जन बिहानी

1715 Posts
नवनिर्वाचित पत्रकारहरुलाई शुभकामना र महाधिवेशनको सन्देश कार्यक्रम

नवनिर्वाचित पत्रकारहरुलाई शुभकामना र महाधिवेशनको सन्देश कार्यक्रम

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नं. प्रदेशले नवनिर्वाचित पत्रकारहरुलाई शुभकामना र पार्टीको एकता महाधिवेशनको सन्देश कार्यक्रम सम्पन्न गरेको छ । ६ नं. प्रदेशका संयोजक दिपक बहादुर शाहीले मंसिर २ मा हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ–“२०८१ मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको निर्वाचनमा केन्द्र, प्रदेश, र जिल्ला तहका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको तर्फबाट शुभकामना व्यक्त गर्दछौँ । पत्रकारिताको गरिमा, निष्पक्षता, र जिम्मेवारीलाई सफलतापूर्वक कार्यान्वयन गर्ने प्रेरणा पाओस भन्ने शुभकामना व्यक्त गर्दछौँ । प्रिय पत्रकार मित्रहरु। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन २०८१ साल मंसिर १३ देखि २३ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको…
Read More
स्टालिनको योगदानलाई आत्मसात गराैँ (स्टालिन दिवस )

स्टालिनको योगदानलाई आत्मसात गराैँ (स्टालिन दिवस )

काठमाडौ : डिसेम्बर १८ स्टालिनको जन्म दिन हो । जोसेफ स्टालिन विश्व कम्युनिस्ट आन्दोलनका महान नेता हुन् । उनी लेनिनका साथी थिए ।सोभियत सङ्घको राजनैतिक नेता थिए। सन् १८९८ देखि रसियाली सामाजिक–जनवादी मजदुर पार्टीका सदस्य बनेका उनी एक सिद्धान्तनिष्ठ व्यक्ति थिए ।उनले पछि मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म सोभियत संघ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव रहे ।डिसेम्बर १८, १८७८ मा जर्जियाको “गोरी“ मा उनको जन्म भएको थियो र ५ मार्च १९५३ मा उनको मृत्यु भएको थियो । उनले समाजवादको निर्माण र संरक्षणको नेतृत्व गरेका थिए । सोभियय संघ माथि विदेशी आक्रमणकारीको आक्रमणलाई परास्त…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई दियाे भाइचारा पार्टीहरुले शुभकामना

क्रान्तिकारी कम्युनिस्ट पार्टीलाई दियाे भाइचारा पार्टीहरुले शुभकामना

भाकपा (मा.ले.) रेड स्टारकमरेडहरु,कमरेड तुहिन र व्यक्तिगत रुपमा मेरो तर्फबाट र हाम्रो पार्टी भाकपा (माक्र्सवादी) रेड स्टारको तर्फबाट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (आरसीपीएन) को एकता महाधिवेशनको सफलताको कामना गर्दछु । यस ऐतिहासिक महाधिवेशनमा हामीलाई निमन्त्रणा दिनुभएकोमा हामी तपाईप्रति कृतज्ञ छौं ।कमरेड,आज तपाईको महाधिवेशन यस्तो समयमा भइरहेको छ, जतिबेला फासिवाद र युद्धको खतरा विश्वको शिरमा छाएको छ । अमेरिकी राजनीतिको फासीवादी अनुहार डोनाल्ड ट्रम्पले आफ्नो गुमेको सत्ता पुनः प्राप्त गरेका छन् र दोस्रो पटक सत्तामा फर्केका छन् । यो घटनाले विश्वभरी नै फासीवादका लागि उर्वर भूमि छ भन्ने प्रमाणित गर्छ । जबसम्म साम्राज्यवादी र पुँजीवादी अर्थतन्त्रको गम्भीर संकट रहिरहन्छ र त्यसको…
Read More
युनाइट प्रोग्राम नेपालले दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

युनाइट प्रोग्राम नेपालले दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडाैँ : युनाइट प्रोग्राम नेपालले दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंको ठमेल स्थित यात्री होटलमा आइतबार र सोमबार गरी दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । एन टिए,एनएनटिए र इष्टु गरी तिन घटक संगठनमा आवद्ध बौद्धिक शिक्षक शिक्षिकाहरुले युनाइट प्रोग्राममा अन्तरक्रिया गरेका थिए । कार्यक्रममा एक्सनएडले आफ्नो कार्यक्रमिक योजना प्रस्तुत गरेको थियो । इष्टुका अध्यक्ष होमकुमार थापाले न्युजकिरण डटकम अनलाइन खबरलाई दिएको जानकारी अनुसार कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।इआइले नेपालमा शिक्षक शिक्षिकाहरुले पाउने पेसागत अधिकार, सरकारलाई तिर्नुपर्ने कर,बालअधिकार,वर्तमान विज्ञान र प्रविधि तथा वातावरण जस्ता क्षेत्रमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम गर्दै आएको छ…
Read More
एकता महाधिवेशनले दिएको सन्देश

एकता महाधिवेशनले दिएको सन्देश

लेखक – सन्तबहादुर नेपाली क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको राष्ट्रिय एकता महाधिवेशन भव्यता र हर्षोल्लासका साथ सम्पन्न भएको छ । तीनवटा क्रान्तिकारी पार्टीहरुको, नेकपा (क्रा.मा.) र नेकपा (बहुमत) को २०८० वैशाखमा र क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बनेपछि त्यो सित नेकपा (मशाल) को, २०८१ वैशाख १८ गते भएको एकता अधिवेशनले अगाडि सारेको एकता प्रक्रियाले पूर्णता पाएको छ र अब पूर्व समूहको रुपमा सबै पार्टीहरु पूर्व अस्तित्व समाप्त भएर एकीकृत पार्टीको रुपमा उभिन पुगेका छन् । नेपालको कम्युनिस्ट आन्दोलनमा साना साना सामान्य कार्यनीतिक तथा नीतिगत वा व्यक्तिका प्रवृत्ति, चिन्तन र व्यवहारका कारण कैयौं टुट फुटहरु बेहोर्नु प¥यो । त्यसमा कैयौं पार्टी कार्यकर्ताहरु, राजनीतिक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको समसामयिक प्रस्ताव

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको समसामयिक प्रस्ताव

(क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन यही २०८१ साल मंसिर १३ देखि २३ गते सम्म काठमाण्डौंको किर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको सभाकक्षमा सम्पन्न भएको छ । राष्ट्रिय एकता महाधिवेशनमा आयोजक समितिका कार्यालय सदस्य क. परी थापाद्वारा प्रस्तुत तथा पारित समसामयिक प्रस्ताव )मस्यौदाराष्ट्रिय सन्दर्भः१. नेपाल–भारतबीचको सैन्य भाईचाराबारे ।सन १९५० देखि नेपाल र भारतका नवनियुक्त स्थलसेनाका प्रधानसेनापतिलाई एकअर्का देशका राष्ट्रिय सेनाका मानार्थ प्रधान सेनापतिको दर्जा प्रदान गर्ने प्रचलन कायम हुँदै आएको छ । देश, राष्ट्र तथा राज्यहरुका बीचमा सैनिक गठबन्धन निर्माण गर्ने प्रचलन कायम रहेको छ, तर स्वाधिन एवम् सार्वभौमसत्ता सम्पन्न देशहरुका राष्ट्रिय सेनाहरुका बीचमा भाईचारा (ँचबतभचलब)ि सम्बन्ध कायम गरेर मानार्थ सेनाधिपतिको…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले संघर्षका कामलाई अगाडि बढाउने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले संघर्षका कामलाई अगाडि बढाउने

काठमाडौँ : मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरू समाधान गर्न पार्टीको स्वतन्त्र पहल र कार्यगत एकता एवम् संयुक्त मोर्चामार्फत संघर्षका कामलाई अगाडि बढाउँदै जाने निष्कर्ष निकालेको छ । पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको छ । मङ्सिर १३ देखि २३ गतेसम्म काठमाडौँमा राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको र त्यसबाट नेतृत्वसहितको केन्द्रीय कमिटी चयन गरिएको जानकारी दिइयो । महाधिवेशनले संगठनात्मक दृष्टिकोणले महासचिवीय प्रणालीमा जाने, एकमा तीनको सिद्धान्त अनुसार केन्द्रीय समितिको संरचना निर्माण गर्ने, पूर्ण केन्द्रीय समिति ११७ जनाको र ९५ जनाको वैकल्पिक केन्द्रीय सदस्य राख्ने, केन्द्रीय परिषद्…
Read More
राष्ट्रिय एकता महाधिवेशनको महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै

राष्ट्रिय एकता महाधिवेशनको महत्वपूर्ण निर्णय सार्वजनिक गर्दै

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राष्ट्रिय एकता महाधिवेशन सहित समसामयिक विषयमा जानकारी दिन २०८१ मंसिर २५ गते मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ । काठमाडाैँको बागबजारस्थित होटेल हार्दिकमा दिनको १ बजे पत्रकार सम्मेलन हुने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सूचना तथा प्रकाशन विभागले जनाएको छ । पत्रकार सम्मेलनमा क्रान्तिकारी कम्युनिष्ट पार्टीका नव निर्वाचित महासचिव मोहन वैद्य किरणको विशेष उपस्थिति रहने छ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व सचिवालय सदस्यद्वय आकाश महर्जन र शारदा महतलाई मातृशोक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व सचिवालय सदस्यद्वय आकाश महर्जन र शारदा महतलाई मातृशोक

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्यद्वय अमीर महर्जन ‘आकाश’ र शारदा महत ‘सरु’लाई मातृशोक परेको छ । अमिर महर्जनकी आमा तथा शारदा महतकी सासुआमा धनमाया महर्जनको आज विहान ६ बजे असामयिक निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित धनमाया महर्जनलाई स्वास्थ्य अवस्था जटिल भएपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल स्रोतका अनुसार उहाँको निधन क्यान्सरका कारण नभएर निमोनियाका कारण भएको हो । काठमाडौं कीर्तिपुर पाँगा निवासी महजर्नको जन्म ललितपुर थैवमा २०१४ साल श्रावण १५ गते भएको थियो । उहाँका श्रीमान पानबहादुर महर्जन, दुई छोरा बुहारीहरु समीर महर्जन–संगीता महर्जन, अमिर महर्जन–शारदा महर्जन रहनु भएको छ ।मृतक धनमाया महर्जनको…
Read More
आज एकता महाधिवेशनकाे उद्घाटन हुँदै : ११ बजे रत्नपार्क र त्रिपुुरेश्वरबाट जुलुस निकाल्दै

आज एकता महाधिवेशनकाे उद्घाटन हुँदै : ११ बजे रत्नपार्क र त्रिपुुरेश्वरबाट जुलुस निकाल्दै

संयाेजक किरणले लिखित सम्बाेधन गर्ने काठमाडाैं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेेशन आयाेजक समितिकाे तेस्राे पुर्ण बैठकले महाधिवेशनकाे उद्घाटन सत्र र बन्द सत्र व्यवस्थित, प्रभावकारी र भव्य बनाउने निर्णय गरेकाे छ । उद्घाटन सत्र न्युराेडस्थित भूगाेल पार्कमा आयाेजना गरिएकाे छ । एकता महाधिवेशन उद्घाटनपुर्व ११ बजे रत्नपार्क शान्तिबाटिका र त्रिपुुरेश्वरबाट जुलुस निकालिने छ । जुलुसकाे नेतृत्व पार्टीका शीर्ष नेतृत्वहरुले गर्नुहुुनेछ । त्रिपुरेश्वर र शान्तिबाटिकाबाट निकालिएकाे जुलुस सुन्धरामा मिसिएर भुगाेल पार्कमा पुगेपछि ठिक १ बजे महाधिवेशनकाे उद्घाटन हुनेछ ।पार्टी कार्यालय कुपण्डाेलमा सम्पन्न महाधिवेशन आयाेजक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार महाधिवेशनकाे उद्घाटन पार्टी संयाेजक माेहन वैद्य किरणले गर्नु हुनेछ । संयाेजक किरणले…
Read More