जन बिहानी

1497 Posts
संयुक्त महिला प्रशिक्षण तथा विधाइ कार्यक्रम सम्पन्न

संयुक्त महिला प्रशिक्षण तथा विधाइ कार्यक्रम सम्पन्न

चेन्नई : अखिल भारत नेपाली एकता समाज चेन्नई संयुक्त समितिको आयोजनाम२१÷१२÷२०२५ का दिन परिचय तथा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। प्रशिक्षणा केन्द्रीय सदस्य तथा क्षेत्रीय अध्यक्ष हेमराज रिजाल, केन्द्रीय सदस्य तथा चेन्नई उत्तर नगर अध्यक्ष उमानन्द आचार्य, केन्द्रीय सदस्य तथा चेन्नई पश्चिम नगर अध्यक्ष राजु अधिकारी, केन्द्रीय सदस्य तथा महिला ईन्चार्ज दुर्गा सुवेदी र केन्द्रीय महासचिव महेन्द्र वस्यालले विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो। प्रशिक्षणकै क्रममा केन्द्रीय सदस्य ज्योति नारायण शर्मा र नगर सदस्य जानु देवी सुवेदी जी सदाको लागि स्वदेश जानु भएको हुदा वहाहरूले संगठन निर्माणमा दिनु भएको महत्वपूर्ण योगदानलार्इ धन्यवाद दिदै स्वदेशको लागि विधाइ गरियो। विधाइको क्रममा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे निर्वाचन बहिष्कार कार्यक्रम सार्वजनिक

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गर्याे निर्वाचन बहिष्कार कार्यक्रम सार्वजनिक

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले निर्वाचन बहिष्कार सम्बन्धी कार्यक्रम सार्वजनिक गरेको छ । उक्त पार्टीले गत मंसिर १६ र १७ गते सम्पन्न चौथो पूर्ण बैठकबाट फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचनलाई बहिष्कार गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई टेकेर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठकले संसदीय निर्वाचन बहिष्कारको मूल नारा तय गर्नुका साथै निर्वाचन बहिष्कार सम्बन्धी कार्यक्रम तय गरेको छ । संसदीय निर्वाचन बहिष्कारको मूल नारा यस प्रकार छ — “साम्राज्यवादद्वारा प्रायोजित संसदीय निर्वाचन बहिष्कार गरौ ! स्वाधीन संयुक्त सरकार गठन गरौं !” ।आगामी संसदीय निर्वाचन बहिष्कारको कार्यक्रमलाई प्रभावकारी बनाउन र उल्लेखित नारालाई आम जनताका बीचमा…
Read More
क्रान्तिकारी किसान महासंघ धादिङ जिल्ला भेला सम्पन्न

क्रान्तिकारी किसान महासंघ धादिङ जिल्ला भेला सम्पन्न

धादिङ : क्रान्तिकारी किसान महासंंघ धादिङ जिल्ला भेला मिति २०८२ पौष ५ गते हरि खतिवडाको अध्यक्षता र अमृत अधिकारीको सञ्चालनमा सम्पन्न भयो । भेलाको प्रमुख अतिथि क्रान्तिकारी किसान महासघका महासचिव धनेश्वर पोखरेल र विशेष अतिथि ८ नम्बर क्षेत्रीय ब्युरो सचिव दिपक हुनुहुन्थ्यो । भेलाले ९ सदस्ययि जिल्ला सम्मेलन आयोजक समित चयन गरेको छ । जसमा संंयोजक यम बहादुर अधिकारी ,सदस्यहरु क्रमस सुस्मिता भुजेल ,काइला तामङ , लालबहादुर दुवाडी ,दामोदर रिमाल ,इश्वर बहादुर घले , किरन कुमार शाही, रेसम बहादुर भुजेल , टीका कुमारी घले रहनु भएको छ ।
Read More
जेन जी विद्रोह भन्दा उच्चस्तरको विद्रोह हुनेछ : शेरबहादुर देउवा

जेन जी विद्रोह भन्दा उच्चस्तरको विद्रोह हुनेछ : शेरबहादुर देउवा

डोल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ३ नं. व्यूरो ईन्चार्ज शेरबहादुर देउवाले अव जेन जी विद्रोह भन्दा उच्चस्तरको विद्रोह हुने बताउनु भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल डोल्पा जिल्ला समितिले २०८२ पौष २ गते डोल्पा जिल्लाको सदरमुकाम दूनै बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले सो कुरा बताउनुभएको हो । देउवाले अगाडि भन्नुभयो ,“ जेन्जी विद्रोह सेटमा थिएन । हाम्रो विद्रोह सेटमा हुने छ । हाम्रो आफ्नै सेना हुने छ । हाम्रो न्यायालय हुने छ । हाम्रो आफ्नै सरकार हुने छ । जेन्जीहरु अलमलिएकाछन । किनभने उनीहरुको आन्दोलन सेटमा छैन । हामीले जनयुद्धका बेला जसरी सोच्दथ्यौं…
Read More
क्रान्तिकारी महिला संगठन नेपालका नेताहरुद्वारा रामप्रसाद खतिवडाको परिवारमा भेटघाट

क्रान्तिकारी महिला संगठन नेपालका नेताहरुद्वारा रामप्रसाद खतिवडाको परिवारमा भेटघाट

काठमाडाैँ : क्रान्तिकारी महिला संगठन नेपालद्वारा रामप्रसाद खतिवडाको परिवारमा भेटघाट गर्न उहाँको निवास सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ स्थित जैसीगाउँमा पुगेको छ । २०८२ मंसीर २५ गते क्रान्तिकारी महिला संगठनका सहसंयोजक शारदा महत ,मनु वि.क .सदस्यहरु अनु निरौला , सपना राजथला ,गंगा मानान्धर उहाँको निवासमा पुगेर भेटघाट गरेको हो । सह संयोजक शारदा महतले संगठनको तर्फबाट रामप्रसादकी छोरी संगठनका केन्द्रीय सदस्य ज्ञानु खतिवडालाई श्रद्धाञ्जली पत्र हस्तान्तरण गर्नु भएको थियोे । रामप्रसाद खतिवडाको २०८२ मंसीर१६ गते असामयिक निधन भएको थियो । रामप्रसाद खतिवडाकी छोरी सुभद्रा खतिवडा महान जनयुद्धमा शहिद हुनुभएको थियो ।
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं. ब्युरो उत्पादन कार्यमा (फाेटाे फिचर)

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं. ब्युरो उत्पादन कार्यमा (फाेटाे फिचर)

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ९ नं. ब्युरोले उत्पादन कार्यमा लाग्ने निर्णय गरेको छ । उत्पादनको कार्यमा अहिले प्रारम्भिक रुपमा चोभारको चारघरेमा शुरु गरिएको छ । ९ नं ब्युरोको नेता कार्यकर्ताहरुको सहभागितामा अहिले शुरु गरिएको र आगामि दिनहरुमा यसको क्षेत्र वृद्धि गर्दै लगिने व्यूरो सचिव चिन्तामणि शर्माले हाँकलाई जानकारी दिनु भयो । शुुरुवातीमा प्याज आलु , धनिया तरकारी, तरुल लगायतको उत्पादन गर्न लागिएको सचिव शर्माको भनाइ रहेको छ । आगामि दिनहरुमा फलफुल लगायतको उत्पादनमा लाग्ने पार्टीको योजना रहेको पनि वहाँले बताउनु भयो । उत्पादन कार्यमा तत्काल देखिएका समस्याहरु केके छन् ? भनेर सोध्दा वहाँले मल, जल, बीउ, विजनको समस्या…
Read More
क्रान्तिकारी युवा संघ नेपाल दाङको चेतावनी

क्रान्तिकारी युवा संघ नेपाल दाङको चेतावनी

काठमाडौं : क्रान्तिकारी युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक समिति दाङले जनतालाई दुःख दिने बैंक, लघुवित्त, सहकारी र मिटरव्याजी साहुहरुलाई चेतावनी दिएको छ । क्रान्तिकारी युवा संघ नेपाल जिल्ला सम्मेलन आयोजक समिति दाङका संयोजक संघर्षले २०८२ पौष १ गते प्रेस विज्ञप्ति जारी गर्दै चेतावनी दिनु भएको हो । विज्ञप्ति यस प्रकार छ – विज्ञप्ति यस प्रकार छ – “ ”आदरणीय न्यायप्रेमी जनसमुदाय,आज हाम्रो देशको राजनीतिक आर्थिक सास्कृतिक अवस्था संकटग्रस्कत बन्दै गएको बेला हाम्रो संगठन क्रान्तिकारी युवा संघ नेपाल विगत देखि राष्टियता, जनतन्त्र,जनजीविकाको विषयमा संघर्ष गर्दै आएको सर्वविदितै छ । आज आएर देशभरी नै महंगी, कालो बजारी,महंगी, भ्रष्टाचारी, मिटरव्याज, लघुवित्तिय,सहकारी,बैंक, शोषणले…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ र १० नं. ब्युरोको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ र १० नं. ब्युरोको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी ९ र १० नं. ब्युरोको आयोजनामा रामप्रसाद खतिवडाको निवासमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–२ स्थित जैसीगाउमा २०८२ मंसीर २१ गते आइतबार बिहान सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता ९ नं.ब्युरो सचिव चिन्तामणी पौडेलले गर्नु भएको थियो । कार्यक्रमको सन्चालन पार्टीका केन्द्रीय सदस्य केदार खतिवडाले गर्नु भएको थियो । कार्यक्रममा १० नं.ब्युरो इन्चार्ज सुरेश श्रेष्ठले मन्तव्य राख्नु भएको थियो । ९ नं. ब्युरोका सचिव प्रवाहको हस्ताक्षरित गरेको श्रद्धाञ्जली विज्ञप्ति वाचन गर्नुभएको थियो । ९ नं. ब्युरो इन्चार्ज तथा प्रमुख अतिथि दिनेश शर्माद्वारा पार्टीका वैकल्पिक केन्द्रीय सदस्य तथा सहिद परिवार एवं छोरी…
Read More
जिल्लाका समस्याहरु समाधानको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

जिल्लाका समस्याहरु समाधानको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

काठमाडाैँ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सल्यानले जिल्लाका विभिन्न समस्याहरु समाधानको माग गर्दै २०८२ मंसीर ८ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । जिल्ला सचिवसहितको एक प्रतिनिधि मण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रको पूर्णपाठ यसप्रकार छ“श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू जिल्ला प्रशासन कार्यालय सल्यान महोदय, आज देसको राष्ट्रिय स्वाधीनता सार्वभौमसत्ता, भौगोलिक अखण्डता, जनतन्त्र जनजिविकाको सवालमा निकै गम्भीर चुनौति र समस्याहरू विकराल बन्दै गैरहेको अवस्थामा देसको राज्य संयत्रको साथ साथै केन्द्रीय तहदेखि स्थानीय तहसम्म व्याप्त भ्रष्टाचार, कुशासन, ठगि, महङ्गि, कालोबजारी, मानव तस्करी, अनियमितता, घुसखोरी, भिजिट भिसा प्रकरण, मिटर व्याजको पिडा, लघुवित्त, सहकारी ठगी, जनघात,…
Read More