‘सुकुम्बासी जनतामाथिको फासिवादी दमन र विस्थापनको घोर निन्दा र भत्र्सना, संघर्षमा सामेल हुन अपिल’
काठमाडौं : क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, नेकपा (बहुमत), नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल सम्मिलित केन्द्रीय संयुक्त संघर्ष समितिले एक वक्तव्य जारी गर्दै हालै सरकारले काठमाडौंका विभिन्न स्थानमा सुकुम्वासी जनतामाथि गरेको फासीवादी प्रकारको दमन र विस्थापनको घोर निन्दा र भत्सर्ना गरेको छ । सुकुम्वासी र गैरसुकुम्बासीको पहिचान नगरी र वैकल्पिक उचित बसोबासको ग्यारेन्टी नगरी सुकुम्वासी जनतालाई शक्ति प्रयोग गरी बलात् उठीबास लगाउने काम कदापि स्वीकार्य हुन सक्दैन भन्ने अडान सधैँभरी राख्दै आएका उल्लेख गर्दै नेकपा (बहुमत)का महासचिव समेत रहनु भएका समितिका संयोजक धर्मेन्द्र बास्तोलाले जारी गर्नुभएको वक्तव्यमा अहिले सरकारले सुकुम्वासीमाथि चलाएको राज्य आतंकका विरुद्ध देशव्यापी रुपमा सुकुम्वासी…