क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीकाे राजनैतिक वैचारिक प्रशिक्षण
नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले जिल्लास्तरका नेता कार्यकर्ताका लागि राजनैतिक बैचारिक प्रशिक्षण संचालन गर्ने तयारी गरेको छ । पार्टी केन्द्रबाट धर्मेन्द्र बाँस्तोला समुहको बर्हिगमन पछि पार्टीले पार्टी सदस्य सम्म राजनैतिक बैचारिक प्रशिक्षण संचालन गरेर नेता कार्यकर्तालाई प्रस्ट पार्ने केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले जानकारी दिनुभयो । पार्टी केन्द्र र प्रदेश समितिको निर्णय बमोजिम प्रशिक्षण कार्यक्रम तयारी गर्नका लागि जिल्ला कार्यालयको बैठक समेत मंगलवार सम्पन्न भएको उहाँले बताउनुभयो । अन्तराष्ट्रिय र नेपालको कम्युनिस्ट आन्दोलनमा समेत यस्तो बर्हिगमन वा पार्टी एकता असफल भन्ने कुनै परिघटना नदेखिएकोले यसको अध्ययन र थप प्रष्टताका लागि राजनैतिक बैचारिक प्रशिक्षण…