समाचार

क्रान्तिकारी महिला संगठन नेपालले गर्याे रामप्रसाद खतिवडाप्रति श्रद्धाञ्जली

क्रान्तिकारी महिला संगठन नेपालले गर्याे रामप्रसाद खतिवडाप्रति श्रद्धाञ्जली

काठमाडाैँ : क्रान्तिकारी महिला संगठन नेपालले संगठनका केन्द्रीय सदस्य ९ नम्बरव्यूरो संयोजक तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सदस्य ज्ञानु खतिवडा साथै महान जनयुद्धको सहिद सुभद्रा खतिवडाको बुबा रामप्रसाद खतिवडाको २०८२ मंसीर १६ गते भएको असामयिक निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । क्रान्तिकारी महिला संगठन नेपालका संयोजक अम्विका मुढवरीले २०८२ मंसीर १७ गते एक प्रेस वक्तव्य जारी गर्दै श्रद्धाञ्जली अर्पण गर्नु भएको हो । वक्तव्यमा बुवा राममप्रसादको निधनले सिङ्गो संगठनले एक अविभावक गुमाएको जनाइएको छ । शोकको यस घडीमा ज्ञानु खतिवडा सहित परिवारजन ,आफन्तजनहरुमा समवेदना प्रकट गरिएको छ । वक्तव्यको पूर्ण पाठ यसप्रकार छ – “ क्रान्तिकारी महिला संगठन…
Read More
क्रान्तिकारी किसान महासंघ नेपालको चौंथो पूर्ण बैठक सम्पन्न

क्रान्तिकारी किसान महासंघ नेपालको चौंथो पूर्ण बैठक सम्पन्न

तनहुँ : क्रान्तिकारी किसान महासंघ नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिको चौंथो पूर्ण बैठक २०८२ मंसिर २३ गते शुक्ला गण्डकी नगरपालिका – ८ मुलपानी नयाँवस्ती तनहुँमा सम्पन्न भएको छ । मूलबाटो सम्वाददाता नारायण लम्सालका अनुसार बैठकले २०८२ माघ दोस्रो हप्ता देखि फागुन मसान्तसम्म किसान जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
Read More
एकता समाजका केन्द्रीय सदस्य मनोहर पौडेलको विदाई कार्यक्रम सम्पन्न

एकता समाजका केन्द्रीय सदस्य मनोहर पौडेलको विदाई कार्यक्रम सम्पन्न

हैदरावाद : अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिको आयोजनामा अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रिय समितिका सचिवालय सदस्य मनोहर पौडेलको आफुले काम गर्ने कम्पनीबाट अवकाश लिएर सदाकोलागि स्वदेश जानुहुने भएकोले मिति २०२५ डिसेम्बर ७ का दिन विदाइ कार्यक्रम सम्पन्न भएको छ ।विदाई कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष कृष्ण पौडेलले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन मध्य दक्षिण क्षेत्रिय समितिका सदस्य केदारनाथ शर्माले गर्नु भएको थियो। कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई मध्य दक्षिण क्षेत्रिय समितिका उपाध्यक्ष राजेन्द्र धिमालले शब्द द्वारा स्वागत मन्तव्य राख्नुभएको थियो। मनोहर पौडेललाई माल्यार्पण गर्नु हुनेमा प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाज…
Read More
आइकोर अन्तर्गतका महिलाहरुको दोस्रो सम्मेलन काठमाडाैँमा सम्पन्न

आइकोर अन्तर्गतका महिलाहरुको दोस्रो सम्मेलन काठमाडाैँमा सम्पन्न

काठमाडाैँ : आइकोर (इन्टरनेश्नल कोओर्डिनेशन फर रिभुलुश्नरी पार्टीज एण्ड अर्गनाइजेशन ) अन्तरर्गतका महिलाहरुको दोस्रो सम्मेलन गत नोभेम्बर २६मा काठमाण्डौमा सम्पन्न भएको छ ।सम्मेलनमा एशिया,युरोप,अफ्रिका ,दक्षिण अमेरिका लगायतका विभिन्न महादेशहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सम्मेलनमा विभिन्न देशबाट आउनुभएका प्रतिनिधिहरुले आ–आफ्नो धारणा प्रश्तुत गर्नु भएको थियो । सम्मेलनमा विश्वभरि नै क्रान्तिकारी आन्दोलन कमजोर बन्दै गएको , वैचारिक अवस्था अत्यन्त कमजोर रहेको, महिला आन्दोलन अत्यन्त कमजोर हुँदै गएको ,महिलाहरुको राजनैतिक अवस्थामा परिवर्तन हुन नसकेको, लैंगिक हिंसा र असमानतामा कमी आउन नसकेको विश्व महिला आन्दोलन कमजोर हुँदै गएको ,विश्वमा पर्यापरणीय संकट गहिरिँदै गएको र यसको मारमा महिलाहरु परेको, विश्वमा साम्राज्यवादी फासीवादको कारण कामदार…
Read More
चुनाव देखि चुनावले जनतालाई ठग्ने काम मात्रै भइरहेको छ : महासचिव गौरव

चुनाव देखि चुनावले जनतालाई ठग्ने काम मात्रै भइरहेको छ : महासचिव गौरव

सीपी गजुरेल चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले प्रायोजित निर्वाचनले वर्तमान संकटको निकास दिँदैन भन्नुभएको छ । मङ्सिर १८ गते बिहानमा चितवनको भरतपुरमा उक्त पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव गौरवले सो कुरा बताउनु भएको हो। गौरवले सुशिला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचन अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको डिजाइनमा हुन थालेकोले त्यस निर्वाचनमा भाग लिनु भनेको अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादद्वारा प्रायोजित निर्वाचनलाई वैधानिकता दिनुहुन्छ भन्नुभयो । गौरवले भन्नुभयो, “प्रायोजित निर्वाचनलाई सहयोग पुर्‍याउनु हाम्रो काम होइन। ” मंसिर १६ र १७ गते चितवनमा सम्पन्न पार्टीको चौचो पूर्ण बैठकका निर्णयहरुलाई…
Read More
क्रान्तिकारी खेलकुद महासंघ काठमाडाैँ दक्षिणी क्षेत्रकाे भेला आयोजक समिति गठन

क्रान्तिकारी खेलकुद महासंघ काठमाडाैँ दक्षिणी क्षेत्रकाे भेला आयोजक समिति गठन

काठमाडाैँ: क्रान्तिकारी खेलकुद महासंघ काठमाण्डौ दक्षिणकाली भेला आयोजक समिति गठन भएको छ । २०८२ मंसीर २० गते वंशीघाटस्थित क्रान्तिकारी खेलकुद महासंघ ९ नं व्यूरो इन्चार्ज स्वाधिन तथा काठमाण्डौ दक्षिण क्षेत्रका इन्चार्ज मंगल तामाङको उपस्थिति,विकास तामाङको अध्यक्षता निराज लिम्बुको स्वागत तथा मंगल तामाङको संचालनमा सम्पन्न एक भेलाले आयोजक समिति गठन गरेको हो । भेलाले विकास तामाङको संयोजकत्वमा १५ सदस्सीय समिति गठन भएको छ । जसमा सदस्यहरु राजाराम रावल, किरण लिम्व, मुस्कान लामा , निशान रावल, सरोज मगर, यसवराज बुढा, रोशन दाहाल, लाक्पा छिरिङ थिङ ,कमल केसी ,प्रिन्स श्रेष्ठ, सुमन तामाङ रहनु भएको छ । दुइ स्थान रिक्त राखिएको छ । समिति…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे संसदीय निर्वाचन बहिस्कार गर्ने घाेषणा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे संसदीय निर्वाचन बहिस्कार गर्ने घाेषणा

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको छ । बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमार्फत् सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारले गर्ने निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको हो । पार्टीका महासचिव सीपी गजुरेलको अध्यक्षतामा मंगलबार र बुधबार भरतपुरमा बसेको चौथो पूर्ण बैठकले जेनजी विद्रोहपछि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहमतिमा कार्की नेतृत्वको सरकार गठन भएको निष्कर्ष निकालेको छ । बैठकले निर्वाचन बहिष्कार गर्दै सत्ता र व्यवस्थाको भण्डाफोर गर्ने नीति तय गरेको छ । त्यस्तै पार्टीले निर्वाचन बहिष्कारका कार्यक्रम अगाडि बढाउने पनि निर्णय गरेको पत्रकार सम्मेलनमा बितरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।…
Read More
जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव

जलवायु परिवर्तनसम्बन्धी प्रस्ताव

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको वि.सं. २०८१ मंसिर १३ देखि २३ सम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा प्रस्तुत र पारित जलवायु परिवर्तनसम्बन्धीबारे प्रस्ताव ) विश्वव्यापी रुपमा जलवायु संकट देखा परेको छ । विश्वको तापमान वृद्धि भइरहेको छ । यदि यसलाई नरोक्ने हो भने मानव जातिकै अस्तित्व खतरामा पर्नेछ । आज सारा विश्व यो विषयमा चिन्तित छ । तर पुँजीवादी देशहरु आफ्नो देशमा कार्वानडाइअक्साइड उत्सर्जनमा कमी ल्याउने कुनै प्रयत्न गर्दैनन् । त्यसकारण यस समस्याका विरुद्ध विश्वव्यापी रुपमा क्रान्तिकारी शक्तिहरुले नै आन्दोलन उठाउनु पर्ने अवस्था आएको छ । मानव जाति आफू जीवित रहनका लागि प्रकृतिसँग संघर्ष गर्दै आएको छ । प्रकृति विना मानिस…
Read More
क्राकपानेपालका महासचिव गाैरवले  दिए विश्व महिला सम्मेलनकाे शुभकामना

क्राकपानेपालका महासचिव गाैरवले दिए विश्व महिला सम्मेलनकाे शुभकामना

काठमाडौँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आइकोर ( क्रान्तिकारी पार्टी तथा संगठनहरूको अन्तर्राष्ट्रिय समन्वय समिति ) अन्तर्गतको दोस्रो विश्व महिला सम्मेलन र सैद्धान्तिक गोष्ठीलाई शुभकामना दिएको छ। पार्टीका महासचिव गौरवले नोभेम्बर २७ मा एक शुभकामना सन्देश मार्फत सो शुभकामना तथा बधाई दिनुभएको हो । मङ्सिर १० गते (नोभेम्बर २६ का दिन ) आइकोर अन्तर्गतका महिलाहरूको विश्व सम्मेलन सम्पन्न भइसकेको छ र ग्रासरुट महिलाहरूको समेत सहभागितामा नोभेम्बर २७ ,२८ , २९ र ३० तारिख सम्म काठमाडौँमा दोस्रो सैद्धान्तिक गोष्ठी सम्पन्न हुने भएको छ । उक्त सन्देशमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र क्रान्तिकारी संयुक्त मोर्चा नेपाल दुवैको तर्फबाट सम्मेलन र गोष्ठी सफलताको शुभकामना…
Read More
विश्व महिलाहरुको सैद्धान्तिक गोष्ठी मंसिर ११–१३ गतेसम्म काठमाडाैँमा हुने

विश्व महिलाहरुको सैद्धान्तिक गोष्ठी मंसिर ११–१३ गतेसम्म काठमाडाैँमा हुने

काठमाडाैँ : महिलाहरुको मंसिर ११–१३ गतेसम्म हुन गइरहेको विश्व महिला सम्मेलनको सैद्धान्तिक गोष्ठीबारे जानकारी दिन मंसिर ८ गते पत्रकार सम्मेलन सम्पन्न भएको छ । पत्रकार सम्मेलनमा महिलाहरुको शोषण र उत्पीडनको मूल कारण साम्राज्यवाद भएको महिलाहरुको भनाइ रहेको छ । पत्रकार सम्मेलनमा गोष्ठीबारे जानकारी दिनुका साथै गोष्ठीको तयारी पूरा भएको बताइयो । पत्रकार सम्मेलनमा विश्वभरका देशहरुबाट उत्पीडित महिलाहरुको उपस्थिति रहने जानकारी दिइयो । गोष्ठीमा साम्राज्यवाद, पर्यावरणीय संकट र आणविक प्रतिष्पर्धाको विषयमा गहन छलफल हुने जानकारी गराइएको छ । गोष्ठीले संसारभरका उत्पीडित महिलाहरुको अधिकार स्थापित गर्न र साम्राज्यवाद विरोधी धारणा निर्माण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । पत्रकार सम्मेलनमा संसारभरका महिलाहरु…
Read More