
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काठमाडौं महानगरपालिकाले असन चोकमा शुक्रबार कोणसभा गरेको छ । पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम गरेको बताइएको छ । साम्राज्यवाद बिस्तारवाद, यथास्थिति र प्रतिगमनको विकल्प स्वाधीन संयुक्त सरकारको माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशभर विरोध स्वरुप कोणसभा आयोजना गरेको र यस महानगरमा पनि कोणसभा सम्पन्न गरेको पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका सचिव पेशल दाहालले बताउनुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा काठमाडौं महानगरपालिकाका इन्चार्ज बन्दुदेव पाण्डेले उक्त विषयबस्तु राख्नुभएको थियोे । कार्यक्रमको सन्चालन पेशल दाहालले गर्नुभएको थियो भने कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ९ नम्बर ब्युरो सचिव चिन्तामणी पौडेल सहभागी हुनुभएको थियोे । आजै महानगरपालिकाको बैठक पनि बसेको थियो ।