भोलि बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी
काठमाडौँ : जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिनासहित वर्षा र हिमपात हुने भन्दै सावधानी अपनाउन अनुरोध गरेको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले एक–दुई ठाउँमा भारी वर्षा वा हिमपात हुने सम्भावना पनि रहेको जानकारी दिए। उनले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको तथा भोलिदेखि थप बढ्ने भएकाले मौसमको अवस्थाअनुसार सावधानी अपनाएर काम कारबाही गर्न अनुरोध गरे। यसको असर पश्चिम नेपालमा बढी रहेको र ती क्षेत्रमा भने बिहानैबाट असर गर्ने जनाइएको छ। उनका अनुसार दिउँसो त्यसको असर काठमाडौँमा पनि आइपुग्ने छ। विभागले आज साँझ जारी गरेको बुलेटिनअनुसार…