नेपाल र भारतबीचको सुपुर्दगी सन्धी र बर्तमान सरकार
लेखक : डा. केशव देवकोटा नेपालमा गत भदौ २३ र २४ को रहस्यमय घटनापछि विकसित परिस्थिति रहस्यमय ढंगलेनै अगाडि बढिरहेको देखिएको छ । बर्तमान सरकारले गत बैशाखको अन्तमा बिगत दुई दशकभन्दा लामो समयदेखि थाती रहेको नेपाल र भारतबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायतासम्बन्धी सम्झौता संसदबाट पारित गराएको बिषयले बिवादको अवस्था सिर्जना गरेको छ । किनकी एकातिर नेपाल र भारतबीच भएको सुपुर्दगी सन्धी बिवादमा रहेको छभने अर्कातिर चीनसँग गरिएको सोही प्रकृतिको फौजदारी विषयमा पारस्परिक कानूनी सहायतासम्बन्धी सम्झौता संसदमा प्रस्तुतनै गरिएको छैन । पाकिस्तान, फ्रान्स, रुस, संयुक्त राज्य अमेरिका, इजरायल र थाइल्याण्ड लगायतका देशले पनि नेपालसँग सुपुर्दगी सन्धिगर्ने प्रस्ताव गरिरहेका छन् ।…