आगामी संसदीय निर्वाचन बहिष्कार सम्बन्धी प्रस्ताव
( क्रान्तिकारी कम्युनिष्ट पार्टी ,नेपालको २०८२ मंसिर १६–१७ गते आयोजित के.स.बैठकद्वारा पारित)गत भाद्र २३ को जेनजी विद्रोह र त्यसपछि विकसित परिस्थितिमा ओली नेतृत्वको सरकार बर्खास्त तथा संसद विघटन गरिए पछि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको सहमतिमा गठित सुशीला कार्की नेतृत्वको कठपुतली सरकारले आउने फागुन २१ गते संसदीय निर्वाचन गर्ने घोषणा गरेको छ । यसभन्दा पहिले बसेको पार्टीको केन्द्रीय समितिको बैठकमा निर्वाचनको विषय उठेको तर त्यतिबेला उक्त निर्वाचन हुन्छ वा हुँदैन भन्ने विषयको स्पष्ट चित्र आइनसकेका कारण स्थायी समितिको सहमतिमा त्यस सम्बन्धी कार्यसूचीलाई केही समय थाँति राखिएको थियो । यतिबेला, तोकिएको मितिमै निर्वाचन हुने संभावना बढ्दै गएको र निर्वाचनबारे पार्टीको नीति…