जन बिहानी

1564 Posts
आफनो देशको लागि एकहुने कहिले ?

आफनो देशको लागि एकहुने कहिले ?

– नारायण प्रशाद भणडारीबर्तमान विश्व परिवेश पलपलमा साम्राज्यवादका नयाँ,नयाँ घटना परिघटना संग ठूलो चुनौतीका साथ जुधिरहेको छ । विश्वमा हुने यस्ता गतिविधि पुँजीवाद र साम्राज्यावादद्वारा गरिने कृयाकलापका रुप एबं तरिका फरक हुनसक्छन् तर उद्देश्य लक्ष्य निरन्तरता कै हुन । अहिले साम्राज्यवादले जसरी एक पछि अर्को रुप बदल्दै पात्रहरु पनि बदलिदै आ आफना हर्कतहरु गरिब,कमजोर,गरिखाने बर्गमाथि अमानवीय एबं अपराधजन्य कुकृत्यहरुको श्रृखला प्रदर्शन गरिरहेको छ । यो आतंक युक्रेन, हमास माथि मात्र होइन यी देश त उसका अभ्याशका परीक्षण हुन । साम्राज्यवादको लक्ष्य विश्व नै हलचल गराएर तेस्रो विश्व युद्ध निम्ताउने हो । साम्राज्यवाद आफैमा युद्ध हो भने यिनीहरु युद्ध,आतंक,अपराध गर्ने गराउने,लडाउने,भिडाउने…
Read More
आदिवासी जनजाती महासङ्घ र तमु राष्ट्रिय मुक्ति मोर्चा गठन

आदिवासी जनजाती महासङ्घ र तमु राष्ट्रिय मुक्ति मोर्चा गठन

पोखरा : माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल नेपाल आदिवासी जनजाती महासङ्घ र तमु राष्ट्रिय मुक्ति मोर्चाको भेला पोखरामा सम्पन्न भएको छ । यहि असार २७ र २८ गते महासङ्घका केन्द्रीय अध्यक्ष पवनमान श्रेष्ठको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो । सो भेलाले बम बहादुर छन्त्यालको नेतृत्वमा अखिल नेपाल आदिवासी जनजाती महासङ्घ सात नम्बर क्षेत्रीय समन्वय कमिटी गठन गरेको छ । त्यसैगरि तमु (गुरुङ)हरुको राष्ट्रिय भेला सम्पन्न भएको समाचार छ । पवनमान श्रेष्ठकै प्रमुख आतिथ्यतामा सम्पन्न भएको राष्ट्रिय एकता भेलाले महान गुरुङको नेतृत्वमा अखिल नेपाल तमु राष्ट्रिय मुक्ति मोर्चाको १३ सदस्यीय केन्द्रीय समिति निर्माण गरिएको छ…
Read More
तुलसीपुरका मेयरलाई  बुझायाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३ बुँदे ज्ञापन पत्र

तुलसीपुरका मेयरलाई बुझायाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३ बुँदे ज्ञापन पत्र

देशको राजनीतिक, आर्थिक तथा सांस्कृतिक अवस्था सङ्कटग्रस्त बन्दै दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङले तुलसीपुर उपमहानगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएकाे छ । बढ्दाे भ्रष्टाचार, अनियमितता लगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई समेटेर ज्ञापन पत्र बुझाएकाे हाे ।ज्ञापन पत्रमा भनिएकाे छ, ‘वर्तमान अवस्थामा किसान, मजदुर, शिक्षक, विद्यार्थी लगाएत सम्पूर्ण श्रमजीवीहरुका राष्ट्रियता जनतन्त्र र जनजीवीका संग सम्बन्धीत निम्न मागहरु यस तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र पेश गरेका छौं । हाम्रा जायज मागहरुलाई यथाशिघ्र सुनुवाई गरी कार्यान्वन गरीदिनुहुन अनुरोध गर्दछौं। साथै हाम्रा मागहरुको वेवास्ता गरिएमा स्थानीय स्तरमा कडा आन्दोलनको आधीबेहरी सृजना गर्न बाध्य हुने जानकारी गर्दछौं ।”ज्ञापन पत्रमा १३ बुँदेसहितकाे विवरण यस प्रकार रहेकाे…
Read More
भ्रष्टाचार विरोधी अभियान–२०८२

भ्रष्टाचार विरोधी अभियान–२०८२

शालिकराम भण्डारीक्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भ्रष्टाचार विरोधी अभियान संचालन गर्ने निर्णय गरेको छ । यही असार ५ गते पत्रकार सम्मेलन गरी यसको उद्घाटन गरियो । यो अभियान ३ चरणमा गरिने प्रष्ट पारिएको छ । (१) प्रचारप्रसार (२) भण्डाफोर (३) जनकार्वाही पार्टी भ्रष्टाचारलाई नेपाली समाजको निम्ति महारोग भएको ठान्दछ । धेरै लामो समयदेखि जिल्ला, क्षेत्र इलाकामा नेता तथा कार्यकर्ता उपस्थित भै गहिरो अध्ययन गरिएको छ ।त्यसैको प्रतिवेदनअनुसार पार्टीको स्थायी समितिले जनचतेना जगाउन, भ्रष्टाचारीबाट आफ्नो रक्षा आफै गर्न सक्ने बनाउन, पार्टी सधै तिम्रो साथमा छ भन्ने सन्देश दिन यो निर्णय गरेको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीको अरु स्वार्थ छैन, ती सबै पीडितलाई…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीको सूचना, संचार तथा प्रकाशन विभागको बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीको सूचना, संचार तथा प्रकाशन विभागको बैठक सम्पन्न

काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको सूचना, सञ्चार तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय कुपण्डोलमा सम्पन्न बैठक विभागका प्रमुख तथा सथायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शनको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा पार्टीका स्थायी समिति सदस्य रामसिङ श्रीस र पोलिटव्यूरो सदस्य गंगा पौडेलको समेत उपस्थिति थियो । बैठकको प्रारम्भमा ज्ञात अज्ञात शहीदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो ।बैठकले विगत बैठकले गरेका निर्णण्हरु माथि समिक्षा ग¥यो । पार्टीले गत चैत्र ४–वैशाख १८ सम्म सञ्चालन गरेको जनसम्बन्ध विस्तार अभियानलाई सफल पार्न विभागबाट गठन गरिएका हाँक डेस्क , मूलबाटो र वर्गदृष्टि डेस्क ,तथा बाह्य मिडिया डेस्क गरी…
Read More
दलाल संसदी यव्यवस्थाको विकल्प संघीय जनगणतन्त्र

दलाल संसदी यव्यवस्थाको विकल्प संघीय जनगणतन्त्र

केदार खतिवडानेपालको राजनीतिक इतिहास शोषण, उत्पीडन, दमन र जनआन्दोलनको निरन्तर यात्रा हो । राणा शासनको अन्त्यगर्दै २००७ सालको परिवर्तन, २०१५ को पहिलो संसदीयनिर्वाचनको अभ्यास, २०१७ सालको यञ्चायती निरंकुशताको थालनी पछि २०४६ सालको जनआन्दोलन, २०५२ साल देखिचलेको जनयुद्ध, २०६२÷०६३ को जनआन्दोलनले नेपालीजनताको स्वतन्त्रता, समानता र जनसत्ताकालागि गरिएको संघर्षलाई अभिव्यक्त गर्दछ । यद्यपि पंचायती व्यवस्थाको अन्त्य तथा राजतन्त्रको अन्त्य पछि केही राजनीतिक परिवर्तन भएतापनिराज्य सत्तामा परिवर्तन आउन नसक्दा शोषणबाट मुक्त, राष्ट्रिय स्वाधीनता र जनमुखी राज्यसंरचना निर्माण हुन सकेन ।दशवर्षसम्म चलेको महान जनयुद्ध र ०६२÷०६३ को ऐतिहासिकजनाअन्दोलनले सामन्ती राजतन्त्रलाई समाप्त गरेर गणतन्त्रको ढोका त खोल्यो तर साँचो जनसत्ताको मार्ग अझै अधुरो रह्यो ।आज…
Read More
आज यी चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने

आज यी चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।  महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई…
Read More
क्रान्तिको गीत

क्रान्तिको गीत

लेखक : मनु विक नबिर्स क्रान्ति बाटाहरुमानभूल क्रान्ति यात्राहरुमाक्रान्तिको यात्रा सरल छैनक्रान्तिको पथ सहज छैन । आउँछन् क्रान्तिमा बाधाहरुलाउँछन् क्रान्तिमा बारहरुबाधा र बन्धन फाल्नु छक्रान्तिको दियो बाल्नु छ । क्रान्ति मै जीवन जीउनु छक्रान्तिको फूल उमार्नु छफूललाई सबको बनाउनु छसबको दिलमा सजाउनु छ । चुडेर नजाऊ क्रान्ति फूलकुल्चेर नहिँड क्रान्ति मूलक्रान्तिलाई पोको पारी राखक्रान्तिलाई जतन गरिराख । क्रान्ति भन्दै ढाँट्न आउँछन्क्रान्तिकै खुट्टा तान्न आउँछन्म गर्छु भन्दैछन् असली क्रान्तिसंसारमा बढ्दो संजाल भ्रान्ति । अन्धकारमा टुकी चाहिन्छचाहिएमा राँको बनाईन्छलम्किऊ हातमा मशाल बोकीलम्किऊ क्रान्तिमा जनता खोजी । २०८२ जेठ ७ काठमाण्डौ ।
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटले जिल्ला    प्रशासनमा बुझायाे ज्ञापन पत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटले जिल्ला प्रशासनमा बुझायाे ज्ञापन पत्र

विदुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटका सचिब प्रसिद्धको एक प्रतिनिधिमण्डलले जिल्लाका जल्दाबल्दा समस्याहरुको बारेमा र जिल्लामा बढ्दै गईरहेको संस्थागत भ्रष्टाचारको विषयलाई लिएर ज्ञापन पत्र बुझाएको छ । २०८२ असार ३१ गते जिल्ला पार्टी सचिव प्रशिद्धले प्रशासनिक क्षेत्रमा भैरहेको घुसखोरी,बिकास निर्माणमा भैरहेको अनियमितता र बजारमा भैरहेको कालाबजारिकरण,प्राकृतिक सम्पदाको दोहन र भैरहेको तस्करी रोक्ने विषयमा ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा उक्त जिल्ला पार्टीका कार्यालय सदस्य दर्शन, जिल्ला सदस्य सामना,र अन्य सदस्यहरु जगत र सबिना लगायतको उपस्थिति रहेको थियो ।
Read More
देशका केही भूभागमा भारी वर्षाको सम्भावना

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थान, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर साधारणतया बदली रहने जनाएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई…
Read More