संसदको किचलोः पुँजीवादको संकट
लेखक : सन्तबहादुर नेपाली निर्वाचनद्वारा नयाँ सरकार बनेपछि पछिल्लो सरकारको नीति, कार्यप्रणाली, विगतका योजना सबै अध्ययन र आगामी नीति तर्जुमा गर्नका लागि एक सय दिन छुटाइएको हुन्छ । त्यो अवधिभरी विपक्षीले सरकारको नीति तथा कामकार्वाहीबारे प्रश्न उठाउने गर्दैनन् । देशको शासनसत्ता कसरी अगाडि बढाउने ? भन्ने त्यसको दिशा त्यही बेला तय गरिन्छ । हाम्रो देशमा बालेन सरकारले सरकार बनाएपछि न त सत्तापक्षले पुरानो सत्ताले गरेका सकारात्मक र नकारात्मक नीति तथा कार्यको अध्ययन ग¥यो न त विपक्षीहरुले सय दिनको अवधिलाई पर्खेर बसे । दुवैका आ–आफ्ना बाध्यता थिए । सत्ता पक्षले पहिलो दिनदेखि नै पूर्ववर्ती नेताहरुलाई कुनै तयारी विना धरपकड गर्न, सुकुम्बासी…