जन बिहानी

1713 Posts
टी–२० विश्वकप : अभ्यास खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले हरायाे

टी–२० विश्वकप : अभ्यास खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले हरायाे

काठमाडौँ : टी–२० विश्वकप क्रिकेटको शुक्रबार सम्पन्न अभ्यास खेलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई ३५ रनले हराएको छ । टी–२० विश्वकप सुरु हुनुअघि वेस्ट इन्डिज र अस्ट्रेलिया दुबैले खेलेको यो अन्तिम अभ्यास खेल हो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय ५७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको अस्ट्रेलियाले भने निर्धारित ओभरमा सात विकेट गुमाएर दुई सय २२ रनमात्र बनाउन सक्यो । खेलाडी अभावका कारण दोस्रो अभ्यास खेलमा पनि अस्ट्रेलियन टोली केवल नौ खेलाडीसहित मैदानमा ओर्लिएको थियो । फिल्डिङका क्रममा भने अस्ट्रेलियाले प्रशिक्षकसहित प्रशिक्षण टोलीका अन्य सदस्यलाई पनि प्रयोग गरेको थियो…
Read More
नेपाल आयल निगमले घटायाे पेट्रोल र डिजेलको मूल्य

नेपाल आयल निगमले घटायाे पेट्रोल र डिजेलको मूल्य

काठमाडाैँ : सरकारले पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको हो । निगमका अनुसार शुक्रबार नै भारतीय आयल कर्पोरेशनले पेट्रोलको मूल्य प्रतिलिटर ४.४२ रुपैयाँ घटाएर नयाँ मूल्यसूची पठाएको थियो । यस्तै डिजेलको मूल्य प्रतिलिटर २.४५ रुपैयाँ घटेर आएको थियो । सरकारले बजेट वक्तव्यमार्फत सरकारले लगाएको हरित करसमेत जोडेर निगमले मूल्य समायोजन गरेको जनाएको छ । सरकारले हरित करको रूपमा पेट्रोल र डिजेलमा रु १ प्रतिलिटर कर लगाउने घोषणा बजेटमार्फत गरेको थियो । घटेको मूल्यअनुसार काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ कायम…
Read More
बजेट फेरि पनि दलाल पुँजीवादी शोषणकै पक्षमा

बजेट फेरि पनि दलाल पुँजीवादी शोषणकै पक्षमा

काठमाडौ : नेपाल सरकारका अर्थमन्त्री वर्षमान पुनले हिजो जेष्ठ १५ गते प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष ०८१/०८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको बजेट वक्तव्यमा जनाइएकोछ । । नेपालको संविधानको धारा ११९ मा प्रत्येक आर्थिक वर्षको बजेट सङ्घीय संसदमा जेठ १५ गते पेस गर्नुपर्ने व्यवस्था गरिएकोछ । राजस्व तथा व्ययको अनुमानलाई स्वीकृत नगरेसम्म कार्यान्वयन हुन नसक्ने संवैधानिक व्यवस्था छ । सङ्घको बजेट पारित भएपछि…
Read More
समाजमा व्याप्त अन्धविश्वास र महिला

समाजमा व्याप्त अन्धविश्वास र महिला

समाजमा अहिलको २१औं शताब्दीमा आउँदा समेत अन्धविश्वास व्याप्त रहेको छ । अन्धविश्वासको शिकार महिला पुरुष दुवै हुने गरेका छन् । मान्छेमा अन्धविश्वास कसरी आयो ? कसरी अन्धविश्वासमा मान्छेले सबै कुरालाई पत्याउँदै आयो भन्ने कुरा, मानवको चेतनाले के महसुस ग¥यो भन्ने कुरा उसको बुझाई उसको हुर्कदाको वातावरण सबैले निर्धारण गर्दछ । मानिसमा अन्धविश्वास कसरी आयो भन्ने कुरा प्रकृतिमा हुने तमाम प्रकारका उथलपुथल कुराहरुको बारेमा सही धारणा नहुँदा बन्न पुगेको थियो । मानिसले भूकम्प आउने , पानी पर्ने ,वादल लाग्ने वा प्रकृतिमा घट्ने अनेक घटनाहरुले गर्दा मान्छेले यो कसरी भयो ? जन्म , मृत्यु जस्ता घटनाहरु कसरी हुन्छन् ? मान्छे विरामी कसरी…
Read More
क्रान्तिकारी प्रेस संगठनले दियाे यस्ताे चेतावनी

क्रान्तिकारी प्रेस संगठनले दियाे यस्ताे चेतावनी

काठमाडौं : क्रान्तिकारी प्रेस संगठनका संयोजक कमल बुढाले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको नेतृत्व तथा अन्य प्रेस सम्बद्ध संघ संगठनलाई विचार र आस्थाको आधारमा कसैलाई पनि वाइपास नगर्न चेतावनी दिनुभएको छ ।जेठ १६ गते जारी गरिएको वक्तव्यमा भनिएको छ, “आगामी जेठ २६ गते नेपाल पत्रकार महासंघको चुनाव तोकिसकेको अवस्थामा चुनावको तयारीमा लाग्नुपर्ने समयमा पत्रकारहरुसँग सम्बन्धित विभिन्न संघ संगठनहरुले पत्रकार महासंघको केन्द्र र प्रदेश तथा जिल्लाहरुमा गरेको तालाबन्दी र आन्दोलनहरुबारे हाम्रो संगठन कान्तिकारी प्रेस संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । महासंघको आगामी निर्वाचनको पूर्वसन्ध्यामा देखा परेको सदस्यता शुद्धिकरण विवाद समयमै टुङ्ग्याएर निर्वाचन निर्धारित समय अवधिमै होस् भन्ने हाम्रो…
Read More
माेदनाथ मरहट्टाकृत “चित्र र चरित्र” परिचर्चा कार्यक्रम सम्पन्न

माेदनाथ मरहट्टाकृत “चित्र र चरित्र” परिचर्चा कार्यक्रम सम्पन्न

काठमाडौं : काठमाडौंको घट्टेकुलो स्थित इच्छुक सांस्कृतिक प्रतिष्ठानको सभाहलमा प्रगतिवादी साहित्यकार मोदनाथ मरहट्टाद्वारा रचित निबन्धसङ्ग्रह ‘चित्र र चरित्र’को लोकार्पण तथा परिचर्चा कार्यक्रम सम्मपन्न भएको छ । मंगलबार अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, केन्द्रीय समितिको आयोजनामा सम्पन्न उक्त परिचर्चा कार्यक्रममा पुस्तकबारे वरिष्ठ माक्र्सवादी समालोचक द्वय प्रा.डा. जगदीशचन्द्र भण्डारी र डा.अमर गिरीले कृतिको समग्र मूल्याङ्कन सहितको समीक्षा गरेका थिए भने इच्छुक प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानी र वामपन्थी लेखक लेखनाथ न्यौपानेले कृतिकार मोदनाथ मरहट्टाको व्यक्तित्व र लेखनी विषयमा चर्चा गरेका थिए । महासङ्घका केन्द्रीय संयोजक हिरामणि दुःखीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासङ्घका केन्द्रीय सदस्य गौरी देबकोटाले र स्वागत मन्तव्य अर्का केन्द्रीय सदस्य डा.छायादत्त…
Read More
नेपालको कम्युनिस्ट आन्दोलनमा दलाल पुँजीवादको प्रश्न

नेपालको कम्युनिस्ट आन्दोलनमा दलाल पुँजीवादको प्रश्न

१) नेपालको कम्युनिष्ट आन्दोलनमा विदेशी दलालको प्रश्न ! रोग सही पहिचान भएन भने रोगीलाई उपचार लाग्दैन । राजनीतिमा पनि यो कुरो लागु हुन्छ । क्रान्ति सफल भएका मुलुकहरुमा कम्युनिष्ट पार्टीहरुले तत्कालीन समाजको सही पहिचान (वर्गविश्लेषण) गरेका र सोही अनुरुप क्रान्तिको स्वरुप निर्धारण गरी बल प्रयोगद्धारा (संघर्षका विविध रुपहरु) राज्यसत्ता हातमा लिन सकेका उदाहरण छन् । नेपालमा पनि सन् १९४९(२००६साल)मा नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्रमा नेपाललाई सामन्ती र अर्ध–औपनिवेशिक मुलुक भनेर चित्रण गर्नु सही विश्लेषण थियो । तर रोग पहिचान हुँदैमा ईलाज सही ढंगले नहुन सक्तछ । बस्तुगत परिस्थिति अनुकुल हुँदा पनि पार्टीको आत्मगत परिस्थिति कमजोर भएकोले सन् १९५०(२००७ साल)को राजनीतिक…
Read More
जनयुद्धका महान् सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईंको शालिक अनावरण भव्य

जनयुद्धका महान् सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईंको शालिक अनावरण भव्य

काभ्रे : काभ्रे जिल्लाको कात्तिके देउराली स्थित सरस्वती माविमा जनयुद्धका महान सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईको शालिक अनावरण गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त कडेल प्रतीक लगायतका नेताहरुले एक विशेष समारोहका बिच शालिकमा खादा र अविर लगाएर शालिकको अनावरण गर्नुभयो । कार्यक्रममा सहिदद्वयको नाममा स्थापित पुस्तकालयको पनि सोही अवसरमा उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै नेता हरिभक्त कडेलले भन्नुभयो, “जनयुद्धका सहिदहरुको सपना नेपालमा जनताको गणतन्त्र स्थापित गर्ने थियो, त्यो अझै प्राप्त भएको छैन, जनयुद्धकै बलमा स्थापित भएको अहिलेको कथित लोकतान्त्रिक गणतन्त्र जनताको हुन सकेन, केवल सभ्रान्त दलाल वर्गको बन्न पुग्यो । सहिदहरुका ती सपना अपुरा सपना…
Read More
सहकारी पीडितहरुको त्यो माग सही छ : वरिष्ठ नेता,सि.पि. गजुरेल (गौरव)

सहकारी पीडितहरुको त्यो माग सही छ : वरिष्ठ नेता,सि.पि. गजुरेल (गौरव)

सहकारी पीडितहरुको आन्दोलन प्रति हाम्रो पार्टीको समर्थन छ सि.पि. गजुरेल (गौरव)वरिष्ठ नेता, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल० कान्तिपुर पत्रिकाले गृहमन्त्री रवि लामिछानेले सहकारीमा करोडौं ठगी गरेको भनेर लगातार समाचार सम्प्रेषण गरिरहेको छ । गृहमन्त्री रवि लामिछाने मातहतको प्रहरी प्रशासनले कान्तिपुरका प्रोपाइटर कैलाश सिरोहियालाई किर्ते नागरिकताको अभियोगमा गिरफ्तार गरेको छ । यो घटनालाई कसरी हेरिरहनु भएको छ ?–यो घटनाको पछाडि आन्तरिक र बाह्य कारण छन् भन्ने लाग्छ । आन्तरिक कारणमा कान्तिपुरले रवि लामिछानेले सहकारीमा गरेको घोटाला, रकम हिनामिनाबारे लगातार समाचार सम्प्रेषण गरिरहेको छ । रवि लामिछाने यसबाट चिढिएर उनले त्यो पत्रिकाका मालिक वा संचालकलाई बदला लिन खोजिरहेका थिए । त्यो समाचार सम्प्रेषणबाट…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेकाे एकता भेला बैठक तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेकाे एकता भेला बैठक तथा प्रशिक्षण सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) का बीचमा केन्द्रीय र क्षेत्रीय स्तरमा पार्टी एकता अधिवेशन सम्पन्न भइसकेको अवस्थामा बाँके जिल्लामा पनि २०८१ जेठ १३ गते एकता अधिवेशन सम्पन्न भएको छ ।बाँके जिल्ला संगठन समितिका संयोजक कृष्णबहादुर शाह (परिवर्तन) ले २०८१ जेष्ठट १४ गते बाँके जिल्लामा एकता अधिवेशन सम्पन्न भएको एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।प्रेस विज्ञप्तिमा एकता अधिवेशनको पूर्ण जानकारी दिनुका साथै ६५ सदस्यीय जिल्ला संगठन समिति गठन भएको जानकारी गराइएको छ ।प्रस्तुत छ विज्ञप्तिको पूर्णपाठः “नेपालको कम्युनिष्ट आन्दोलन दक्षिणपन्थि संशोधनवादको वाहुल्यता रहेको विधमान अवस्थामा क्रान्तिकारीहरुको एकता तथा धुव्रिकरण आजको ऐतिहासिक आवश्यकता हो ।…
Read More