधुरा लिपुलेक र कालापानीको अतिक्रमण अन्तराष्ट्रियकरण गर’

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले नेपाली भुमि लिपुलेकमा छिमेकी राष्ट्रहरु ईण्डिया र चाइनाले गरेको ब्यापारिक नाका खोल्ने सहमति तत्काल खारेज गर्न माग गरेको छ । सो पार्टीले सरकारले अतिक्रमणको यो मुद्धालाई अन्तराष्ट्रियकरण गर्न र लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र फिर्ता गर्न माग गरेको हो । बिहीबार जिल्ला प्रशासन कार्यालय नवलपरासी (बसुप)का प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन बुझाउदै उक्त पार्टीले जिल्लाको सुस्तामा भएको भारतीय अक्रिमण हटाउन र सुस्ताका बासिन्दा माथि बिभिन्न बहानामा भारतीय पक्षले लगाएको झुठ्ठा मुद्धा फिर्ता गर्न समेत ज्ञापन पत्रमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा जिल्लाका सातै स्थानीय तह…
Read More
नेपाली भूमि प्रयोग गर्ने भारत र चीन सहमति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेपाली भूमि प्रयोग गर्ने भारत र चीन सहमति खारेजीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

काठमाडौं : नेपाली भूमि लिपुलेक लिम्पियाधुरा र कालापानी नेपाली भूमिबाट व्यापारिक मार्ग सञ्चालन गर्ने चीन र भारतको सहमति खारेजीकालागि पहल गर्न माग गर्दै देशमा क्रियाशील कम्युनिष्ट पार्टीहरुले मुख्य सचिव एकनारायण अर्याल मार्फत प्रधानमन्त्री केपी ओलीलाई ज्ञापन पत्र बुझाएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका नौं वटा वाम घटकले ज्ञापन पत्र बुझाएका हुन् । १२ गते बुझाइएको ज्ञापन पत्रमा भनिएको छ, “नेपालका दुई ठूला र शक्तिशाली निकटतम् छिमेकीहरुद्वारा यस प्रकारको कार्य हुनु अत्यन्त खेदजनक विषय हो । अतः हामी निम्न अनुसारका दलहरुले उक्त सहमति खारेज गर्नका लागि दुबै देशसँग कुटनीतिक पहल गर्न सम्माननीय प्रधानमन्त्रीज्यु तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन…
Read More
शहिद शोभाखर धनन्जयको ४०औं स्मृति दिवश सम्पन्न

शहिद शोभाखर धनन्जयको ४०औं स्मृति दिवश सम्पन्न

काठमाडाैँ : हाँक साप्ताहिक पत्रिकाको प्रधान सम्पादक प्रकाशक शोभाखर धनन्जयको ४० औं स्मृति दिवश कार्यक्रम हाँक साप्ताहिकको कार्यालय बागबजारमा प्रधान सम्पादक गोविन्दबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा अतिथिहरु क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्यहरु रामसिङ श्रीस,सन्तबहादुर नेपाली, कृष्णराज पौडेल, हेमन्तप्रकाश ओली, पोलिटव्यूरो सदस्यहरु रामबहादुर बुढा ,बालकृष्ण ओली, ९ नं व्यूरो सचिव चिन्तामणि शर्मा ,शहिद परिवारको तर्फबाट इन्दु पाण्डे क्रान्तिकारी महिला संगठनका सहसंयोजक मनु वि.क. रहनु भएको थियो । शहिदप्रति एक मिनेट मौनारण र श्रद्धाञ्जली अर्पण पछि अगाडि बढेको कार्यक्रममा अतिथिहरुले शोभाखर धनन्जयको पार्टी,क्रान्तिकारी आन्दोलन र जनपक्षीय पत्रकारितामा पु¥याउनु भएको योगदानको चर्चा गर्नु भएको थियो । शोभाखर धनन्जयकी…
Read More
लिम्पियाधुरा अतिक्रमणः भारतीय हस्तक्षेपमा चीन मुछिनु दुर्भाग्यपूर्ण

लिम्पियाधुरा अतिक्रमणः भारतीय हस्तक्षेपमा चीन मुछिनु दुर्भाग्यपूर्ण

लेखक-रतन भण्डारीपटक पटक दुख्ने लिम्पियाधुरा, लिपुलेक र कालापानीको घाउ फेरि यस पल्ट पुनः दुखेको छ । उत्तर र दक्षिणी छिमेकी (भारत र चीन)ले यही भदौ २ गते नेपाली भूमिका आफूखुसी सम्झौता गरेबाट यो घाउ पुनः बल्झेको हो । वर्षौंदेखि दक्षिणी छिमेकीको थिचाइ, मिचाइ, पिल्साइ र हेपाइले थिलोथिलो नेपालको पीडामा उत्तरतिरबाट मह्लम पट्टि हुनुको साटो भारतीय थिचोमिचोलाई बल पुग्ने गरी भारतीय अतिक्रमणलाई अनुमोदन गर्ने दुस्प्रयास भएको छ ।जबकि १८१६ को सुगौली सन्धिको धारा ५ ले नेपालको पश्चिमी सीमा लिम्पियाधुरा उद्गमित महाकाली नदी निर्धारण गरेको छ । सुगौली सन्धिको दफा ५ ले नेपालका राजा तथा तिनका उत्तराधिकारीहरू वा वारिसहरूका लागि काली नदीको…
Read More
सरकार किसानहरुको नभइ दलालहरुको सेवामा केन्द्रित छ : रामसिङ श्रीस

सरकार किसानहरुको नभइ दलालहरुको सेवामा केन्द्रित छ : रामसिङ श्रीस

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिङ श्रीसले सरकार किसानहरुको नभई दलालहरुको सेवामा केन्द्रित भएको बताउनु भएको छ । नेपाल उखु उत्पादक महासंघको नेतृत्वमा राजधानी काठमाण्डौको माइतीघर मण्डलामा जारी रहेको उखु किसानहरुको कार्यक्रमलाई पार्टीको तर्फबाट ऐक्यबद्धता प्रकट गर्दै वहाँले सो कुरा बताउनु भएको हो । वहाँले भन्नु भयो –“किसानहरुको मागलाई सरकारले बेवास्ता गर्दै आएको छ । भर्खरै भूमि विधेयक पारित गरेको छ । त्यो विधेयकले किसानहरुलाई नभई जग्गा दलालहरु र विदेशीहरुलाई जग्गा दिएर किसानहरुलाई मजदुरको रुपमा परिणत गर्दैछ भन्नु भयो ।”वहाँले किसानहरुलाई सरकारको यस्तो कदमको विरोधमा उत्रिन समेत अनुरोध गर्नु भयो र भन्नु भयो – सबै किसानहरुको…
Read More
लिपुलेक हडप्ने चीन र भारतको रवैयाप्रति ५ मजदुर संगठनको विराेध

लिपुलेक हडप्ने चीन र भारतको रवैयाप्रति ५ मजदुर संगठनको विराेध

काठमाडौं : नेपालका ५ वटा मजदुर संगठनहरुले हालै नेपालको लिपुलेक पास अवैधरुपमा प्रयोग गरि भारत र चीनले सीमापार व्यापार सम्झौता गर्ने भनि गरिएको निर्णयको विरोध जनाएका छन् । क्रान्तिकारी ट्रड युनियन महासंघका संयोजक ईश्वर तिमल्सिना, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का संयोजक लोकराज भुसाल, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन महासंघका संयोजक केदार गिरी, अखिल नेपाल ट्रेड युयिनयन महासंघका संयोजक विनोद थापा र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ (बहुमत)का संयोजक डिबी सर्वश्रेष्ठले एक संयुक्त विज्ञप्ति जारी गर्दै चीन र भारतको सो कदमको विरोध जनाएका हुन् । संयुक्त विज्ञप्तिमा हालै नेपाली भूमि लिपुलेक क्षेत्रमा चीन र भारत सरकारका बिच सो क्षेत्रलाई…
Read More