स्वाधीनताको लडाइँ लड्नैपर्छ : सीपी गजुरेल
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले जनेजी आन्दोलनपछि मुलुकको स्वाधीनतामाथि गम्भीर संकट पैदा भएको विश्लेषण गर्दै देशको स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि स्वाधीनताको लडाइँ लड्नै पर्ने बताउनु भएको छ । उहाँले आज ललितपुरको कुपण्डोल पार्टी कार्यालयमा पार्टी सम्बद्ध अखिल नेपाल तामाङ राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । महासचिव सीपी गजुरेलले स्वाधीनताको लडाइँमा अमेरिकी साम्राज्यवादका विरुद्ध ग्रिनल्याण्डका जनताको विशाल प्रदर्शनबारेमा चर्चा गर्दै नेपालको स्वाधीनताको लडाइँमा पनि जनताको देशप्रेम नै आफ्नो पार्टीको तागत भएको बताउनु भयो । अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले ग्रिनल्याण्ड कब्जामा लिने धम्की दिएपछि ग्रिनल्याण्डका लाखौलाख जनता सडकमा उत्रिएर…