जन बिहानी

1564 Posts
क्रान्तिकारी युवा सङ्घ नेपालले दियो अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना

क्रान्तिकारी युवा सङ्घ नेपालले दियो अन्तर्राष्ट्रिय युवा दिवसको शुभकामना

काठमाडौं : क्रान्तिकारी युवा संघ नेपालले आज १२ अगस्टका दिन युवा दिवसको सन्दर्भमा शुभकामना वक्तव्य प्रकाशित गरेको छ। सङ्घका केन्द्रीय संयोजक सूर्य तिमिल्सिना (जीवित)द्वारा जारी उक्त वक्तव्यमा युवाहरूले केवल युवा दिवसलाई दिवसको रुपमा मात्रै नमनाएर भ्रष्टाचार,कमिसन, सुदखोरी, का विरुद्ध संघर्ष अगाडि बढाउनुपर्ने र स्वतन्त्रता, समानताका लागि संघर्ष गर्नुपर्ने समेत वक्तव्यमा उल्लेख गर्नुभएको छ ।वक्तव्यमा लेखिएको छ – “विगत १९९९ अगस्ट १२ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वभरका युवाहरूले आफ्नो अधिकार,न्याय, समानता, क्षमता र जिम्मेवारीको चर्चा गर्दै अन्तर्राष्ट्रिय युवा दिवस मनाउँदै आइरहेका छन् । नेपालका युवाहरूले पनि २००४ देखि यो अन्तर्राष्ट्रिय युवा दिवस मनाई आई रहेका छौं । अव हामीले केवल उत्सवकारूपमा मात्रै…
Read More
गाजा कब्जा गर्ने निर्णयको विरोधमा हजारौं इजरायली सडकमा

गाजा कब्जा गर्ने निर्णयको विरोधमा हजारौं इजरायली सडकमा

काठमाडाैँ : प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजा सहरलाई नियन्त्रण गर्ने योजनालाई अनुमोदन गरेको पुष्टि गरे पछि जनता सडकमा उत्रिएका छन् । इजरायलको यो योजनाको विश्वभरका संगठनहरूले निन्दा गरेका छन्, अब इजरायलमा नै यसको दिन दिनै विरोध सुरु भएको छ । शनिबार साँझबाट सुरू भएको तेलअवीव र इजरायलका विभिन्न शहरहरूमा हजारौं प्रदर्शनकारीहरू भेला भइरहेका छन्, इजरायलले गाजा शहर कब्जा गर्न योजनाबद्ध आक्रमण सुरु गर्नु अघि बन्धकहरू बसोबास र युद्धविराम सम्झौताको माग गर्दै उनीहरूले सो बिरोध प्रदर्शन गरेका हुन् । बन्धकहरूका परिवारहरूले योजनाको विरोध गर्न आम हड्तालको आह्वान गरेका छन् र यो आफ्ना प्रियजनहरूको लागि मृत्युको घण्टी हुने…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे माग

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे यस्ताे माग

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारतमा बाढी – पहिरोमा परी मृत्यु, बेपत्ता र घाइते नेपालीहरुको खोजी, उपचार र क्षतिपूर्तिको माग गरेको छ । २०८२ सावन २४ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले एक प्रेस वक्तव्य प्रकाशित गरी सो माग गर्नु भएको हो । प्रेस वक्तव्यको पूर्ण पाठ यस प्रकार छ – “भारतको उत्तराखण्ड तथा हिमाचल प्रदेशमा हालैको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी ठूलो संख्यामा नेपाली श्रमिकहरूको मृत्यु भएको छ। र कैयौं बेपत्ता भएका छन् । यो विपदमा पर्नेहरूमा जाजरकोट हुम्ला र बर्दियाका श्रमिकहरूको सङ्ख्या सङ्ख्या ठूलो रहेको छ यस दुखद घडीमा हाम्रो पार्टी बाढी…
Read More
गलत सिद्धान्तको गन्तव्य नै हुँदैन

गलत सिद्धान्तको गन्तव्य नै हुँदैन

लेखक– नारायणप्रसाद भण्डारी संसारका कुनै पनि सजिव वस्तुको जन्म हुन्छ । अन्त्य पनि अनिवार्य हुन्छ । यो प्रकृतिको नियम हो । यो प्रक्रियालाई आध्यात्मवादीले दैव या परमेश्वरको लिला भन्दै ज्युँदो छँदा गर्नुपर्ने कर्तव्य भन्दा मृत्यु संस्कारमा ठूलो महिमा गर्छन् तर यही घटनालाई भौतिकवादीहरुले प्रकृतिको (नेस्ट टु नेस्ट) निरन्तर परिवर्तन भैरहने माक्र्सवादको मान्यता अनुसार जैविक पतनको रुपमा लिन्छन । मानव जाति र अन्य सजिव वस्तुको जन्म मृत्यु एउटै प्रकारको भएपनि मानिस भएर जन्म लिएपछि बाँचुन्जेलसम्म गर्नुपर्ने क्रियाकलापहरुमा धेरै कुराको फरक छ किनभने प्रकृतिले मानव जातिलाई बुद्धिमान, शक्तिशाली र क्षमता भएको उच्च प्राणीको स्थानमा मान्यता दिएको छ । यो कुनै भ्रम होइन…
Read More
नेपाली एकता समाज आरोविल एरिया समितिको २१औँ सम्मेलन सम्पन्न

नेपाली एकता समाज आरोविल एरिया समितिको २१औँ सम्मेलन सम्पन्न

पान्डीचेरी, भारत : अखिल भारत नेपाली एकता समाज पान्डीचेरी नगर समिति अन्तर्गत आरोविल एरिया समितिको २१ औ सम्मेलन दिनांक १० अगस्त २०२५ कादिन सम्पन्न भएको छ। उक्त सम्मेलनको अध्यक्षता अर्चना थनेतले गर्नु भयो। अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। उपस्थित जनमानसलाइ शब्दबाट गुलियो चौधारीले र संगितबाट रक्तिमले स्वागत गरेका थिए। प्रमुख अतिथि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय महासचिव महेन्द्र वस्यालले तालीको गडगडाहटमा आरोविल एरियाको उद्घाटन र उद्घाटन भाषण गर्नु भएको थियो। सम्मेलन सफलताको शुभकामना दिनेहरूमा समाजका केन्द्रीय सदस्य तथा दक्षिणका रक्तिम ईन्चार्ज राजु थापा, नगर अध्यक्ष तथा केन्द्रीय सदस्य सुर्य थापा रहनु भएको थियो।…
Read More
मौसम पूर्वानुमान : आज यी स्थानमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान : आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौँ : मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। हाल बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। बागमती प्रदेशका केही र कोशी प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा मधेस प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभर साधरणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू-भागका केही र मधेस प्रदेश लगायत देशका बाँकी पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। त्यसैगरी, आज राति मधेसलगायत कोशी, बागमती…
Read More
मोल

मोल

कविता लेखक : जगदिश चन्द्र मोलमोलाइ छबजारमाआयुक्त अरबमासदस्य करोडमामुख्यमन्त्री र मन्त्रीकुलपति उपकुलपतितत् तत् स्थानानुरूपभाउ भाउमा छन्न्यायाधीश वा निर्देशकराजदूत वा सचिवमुख्य हाकिमउदारवादी अर्थजालमाडिजिटल उपनिवेशवादमाफरक फरक मोलका छन्जसरी सामानकामोलभाउ उतारचढावमाहुन्छन् त्यसरी नैकिलो र टनमागुलाम दास झोले छन्पुरस्कार पदवी उपाधि छन्दिनदिनैतिनका दाम बढिरहेछन्बजार भत्काउने उम्मेदवारकोखाँचो झनझन बढिरहेको छ
Read More
संघीय जनगणतन्त्रको स्थापनापछि मात्रै आदिवासी तथा जनजातिहरूको वास्तविक मुक्ति हुन्छ : सीपी गजुरेल

संघीय जनगणतन्त्रको स्थापनापछि मात्रै आदिवासी तथा जनजातिहरूको वास्तविक मुक्ति हुन्छ : सीपी गजुरेल

काठमाडौं : अखिल नेपाल आदिवासी जनजाति महासङ्घले आज ३१ औँ विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न गरेको छ। काठमाडौँको घट्टेकुलोस्थित सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरव हुनुहुन्थ्यो। एक समारोहका बीच गौरवले पानसमा बत्ती बालेर उक्त ३१ औ आदिवासी दिवस समारोहको उद्घाटन गर्नुभएको हो। कार्यक्रमका प्रमुख वक्ता समेत रहनुभएका गौरवले नेपालमा संघीय जनगणतन्त्रको स्थापना भएपछि मात्रै आदिवासी तथा जनजातिहरूको वास्तविक मुक्ति हुने बताउनुभयो। जनजाति समस्या पनि वर्गीय समस्या भएकाले जनजातिहरूका आन्दोलनलाई वर्गीय आन्दोलनसँग जोडेर लैजानुपर्ने उहाँले बताउनुभयो । अर्को प्रसङ्गमा गजुरेलले संयुक्त राष्ट्रसङ्घले धेरै विषयमा र प्रसङ्गमा दिवस मनाउने गरेपनि संयुक्त राष्ट्रसङ्घले घोषणा गरेका…
Read More
दुई पुस्तकः ‘कम्युनिस्ट जनवाद’ र ‘कम्युनिष्ट समाजवाद’

दुई पुस्तकः ‘कम्युनिस्ट जनवाद’ र ‘कम्युनिष्ट समाजवाद’

लेखकः रामबहादुर बुढा यही २०८२ सालको श्रावण महिनामा भुँडीपुराण प्रकाशनले दुईवटा पुस्तकहरु–कृष्णहरी भट्टद्वारा लिखित “कम्युनिस्ट जनवाद” र खेम थपलियाद्वारा लिखित “कम्युनिस्ट समाजवाद” लाई बजारमा ल्याएको छ । नेपाली समाजमा सामान्यतया कम्युनिस्ट जनवाद र कम्युनिस्ट समाजवाद अलि कमै सुनिएका शब्द हुन् । नौलो जनवाद, बहुदलीय जनवाद, समाजवाद, वैज्ञानिक समाजवाद जस्ता शब्दहरुका तुलनामा यी शब्दहरु कम सुनिएका हुन् । तर शब्दहरु जे प्रयोग गरिए पनि लेखकले कम्युनिस्ट मूल्य मान्यता अनुसारको जनवाद र कम्युनिस्ट मूल्य मान्यता अनुसारको समाजवाद कस्तो हुन्छ र हुनुपर्दछ भन्ने दृष्टिकोणबाट लेखकहरुद्वारा यी पुस्तकहरु लेखिएका हुन् । “कम्युनिस्ट जनवाद” पुस्तक नौलो जनवाद सित र “कम्युनिस्ट समाजवाद” पुस्तक वैज्ञानिक समाजवादसित सम्बन्धित…
Read More
अखिल नेपाल आदिवासी जनजाति महासङ्घले मनायाे ३१औँ विश्व आदिवासी दिवस