क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको ११औँ जिल्ला सम्मेलन
काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्लाको एकताको ११औँ जिल्ला सम्मेलन बनेपामा बुधबार सप्पन्न भयो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ नेता सिपि गजुरेलको प्रमुख अतिथ्यमा उत्घाटन गरि सम्पन्न भएको हो। उदघाट्न सत्रमा बोल्दै प्रमुख अतिथी गजुरेलले क्रान्तिका लागि अहिले बस्तुगत अबस्था अनुकुल भएको तर आत्मगत अबस्था कमजोर रहेको भन्दै क्रान्ति सम्भब रहेको बताउनु भयो। तेसैगरी विशेष अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय कार्यलय सदस्य तथा पार्टी प्रबक्ता हेमन्त प्रकाश ओलि सुदर्शनले नयाँ जनबादी क्रान्तिको खुट्किलो पार गर्दै बैज्ञानिक समाजबादको दिसामा अगाडी बढ्नु पर्ने बताउनु भयो। कार्यक्रममा केन्द्रिय कार्यलय सदस्य तथा प्रदेश ३को संयोजक चन्द्रहरी सुवेदी अटल, पार्टीको केन्द्रिय सचिबालय…