क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालले दिए यस्तो चेतावनी
काठमाडौं : क्रान्तिकारी ट्रेड युनियन महासंघले श्रावण १ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेको नेपाली श्रम बजारमा कार्यरत मजदुरहरुको तलबमानबारे आफ्नो धारणा सार्वजनिक गरेको छ । महासंघका संयोजक इश्वर तिमिल्सिनाले एक वक्तव्य जारी गर्दै महासंघको धारणा सार्वजनिक सार्वजनिक गरेका हुन् । वक्तव्यमा मजदुरहरुका पेशागत तथा राजनीतिक मागहरुलाई निस्तेज बनाउन गरिएको कोशिस र त्यसमा सदवादी ट्रेड युनियनहरुको वर्गीय आत्मसमर्पणवादी चरित्र प्रदर्शनको विरोध गरेका छन् । वक्तव्यमा भनिएको छ, “१– सरकारले निर्धारण गरेको तलवमानले मजदुरवर्गमाथी पुँजीपतीवर्गद्वारा भईरहेको श्रम शोषणको निरन्तरताको कडि भएको छ । क्रान्तिकारी आन्दोलनको उच्च स्तरको दबाब बिना सरकार र पुँजीपतीहरुका बिचमा बन्द कोठाभित्र रोदन गर्ने ट्रेड युनियनवादी…