आवश्यकता राजनीतिक सम्मेलनको, हुँदैछ ब्यापारी जमघट
नेपालमा जानेर हो वा नजानेर बिचित्रका गतिबिधिहरु हुँदैआएका छन् । ०७९ मंसिर चारमा पछिल्लो संसदीय निर्वाचन भयो । सो निर्वाचनले माओवादी केन्द्रलाई सरकारमा जाने जनादेशनै दिएको थिएन । तर उ सरकारको नेतृत्वमा पुग्यो । त्यसपछि देशको सत्ता राजनीतिनै उल्टो बाटोमा हिँड्न थालेको छ । संसदमा नेकां पहिलो र एमाले दोश्रो पार्टी भएर के भयो र ? तेश्रो पार्टीले उनीहरुलाई फनफनी घुमाएकै छ । गत फागुन २१ गते तत्कालीन नौदलीय सत्ता गठबन्धन तोडेर नेपाली कांग्रेसलाई प्रतिपक्षमा पु¥याउने काम प्रधानमन्त्रिबाट भयो । तर नेपाली कांग्रेस अन्य साना पार्टीका नेताहरुको बिरोध गरेर आत्मतुष्टि लिइरहेको छ । फेरी नेपाली कांग्रेसका सभापति लगायतका नेताहरुको राति,…