अखिल भारत नेपाली एकता समाजद्वारा यतिवीर लिम्बुको जेलबाट उद्धार
इलाहाबाद : अखिल भारत नेपाली एकता समाजले यतिवीर पुनको इलाहवादको नैनी जेलबाट उद्धार गरेको छ । इटहरी उपमहानरपालिका वाड नंबर ५, पछुकी जिल्ला सुनसरी निवासी तिलमान लिम्बुका २२ वर्षीय छोरा जागीरको खोजीमा ईलाहावाद आउने क्रममा अन्जानमा निज लिम्बु मनौरी एयरपोर्टको निषेधित क्षेत्रमा पुगेछन। एयरपोर्ट सुरक्षाबलले निजलार्इ दिनांक २३ फ़रवरी २०२४ का दिन गिरफ़्तार गरी ईन्डीयन पेनाल कोडको धारा ४६१ तहत अभियुक्त ठहर गरी इलाहावादको नैनी जेल चलान गरिएको थियो। निजका दाजुले भाइको उद्दार गर्न अखिल भारत नेपाली एकता समाज इलाहाबाद नगर समिति समक्ष अपिल गरेका थिए। अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपानेको नेतृत्वमा यतिवीर लिम्बु उद्धार टिम…