नेपालको कम्युनिस्ट आन्दोलनमा दलाल पुँजीवादको प्रश्न
१) नेपालको कम्युनिष्ट आन्दोलनमा विदेशी दलालको प्रश्न ! रोग सही पहिचान भएन भने रोगीलाई उपचार लाग्दैन । राजनीतिमा पनि यो कुरो लागु हुन्छ । क्रान्ति सफल भएका मुलुकहरुमा कम्युनिष्ट पार्टीहरुले तत्कालीन समाजको सही पहिचान (वर्गविश्लेषण) गरेका र सोही अनुरुप क्रान्तिको स्वरुप निर्धारण गरी बल प्रयोगद्धारा (संघर्षका विविध रुपहरु) राज्यसत्ता हातमा लिन सकेका उदाहरण छन् । नेपालमा पनि सन् १९४९(२००६साल)मा नेपाल कम्युनिष्ट पार्टीको पहिलो घोषणापत्रमा नेपाललाई सामन्ती र अर्ध–औपनिवेशिक मुलुक भनेर चित्रण गर्नु सही विश्लेषण थियो । तर रोग पहिचान हुँदैमा ईलाज सही ढंगले नहुन सक्तछ । बस्तुगत परिस्थिति अनुकुल हुँदा पनि पार्टीको आत्मगत परिस्थिति कमजोर भएकोले सन् १९५०(२००७ साल)को राजनीतिक…