अखिल भारत नेपाली एकता समाजद्वारा यतिवीर लिम्बुको जेलबाट उद्धार

इलाहाबाद : अखिल भारत नेपाली एकता समाजले यतिवीर पुनको इलाहवादको नैनी जेलबाट उद्धार गरेको छ । इटहरी उपमहानरपालिका वाड नंबर ५, पछुकी जिल्ला सुनसरी निवासी तिलमान लिम्बुका २२ वर्षीय छोरा जागीरको खोजीमा ईलाहावाद आउने क्रममा अन्जानमा निज लिम्बु मनौरी एयरपोर्टको निषेधित क्षेत्रमा पुगेछन।

एयरपोर्ट सुरक्षाबलले निजलार्इ दिनांक २३ फ़रवरी २०२४ का दिन गिरफ़्तार गरी ईन्डीयन पेनाल कोडको धारा ४६१ तहत अभियुक्त ठहर गरी इलाहावादको नैनी जेल चलान गरिएको थियो। निजका दाजुले भाइको उद्दार गर्न अखिल भारत नेपाली एकता समाज इलाहाबाद नगर समिति समक्ष अपिल गरेका थिए।

अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपानेको नेतृत्वमा यतिवीर लिम्बु उद्धार टिम खटिएको थियो। ३१ मई २०२४ का दिन उक्त टिमले वकिल राखी जमानतको याचिका दायर गरेको थियो। जेल प्रशासनिक काम गरेपछि ८ जुलाई २०२४ का दिन उच्च न्यायालयबाट जमातनत गराइ नीज यतिवीर लिम्बुलार्इ अखिल भारत नेपाली एकता समाजले जेलमुक्त गराउन सफल भएको छ।

जेलमुक्त गराई यतिवीर लिम्बुलार्इ निजका दाजु नर बहादुर लिम्वु मार्फत ट्रेन टिकट बनाएर स्वदेश पठाएको छ। निजलाइ ट्रेन चढाउनकोलागि अखिल भारत नेपाली एकता समाजका केन्द्रीय उपाध्यक्ष खिमानन्द न्यौपाने इलाहाबाद नगर समितिका उपाध्यक्ष आलोक शर्मा, कोषाध्यक्ष रोहित राना र सदस्य टेकबहादुर दगालले सहयोग गर्नु भएको थियो।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?