जन बिहानी

1495 Posts
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे जनसभा तयारीकाे तीब्रता

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले दियाे जनसभा तयारीकाे तीब्रता

बुटवल : मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालले देशैभर जनआन्दोलन दिवस मनाउने भएको छ । चैत्र २४ गते मनाइने दिवसको तयारीका लागि प्रदेशस्तरमा अभियानहरु संचालित छन् । सोही क्रममा प्रदेश पाँचका जिल्लाहरुमा प्रचारात्मक अभियान संचालन भइरहेको केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुबेदीले जानकारी गराउनुभयो । यस अघि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँच नम्बर प्रदेश संगठन समितिले जनआन्दोलन दिवस मनाउन पार्टीको केन्द्रीय सचिवालय सदस्य निरज केसीको संयोजकत्वमा २५ सदस्सीय जनआन्दोलन दिवस परिचालन समिति गठन गरेको थियो । प्रदेश अन्तरगत नवलपरासीबाट शुरु गरिएको प्रचारात्मक तथा परिचालनको अभियान रुपन्देही,कपिलबस्तु र दाङमा घनीभुत रुपले संचालन भइरहेको केसीले जानकारी दिनुभयो । पार्टीका…
Read More
प्रधानमन्त्री प्रचण्डले भने, मेरो हिस्साको वर्गसंघर्ष म लडिरहेको छु

प्रधानमन्त्री प्रचण्डले भने, मेरो हिस्साको वर्गसंघर्ष म लडिरहेको छु

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो हिस्साको वर्गसंघर्ष आफूले लडिरहेको बताएका छन् । जेलब्रेक दिवसको अवसरमा जेलब्रेकरहरूलाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ले आफू सरकारको नेतृत्वमा भएपनि आफ्नो भागको वर्गसंघर्ष लडिरहेको बताएका हुन् । ‘हाम्रा इच्छा र चाहना अनुसार मात्रै होइन राष्ट्रियता, अन्तराष्ट्रिय वर्गसंघर्षको आवश्यकताअनुसार कार्यनीतिहरुको प्रयोग गर्नुपर्ने हुन्छ । आफ्नो हिस्साको वर्गसंघर्ष अहिले पनि चलाइरहेको छु भन्ने मलाई विश्वास छ ।’, उनले भने, ‘८ हजार सहिदलाई सहिद घोषणा गरेर राजपत्रमा घोषणा गरियो, त्यो पनि वर्गसंघर्ष कै क्रम हो । जनयुद्ध दिवस घोषणा गर्ने कुरा र सहिदका छोराछोरीलाई विभिन्न ढङ्गले…
Read More
हिजो जेल तोड्यौँ, अब खेल तोड्नुपर्छ : विप्लव

हिजो जेल तोड्यौँ, अब खेल तोड्नुपर्छ : विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धको क्रममा जेल तोड्ने योद्दाहरुले अब देश र नागरिक विरुद्ध भैरहेका षड्यन्त्र र खेल गरिरहेका गमन सर्पविरुद्ध फेरि लड्ने बेला आएको उद्घघोष गरेका छन् । जनयुद्धको वीरगाथा सन्दर्भमा २४ औं जेलब्रेक स्मृति दिवस आयोजक समितिद्वारा काठमाडौमा आज आयोजित एक कार्यक्रममा महासचिव विप्लवले यस्तो बताएका हुन् । मन्तव्यको क्रममा समाजवादी मोर्चाका संयोजक समेत रहेका विप्लवले हिजो जेल तोडियो आज खेल तोडनु पर्नेछ । हाम्रो बुद्दि पलाउने छ भन्दै सबै माओवादी र कम्युनिस्टहरु अब एक ठाँउमा आउने बेला आएको समेत बताए । “अहिलेको भू-राजनीतिक परिस्थितिले पनि हामीलाई नयाँ ढङ्गले सोच्न प्रेरित गरिरहेको छ,माओवादी एकदिन एकभै…
Read More
प्यालेस्टाइन भूमि दिवस सम्पन्न : प्यालेस्टाइन जनताको संघर्षमा नेपालका श्रमजीवीहरुको ऐक्यबद्धता

प्यालेस्टाइन भूमि दिवस सम्पन्न : प्यालेस्टाइन जनताको संघर्षमा नेपालका श्रमजीवीहरुको ऐक्यबद्धता

काठमाडौँ : विश्व ट्रेड युनियन महासंघ ( डब्लूएफटियू), समन्वय समिति- नेपालको आयोजनामा विचार गोष्ठी तथा र्‍याली सहित "प्यालेस्टाइन भूमि दिवस" कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले प्यालेस्टाईनी जनताको आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्दै प्यालेस्टाइनमा जारी युद्ध अन्त्यको माग गरेको छ । विचार गाेष्ठी कार्यक्रमकाे अध्यक्षता गर्दै विश्व ट्रेड युनियन महासंघका प्रेसिडेन्सियल काउन्सिल सदस्य तथा नेपाल संयाेजक प्रेमलकुमार खनालले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो । 'साम्राज्यवादी अमेरिकाकाे उक्साहट र सहयोगमा इजरायली सरकारले प्यालेस्टाइनी जनताको नरसंहार गरेको छ । यो निकै दु:खद र निन्दनीय  घटना हो । प्यालेस्टाईनी जनता माथि इजरायलले गरेको वमवर्षा, नाकावन्दी र भौतिक पूर्वाधार तहसनहसको जति निन्दा गरे पनि पुग्दैन । हामी नेपालका श्रमजीवीहरु…
Read More
सहिद, वेपत्ता र जेलब्रेकको सपनालाई पूरा गर्छाैँ : सुदर्शन

सहिद, वेपत्ता र जेलब्रेकको सपनालाई पूरा गर्छाैँ : सुदर्शन

शाेभराज बराल/काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) ले प्रचण्ड र विप्लव आफ्नो कमाण्डर भएको बताएका छन् । जनयुद्धको वीरगाथा सन्दर्भमा २४ औं जेलब्रेक स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सुदर्शनले जनयुद्धको क्रममा प्रचण्ड र विप्लव आफ्नो कमाण्डर भएको बताएका हुन् । जनयुद्धको समयमा कम्युनिस्टहरु ढुंगामा पनि उमृनु पर्छ भन्ने भावनाका साथ संघर्षमा होमिएको बताए । उनले जनयुद्धका क्रममा आफू बाजुराबाट भाग्न सफल भएको बताउँदै एकीकृत क्रान्तिको क्रममा पनि आफू नख्खु जेलमा ३ बर्ष बसेको स्मरण गरे । ‘हामी फेरि पनि कुइरोको काग जस्तो अल्मलिन थालेका छौं । हामी स्पस्ट रूपमा अगाडि जान सकेनौं भने…
Read More
वैद्यका विद्यार्थी संगठनकाे दबाबमा त्रिविले अङ्ग्रेजी र नेपालीमा प्रश्नपत्र बनाउने निर्णय

वैद्यका विद्यार्थी संगठनकाे दबाबमा त्रिविले अङ्ग्रेजी र नेपालीमा प्रश्नपत्र बनाउने निर्णय

काठमाडौँ : माेहन वैद्य किरण नेतृत्वकाे कान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय क्याम्पस विशेष समितिकाे दबाबमा त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ । त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बिहीबार बसेको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो । त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्ववि‌द्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी…
Read More
नमस्ते पेद्वारा Global Money Week २०२४ मा विविन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न

नमस्ते पेद्वारा Global Money Week २०२४ मा विविन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न

काठमाडाैँ : नमस्ते पे ले Global Money Week २०२४ को अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सर्ेत र सिखिकरण गर्नेउद्देश्यका साथ क्षवक्षिन्न कायचक्रमहरू सफलतापूर्वक सञ्चालन गरयो । जस अन्तगगत नमस्ते पे द्वारा सामाशिक सञ्जालहरू र एप सूर्नाहरू माफच त, नमस्ते पे का प्रयोगकताचहरू र फलोवसगलेक्षवत्तीय सािरता र क्षवत्तीय समावेिीकरणको बारेमा जानकारी प्राप्त गर्ननग भयो । क्षवत्तीय सािरता र क्षवत्तीयसमावेिीकरणका बारेमा जार्नकारी र नमस्ते पे ले नेपालमा क्षवत्तीय समावेिीकरणलाई कसरी सहयोग गर्च िन्ने बारेक्षिक्षियो तयार गरी Study Material नामको युट्युब च्यानलमा सावचिक्षनक गररएको क्षियो। linkत्यसैगरी, नमस्ते पे ले क्षवक्षिन्न कलेिहरूमा क्षवत्तीय सािरता र क्षवत्तीय समावेिीकरण सम्बन्धी…
Read More
नयाँ सत्ता समीकरणबाट काम गर्न नसके अर्को उथलपुथल गर्न सक्छुःप्रधानमन्त्री दाहाल

नयाँ सत्ता समीकरणबाट काम गर्न नसके अर्को उथलपुथल गर्न सक्छुःप्रधानमन्त्री दाहाल

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् । बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औं बैठकमा बोल्दै उनले नयाँ सत्ता समीकरणबाट काम गर्न नसके फेरी पनि उथलपुथल गर्न बेर नलाग्ने उल्लेख गरेका हुन् । उनले कामै गर्न नसकिने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन भन्दै आफूले यस अघि पनि सार्वजनिक रूपमै त्यस अवस्था कायमै रहे पद ओगटीराख्नुको औचित्य पुष्टि नहुने बताउदै आएको स्पष्ट गरे । प्रधानमन्त्री दाहालले अझै पनि काम गर्न सकिने सम्भावना देखेर नै आफू पदमा बसिरहेको बताए । प्रधानमन्त्री दाहालले मन्त्रालयहरूले बजेट होल्ड गरेर राख्ने र आर्थिक वर्षको अन्त्यतिर सःशर्त…
Read More
राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिईन् अध्यक्ष  दाहालसमक्ष राजीनामा

राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले दिईन् अध्यक्ष दाहालसमक्ष राजीनामा

काठमाडौँ : राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी छन् । उनले बिहीबार राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाललाई राजीनामा पत्र बुझाएकी हुन् । माओवादीबाट नारायण दाहाल राष्ट्रियसभा अध्यक्ष भएपछि उनले राजीनामा दिनुपरेको हो । सत्ता गठबन्धनमा राष्ट्रिय सभा अध्यक्ष माओवादी केन्द्रले लिने सहमति भएको थियो । उक्त्त सहमति अनुसार नारायण दाहाल राष्ट्रिय सभा अध्यक्ष भइसकेका छन् । अब राष्ट्रिय सभा उपाध्यक्ष पद सत्ता गठबन्धनकै अर्को कुनै दललाई दिनुपर्ने भएपछि अर्यालले राजीनामा दिएकी हुन् । यसअघि सत्ता गठबन्धनका नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच भएको लिखित सहमतिमा राष्ट्रिय सभा उपाध्यक्ष पद एमालेले लिने उल्लेख थियो । तर पछि…
Read More
क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र

क्रान्तिकारी ट्रेड युनियन महासंघले बुझायो प्रधानमन्त्री प्रचण्डलाई १६ बुँदे मागपत्र

काठमाडौँ : मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १६ बुँदे मागपत्र बुझाएको छ । महासंघका संयोजक दिनेश शर्मा नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष १६ बुँदे मागपत्र बुझाउदै मागहरु अविलम्ब कार्यान्वयन गर्न जोडदार माग गरेको छ । यसै क्रममा प्रधानमन्त्री प्रचण्डले महासंघले प्रस्तुत गरेका मागहरु सान्दर्भिक भएको स्पष्ट गर्नुभयो । र, भन्नुभयो, “तपाईहरुलाई धन्यवाद छ, मागहरू सान्दर्भिक छन् र तपाईहरु सहि समयमा आउनुभएको छ ।” तर कार्यान्वयनको प्रश्नमा भने प्रधानमन्त्रीको जवाफ अस्पष्ट थियो, “हेरौं, के–कति सम्बोधन गर्न सकिन्छ ।’ यस्तो छ १६ बुँदे…
Read More