चर्चित लोकगायिका श्रीदेवी देवकोटाको ‘मिनिबस घुइकाइदेउ’ सार्वजनिक

काठमाडौं : नेपालकै चर्चित लोकगायिका तथा पाल्पाली चेली श्रीदेवी देवकोटाको स्वरमा तयार भएको नयाँ लोक–संगीत “मिनिबस घुइकाइदेउ” आजै सार्वजनिक भएको छ।
गीतलाई गायिका देवकोटाकै आधिकारिक युट्युब च्यानल Shreedevi Devkota मार्फत सार्वजनिक गरिएको हो।

लोक–धुनमा बनेको यस गीतमा श्रीदेवी देवकोटा र जय देवकोटाको युगल स्वर रहेको छ। गीतका शब्द मिदास गौतम, संगीत तथा एरेन्ज जय देवकोटाले गरेका छन्।
सार्वजनिक भिडियोमा सन्जिब ठकुरी र रितु तामाङको आकर्षक अभिनय देख्न सकिन्छ। भिडियो निर्देशन प्रबिन थापा, क्यामेरा सरोज शाही, सम्पादन अनिल राना तथा पोस्ट–प्रोडक्सन तरङ्ग डिजिटलले जिम्मेवारी वहन गरेका छन्।

गीतले दैनिकी, यात्रा, प्रेम र रमाइलोपनलाई हल्का हास्यमिश्रित रोमान्टिक शैलीमा प्रस्तुत गरेको छ।
सार्वजनिक भएको केवल एक घण्टामै नै दर्शक–श्रोता बाट उत्कृष्ट प्रतिक्रिया आउन थालेको छ। गीतको भिजुअल, संगीत र अभिनयको प्रशंसा गर्दै सामाजिक सञ्जालमा प्रतिक्रिया बढिरहेका छन्।

गायिका श्रीदेवी देवकोटा, जो लामो समयदेखि लोक–संगीत क्षेत्रमा सक्रिय छिन्, निरन्तर आफ्नै गाउँ पूर्वखोला र पाल्पालाई सांगीतिक जगतमा चिनाउँदै आएकी छिन्।
गीत सार्वजनिक भएको केही समयमै उच्च रुचि पाएकाेमा उनले खुशी व्यक्त गर्दै भनिन्–
“मलाई सपोर्ट गर्नु हुने सम्पूर्ण दर्शक–श्रोताहरूलाई मुरि–मुरि धन्यवाद। तपाईंहरूको माया नै मेरो सबैभन्दा ठूलो प्रेरणा हो।” याे समाचार प्रवीण तिमल्सिनाले कन्दरानिउजमा लेखेका छन् ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?