क्रान्तिकारी संयुक्त मोर्चा नेपाल काठमाडौंको संयोजकमा राम नेपाली
काठमाडौं : क्रान्तिकारी संयुक्त मोर्चा नेपालको २०८२ श्रावण ३१,काठमाडौं जिल्ला भेला सम्पन्न भएको छ । उक्त भेलाले बृहत छलफल गरी नयाँ जिल्ला समिति गठन गरेको छ । भेला मार्फत राम नेपालीको संयोजकत्वमा १३ सदस्यीय समिति चयन गरिएको हो । समितिमा सह–संयोजकको जिम्मेवारी बोजराज श्रेष्ठलाई दिइएको छ भने अन्य ११ जना सदस्यहरूमा साँगे लामा, बेदराज दियाली, निर्मला लुहार, रत्न मर्हजन, सपना राजथला, गोपालदास श्रेष्ठ, धन बहादुर मोक्तान, रुपेष रम्तेल, रणबहादुर श्रेष्ठ र सागर श्रेष्ठ रहेका छन् । समितिमा बाँकी १ जना सदस्य पछि थपिने निर्णय गरिएको छ । कार्यक्रममा मोर्चाको केन्द्रीय सचिव दिनेश शर्माले मोर्चाको औचित्य, आवश्यकता र वर्तमान राजनीतिक परिप्रेक्ष्यमा…