संसदवादीहरु भोट कुम्ल्याउन एकता गर्दैछन्, हामी अपुरो क्रान्ति पूरा गर्न जुटिरहेका छौं : महासचिव गौरव
स्वाधीन संयुक्त सरकारको पक्षमा काठमाडौंमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको जनसभा सम्पन्न (फोटोफिचर) कुमार भट्टराई/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवको प्रमुख आतिथ्यतामा काठमाडौंको असन चोकमा जनसभा सम्पन्न गरिएको छ । पार्टीको ९ नं. ब्यूरोको आयोजनामा सम्पन्न जनसभालाई पार्टी महासचिव सीपी गजुरेल गौरव, पोलिटब्यूरो सदस्य तथा ९ नं. ब्यूरोका इन्चार्ज दिनेश शर्मा सागर, पोलिट ब्यूरो सदस्य पवनमान श्रेष्ठ, अधिवक्ता फडिन्द्र कार्की, मजदुर नेतृ कमला चन्द लगायतका नेताहरुले सम्बोधन गर्नुभएको थियो । जनसभाको अध्यक्षता पार्टीका पोलिटब्यूरो सदस्य तथा ९ नं. ब्यूरोका सचिव चिन्तामणि पौडेल गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पार्टी केस तथा काठमाडौंका सचिव केदार खतिवडाले गर्नुभएको थियो । जनसभाई…