जन बिहानी

1502 Posts
अनिलकृत पुस्तक माथि चर्चा गर्दै सिर्जना र संवादकाे पाँचौ श्रृङखला सम्पन्न

अनिलकृत पुस्तक माथि चर्चा गर्दै सिर्जना र संवादकाे पाँचौ श्रृङखला सम्पन्न

काठमाडौं : सिर्जना, विषय र विचारमाथि विमर्श गर्ने उद्देश्यले सञ्चालित ‘सिर्जना र संवाद’को पँचौँ शृङ्खलामा प्रगतिवादी स्रष्टा अनिल श्रेष्ठको निबन्धसङ्ग्रहमाथि गम्भीर विमर्श गर्दै शनिवार सम्पन्न भएको छ । इच्छुक सांस्कृतिक प्रतिष्ठानको आयोजना र ‘सिर्जना र संवाद’को संयोजनमा सम्पन्न कार्यक्रममा प्रा.डा. जगदीशचन्द्र भण्डारी, डा अमर गिरी, प्रतिष्ठानका अध्यक्ष मित्रलाल पंज्ञानी, प्रा.डा नन्दीश अधिकारी, समीक्षक तेजविलास अधिकारी र कार्यक्रम संयोजक गौरी देवकोटाले निबन्धसङ्ग्रहका सबल र कमजोर पक्षका बारेमा आ आफ्ना धारणा राख्नु भएको थियो । पुस्तकमा लेखकले विवेचना गरेका विषयहरू मध्ये योग र आध्यात्मबारे निकै राम्रो बहस भएको थियो भने यसै सन्दर्भमा प्रा.डा. जगदीशचन्द्र भण्डारी र डा. अमर गिरीले मार्क्सवादी दृष्टिकोणबाट विश्लेषणात्मक…
Read More
पूर्व बहुमत पार्टी अलग भएको होइन सानो टुक्रा चोइटिएको हो : शेरवहादुर देउवा शिखर

पूर्व बहुमत पार्टी अलग भएको होइन सानो टुक्रा चोइटिएको हो : शेरवहादुर देउवा शिखर

७नं प्रदेशमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व एकता हुँदा देखि अहिलेसम्म पुर्व बहुमत पार्टीबाट एकतामा आएका कं महान राम ब चौधरीले गरिरहनु भएको छ ।हामी केन्द्रीय सचिवालयका २ जना र ५ सिसियम गरि ७ केन्द्रीय सदस्य पार्टी एकतामै छौं शेरवहादुर देउवा शिखर सचिवालय सदस्य एव कैलाली जिल्ला इञ्चार्ज शेरवहादुर देउवा शिखर सचिवालय सदस्य एव कैलाली जिल्ला इञ्चार्ज क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भारत प्रवासमा अखिल भारतिय नेपाली एकता समाज वाट वामपन्थी राजनिति शुरु गरी नेकपा(माओवादी )मा रहदा व्युरो सदस्य भएको अवस्थामा प्रचण्ड लाई लाल गदार भन्दै किरणको नेतृत्वमा विद्रोह गरे त्यहाँ वाट पनि विप्लवको नेतृत्वमा विद्रोह गरि नेकपा निर्माण भएको थियो। नेकपा…
Read More
चे ग्वेभाराको विद्रोही जीवन

चे ग्वेभाराको विद्रोही जीवन

चे ग्वेभारा विश्व विख्यात गोरिल्ला योद्दा हुन् । उनी संसारभरिका शोषितपीडित वर्गका लागि महान प्रेरणाका स्रोत हुन् । उनको नाम लिँदा पनि जनताका दुष्मनहरूको मुटु काँप्दछ । उनी एक महान अन्तरराष्ट्रवादी हुन् । उनले अर्जेन्टिनामा जन्मिएर क्युबाको क्रान्तिलाई सफल बनाएर बोलिभियामा लड्दा लड्दै ज्यान गुमाएका थिए । चेको जन्म १४ जुन १९२८ मा पिता अर्नेस्टो ग्वेभारा लिन्च र माता सेलिया डेला सेर्नाको कोखबाट अर्जेन्टिनाको रोजारियामा भएको थियो । चे सानै देखि चिकित्सक बन्ने आकांक्षा बोकेका थिए । उनी अध्ययनका क्रममा चिकित्सक बने । समाजमा व्याप्त रोग,भोक,अन्याय ,अत्याचार देखेर उनी चिकित्सक पेशामा सीमित हुन सकेनन् । स्वास्थ्य सेवामा लागेर भन्दा अन्यायका…
Read More
फर्केर हेर्दा

फर्केर हेर्दा

लेखक : भीमकान्त भण्डारी संस्मरण त्यो बेलामा मोटरेबल सडकहरू नभएकाले गाडी मोटरहरू कतै देखिदैनथे । कोही बिरामी भयो भने डाक्टर अस्पताल भन्ने थाहा थिएन । उही झारफुक, धामीझाँक्री, पात्लो फाल्ने, कुखुरा चल्ला, बाख्रा पाठा काट्ने हो । अहिलेका मान्छेलाई बिदेशको लहर चलेजस्तो उबेलामा बसाइँसराईंको लहर चल्थ्यो । विशेष गरेर पाहाडबाट तराईतिर बसाईं सर्ने चलन व्यापक थियो । त्यो बेलाका मान्छेलाई लाहुर जाने भनेर भारततिर जाने भन्दा अन्य ठाउँमा बिदेश जाने भन्ने कुरा थाहा थिएन र अहिले जस्तो सजिलोसँग जान पनि पाइँदैनथ्यो । त्यसैले कोही गएको थाहा पाइँदैनथ्यो । घरमा उत्पादन भएको बस्तु बिक्री गर्न भारी बोकेरै धेरै दिन लगाएर हाटबजार…
Read More
फेरिएको मौसम बिरुद्ध

फेरिएको मौसम बिरुद्ध

कविता छिमेकीलाई चिठ्ठामा हात लागेकोगाभिनी भैँसीले गर्भ तुहाएपछिपरिवारमा रुवावासी बढेको छआफ्नै आङमा लागेको घामले बसाइ सारेररुखको टुप्पोबाट उदाएपछिताल साँचो खोसिने भयलेफेरि हार गुहारको सवाल उठेको छपछिल्लो मौसमी प्रतिवेदनलेधरणिका काला र गोराहरू उत्साहले जीउ कमाएकाछन्फेरि अदृस्य डर पसेको छ शहरमाकतै यो घुर्मैलो उज्यालो छोप्ने मौसम त होइन ? लेखक : मोदनाथ मरहट्टा भुइँ फूलहरू न्याकेरश्री तीनहरू नविकृत हुनेप्रश्न निस्किएको छ बेखबरे अखबारहरूमापटक पटक फेरिने मौसमलेधिपधिपे प्रकाशमाथि पर्दा हालेरबासी अँध्यारो ओकल्ने चुरीफुरी पो हो किडर पसेको छ वस्तिमा र आत्तिइरहेछन्अब हाम्रा झुप्राहरूले सतिजानु पर्ने भयोबाकसमा कोचिएका काला नोटहरूलाईसुशासनको धमिलो पानीले पखालेरआफ्नै तेरिजमा दर्ज गराउन फेरिएको छ मौसमकतै फेरि कठोर खडेरिले सुख्खा उमार्ने…
Read More
कक्षा १२ को नतिजा सार्वजनिक आज हुने

कक्षा १२ को नतिजा सार्वजनिक आज हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ। गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए। ७७ वटै जिल्ला र जापानको एकसमेत गरी १ हजार ५ सय २६ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो। यसपटक पहिलो पटक काठमाडौं जिल्लामा परीक्षणका रुपमा स्वचालित प्रक्रियाबाट परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गरिएको थियो। देशभरबाट ५ हजार ५ सय ४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी छन्। गत असारमा प्रकाशित एसईईको जस्तै कक्षा १२ को…
Read More
परिवार छाडेर विदेशिन रहर कसलाई हुन्छ र ?

परिवार छाडेर विदेशिन रहर कसलाई हुन्छ र ?

परिश्रम र पसिनाको मूल्य के हो ? यो कुरालाई मैले जिन्दगीमा गहिरोसँग अनुभव गर्दै आएको छु । सन् २०१८ देखि मैले दक्षिण कोरियामा मजदुरी गर्दै आएको छु । यसभन्दा पहिले मैले १७ वर्ष कै उमेरदेखि भारतको चेन्नैमा रोजगारी गरेको थिएँ । शूरुमा सत्यबामा युनिभर्सिटीमा मेशमा काम गरें । पछि त्यही युनिभर्सिटीमा सेक्युरिटी गार्डमा काम गरेको थिएँ । मेरो पुख्र्यौली घर गुल्मी जिल्ला कालीगण्डकी गाउँपालिका साविक खड्गकोट रम्फै हो । म त्यही जन्में । पछि रुपन्देही बसाइसराई गरिया । आफ्नै गाउँ रुपन्देहीको रुद्रपुरमा २ वर्ष जति मःमः बनाएर बिक्री पनि गरेको थिएँ । अहिले मैले दक्षिण कोरियाको ख्याङ्गिदो इछन–सी भन्ने ठाउँमा…
Read More
बजारलाई बुझौं

बजारलाई बुझौं

अहिले बजारीकरणको बढवा भएको समय हो । बजारीकारणले आफ्नो नाफा कमाउने तरिका जानेको हुन्छ । नाफा विना बजार टिक्न सक्दैन । अहिले जे कुराको पनि बजारीकरण भैरहेको छ । बजारमा राम्रोसंग बिक्री हुन नसक्दा बजारले सबैकुराको विज्ञापन गर्दछ विज्ञापनमा भर परेर समानहरु धेरै बिक्री गर्ने चलनको विकास भएको छ । बजारको विकास वस्तु विनिमयको शुरुवातसंगै भएको हो । पूँजीवाद बजारविना विस्तार हुन सक्दैन ।पूँजीवाद बजारमा टिकेको छ । समानको अत्यधिक उत्पादनले बजारको माग गर्दछ । बजार नभएमा उत्पादनको कुनै काम हुँदैन । बजारले यातायातको पनि माग गर्दछ । यातायात सेवा सुविधाको विकास पनि बजारले नै गराएको हुन्छ । बजारको लागि…
Read More

अखिल भारत नेपाली एकता समाज बेङलोर दक्षिण नगरको एकताअधिवेशन

बेङलोर, भारत : अखिल भारत नेपाली एकता समाज दक्षिण नगर बेंगलोरको एकता अधिवेशन सम्पन्न भएको छ । २८ जुलाई २०२४ का दिन अखिल भारतीय नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज दक्षिण भारत राज्य समितिबीच एकता अधिवेशन सम्पन्न भएको हो । अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत दक्षिण नगर समिति वेगंलोरको एकताअधिवेशन सम्पन्न भएकोमा एकता अधिवेशनको अध्यक्षता रामदत्त पाण्डे, सन्चालन हरिश वि. क.ले गरेका थिए । प्रमुख अतिथि दक्षिण भारत जिल्ला समितिका संयोजक धर्मराम विक रहेका थिए । अतिथिको आशन ग्रहण पछि सहिदहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो । शब्दबाट राजेन्द्र विक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीकाे राजनैतिक वैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नवलपरासीकाे राजनैतिक वैचारिक प्रशिक्षण

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति नवलपरासीले जिल्लास्तरका नेता कार्यकर्ताका लागि राजनैतिक बैचारिक प्रशिक्षण संचालन गर्ने तयारी गरेको छ । पार्टी केन्द्रबाट धर्मेन्द्र बाँस्तोला समुहको बर्हिगमन पछि पार्टीले पार्टी सदस्य सम्म राजनैतिक बैचारिक प्रशिक्षण संचालन गरेर नेता कार्यकर्तालाई प्रस्ट पार्ने केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले जानकारी दिनुभयो । पार्टी केन्द्र र प्रदेश समितिको निर्णय बमोजिम प्रशिक्षण कार्यक्रम तयारी गर्नका लागि जिल्ला कार्यालयको बैठक समेत मंगलवार सम्पन्न भएको उहाँले बताउनुभयो । अन्तराष्ट्रिय र नेपालको कम्युनिस्ट आन्दोलनमा समेत यस्तो बर्हिगमन वा पार्टी एकता असफल भन्ने कुनै परिघटना नदेखिएकोले यसको अध्ययन र थप प्रष्टताका लागि राजनैतिक बैचारिक प्रशिक्षण…
Read More