अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन कावा महासचिव गौरवकाे आह्वान
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले इरानको राष्ट्रिय स्वाधीनतामाथि अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु इजरायलद्वारा गरिएको ठाडो हस्तक्षेप र सैन्य आक्रमणको कडा शब्दमा विरोध गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले प्रेस वक्तव्यमार्फत् उक्त विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो विरोध विरोध गर्नुभएको हो । वक्तव्यमा त्यस प्रकारको हस्तक्षेपका विरुद्ध प्रतिरोध गरिरहेका इरानी जनताप्रति ऐक्यबद्धता जाहेर गर्दै विश्वभरिका न्यायप्रेमी जनसमुदायलाई अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन सशक्त आह्वान गरिएको छ । पाँच बुँदामा जारी वक्तव्यमा भनिएको छ, “१. इजरायलद्वारा इरानले आणविक कार्यक्रम संचालन गरेको आरोपमा सैन्य हस्तक्षेप गरेर इरानका उच्चपदस्थ सैनिक नेतृत्व एवम् आणविक वैज्ञानिकहरूको हत्या, आणविक केन्द्रहरुमाथि आक्रमण…