शिक्षण संस्थामा गरिएको शुल्कवृद्धि खारेज गर :अखिल (क्रान्तिकारी)
काठमाडौं : माेहन वैद्य 'किरण' नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी)ले शिक्षण संस्थामा गरिएको मूल्यवृद्धि खारेज गर्न जोडदार माग गरेको छ । सो संगठनका केन्द्रीय संयोजक मिलन राईले एक प्रेस विज्ञप्ति जारी गरी निजी विद्यालयहरुले गरेको शुल्कवृद्धि खारेज गर्न र अन्य अनैतिक गतिविधि नगर्न सबै शिक्षण संस्थाहरुलाई हार्दिक अपिल गर्नुभएको छ । विज्ञप्तिमा यदि यस्ता कार्य भए/गरेको पाइएमा संगठनले कडा संंघर्ष गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी दिइएको छ । विज्ञप्तिमा भनिएको छ, “नेपालको संसदीय संविधानको धारा ३१ को उपधारा २ मा उल्लेख भएबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क साथै माध्यामिक तहसम्मको…