क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालकाे प्रवक्ता बने सुदर्शन
सुदर्शन काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले स्थायी समिति सदस्य सुदर्शनलाई प्रवक्ता चयन गरेको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको फागुन ४ गते बसेको स्थायी समिति बैठकले सुदर्शनलाई प्रवक्ता चयन गरेको हो। २०८१ साल मङ्सिरमा सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय एकता महाधिवेशन भन्दा पहिले पार्टीको प्रवक्तामा सुदर्शन हुनुहुन्थ्यो र एकता महाधिवेशनपछि पार्टीले प्रवक्ताको ठेगान गरेको थिएन। सुदर्शन,स्थायी समिति सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुदर्शन २०३६ सालमा रुकुम जिल्लाको पेउघा निमाविमा अनेरास्ववियु(छैटौं)को इकाई समितिबाट राजनीतिक र सांगठनिक गतिविधिमा संलग्न हुनुभएको थियो। २०४७ सालमा गठन भएको तत्कालीन नेकपा (एकता केन्द्र)को विद्यार्थी संगठन अनेरास्वविय एघारौं राष्ट्रिय सम्मेलन तयारी समिति सम्म चार वर्ष विद्यार्थी…