(कविता)

दम्भ हो दुःखको मेसो
दम्भले खान्छ जीवन
पीडाको मूल हो दम्भ
निख्रिन्छ दम्भले धन
जलेको दम्भले भन्थे
नागासाकी हिरोसिमा
दम्पती बीचको दम्भ
सम्बन्ध नै धरापमा
दाजुभाइ दिदी बैनी
टाढिन्छन् दम्भ हुर्किँदा
दम्भ नै काल बन्दछ
जिन्दगीमा यदाकदा
दम्भको दायरा बढ्दा
दूरी बढ्छ समाजमा
एकको दम्भले अर्को
पीडामा पर्छ सर्वदा
दम्भीले सुन्न चाहान्न
आफ्नै निम्ति भलो पनि
यसैले दम्भको बाटो
नटेक्नू गतिलो भनी ।