रिद्विसिद्विकाे जर्ती नलाग्ने याेजनाः झुटकाे खेती

सनुचाँदी क्षेत्र मुलुकको संस्कृती र मौलिकताको जीवन्त धरोहर हो । सुनचाँदी व्यवसायले कला र सिपको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । सुनचाादीको बहुआयमिक महत्व र उपयोगिता रहेको छ । नेपाली मौलिकताको जगेर्ना गर्दै रोजगारीका अभिवृwद्धिमा योगदान गर्ने एक महत्वपूर्ण व्यवसाय हो । सुनचाँदी सुखको गहना र दुखको खजनाको रुपमा प्रयोग भई आएको पनि छ । सुनचाँदी क्षेत्र मुलुकको समष्टिगत आर्थिक समृद्धिमा महत्वपूर्ण रहदै आएको छ । तर यो क्षेत्र अहिले कानूनको अपर्याप्तता कारण एउटै व्यक्तिले राज्यको आडमा सम्पूणर् सुन व्यवसायीलाई कुनै न कुनै रुपमा आफ्ठ्यारो पार्ने अवस्था देखिन आएको छ । यद्यपि सुनचाँदी व्यवसायलाई एउटै डालोमा हिडाउन दुई दुइवटा महासंघ समेत छन् । एउटा उखान छ कुकुरले पुच्छर हल्लाउनु पर्नेमा पुच्छरले कुकुर हल्लाए पछि अशुभ हुन्छ । महासंघले व्यवसायीलाई ठिक ढंगले हिडाउनु पर्नेमा एक व्यवासयीले दुई दुई महासंघलाई (नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ) उसका नीति नियमलाई धोती लगाई दिएको छ ।
प्रसङ्ग हो रिद्धिसिद्धि जर्तीको विवाद :

सुनको गहनाको खरिद विक्री हुँदा ग्राहकसँग कुनै पनि जर्ती वापतको शुल्क नलिने राजधानीको श्री रिद्धिसिद्धि ज्वेलर्सले निणर्य गरेपछि अन्य व्यवसायीहरु तरङ्गित बनेका छन् ।
बजार भाउ नै विगार्ने गरी जर्ती नकाट्ने भन्दै सस्तोमा सुनका गहना बेच्ने अभियानलाई रिद्धिसिद्धि नामका सञ्चालक नरेन्द्र गुप्ताले नेतृत्व गरेका छन् । हिजोका दिनमा उनैले १० देखि २० प्रतिशत सम्म जर्ती लिई सामान बेच्ने गरेका थिए । त्यतिमात्र होइन उनले ज्याला पनि छुट्टै लिन्थे । आज किन उनले ज्याला ७ प्रतिशत मात्र लिने र जर्ती नलाग्ने भनि व्यापक विज्ञापन गरी उपभोक्तालाई ठूलो संख्यामा/परिणाममा सामान बेचिरहेका छन् । यसमा प्रशस्त शंका गर्ने ठाउँ छ । कतै उनले भारतबाट तस्करी गरेर ल्याएको सुन अवैध रुपमा खरिद गरेर बनाइएका गहनामा जर्ती नकाट्ने भन्दै बजारमा आफ्नो एकाधिकार गर्न खोजेका त होइनन् ? रिद्धिसिद्धिले गहना विक्री गर्ने सुन कहाँबाट आयात गरेको छ ? रिद्धिसिद्धिले बैंकबाट गहना बनाउने सुन खरिद गरेको छ कि तस्करीको दुई नम्बरी सुन खरिद गरेर गहना विक्री गर्दै आएको छ ? ग्राहकको भीड हेर्दा उसलाई बैंकले दिएको कोटा प्रणालीको सुनले एक छेउ पनि पुग्ने स्थिति देखिदैन । कतै यो कार्यमा उच्च तहका नेता माफिया तथा तस्करहरु पनि हुन सक्ने प्रशस्त शंका छ । उसले आफ्नो लेखा प्रणाली कसरी मिलाएको छ । लेखा प्रणालीमा जहिले पनि खरिद विक्री र स्टक मिल्नु पर्छ ।

के हो जर्ती, के हो ज्याला ?
सुनचाँदीका गरगहना बनाउदा क्षय हुने चिज नै जर्ती हो । जर्ती धेरै बुट्टा अथवा डिजाइनमा गहना बनाइन्छ त्यति नै बढी जर्ती लाग्ने गर्छ । अर्थात सुनको कच्चा पदार्थ क्षय हुन्छ बीना जर्ती कुनै कुनै पनि व्यवसायीले सुनचाँदीको गहना विक्री गर्न सक्दैन । ज्याला भनेको सनुचाँदीको गहना बनाउदा लाग्ने श्रम हो । जति धेरै डिजाइनमा गहना बनाईन्छ त्यति नै बढी श्रम लाग्छ । श्रम अनुसार, डिजाइन अनुसार कालीगढले आफ्नो श्रमको मूल्य लिने गर्छन् । जर्ती नलिई कसैले आफ्नो सामान बेच्छु भन्नु त्यो महामुर्ख कुरा हो । यो सम्भव छैन । कि त उसले जर्तीको मूल्य ज्यालामा जोड्नु पर्छ । कि त कमजोर गुणस्तरको सामान ग्रहकलाई भिडाउनु पर्छ ।
जर्तीलाई यसरी पनि परिभाषित गर्न सकिन्छ । जर्ती भनेका कुनै सामानको स्वरुप विगारी अर्को स्वरुप बनाउँदा खिइने र नष्ट हुने पदार्थलाई जर्ती भनिन्छ । जस्तै गाडी चलाउदा पेट्रोल, डिजवल नष्ट हुन्छ र टायर अरु पार्ट पुर्जाहरु खिइने हुन्छ । फलामबाट बनेका औजाहरु मेसिन कुटो, कोदालो समेत खिइएर जान्छ । यसरी खिइएर खेर गएको सामानलाई कतैबाट पूर्ति गर्न सकिदैन यसैलो जर्ति भन्ने गरिन्छ । सुनलाई गाल्दा, पाता बनाउँदा, तार बनाउँदा, स-साना टुक्रा टुक्रा पार्दा, बुट्टा काट्दा, गहना सफा गर्दा, कटिङ गर्दा, पालिस गर्दा बफ गर्दा, सुनलाई रेट्दा जर्ति जाने हुन्छ । यसको परिपूर्ति गर्न सकिदैन ।

गहनामा जर्ती नलिने घोषणका कारण नेपाल रत्न तथा आभूषण संघ काठमाडौंले केहि महिना अघि रिद्धि सिद्धिको सदस्यता खारेज गरेको थियो । त्यतिमत्र होइन गत असार २ गते नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले एक संयुक्त विज्ञप्ती जारी गर्‍यो । उक्त विज्ञप्तिमा सनुको जर्ती नलिने घोषणा गर्ने श्री रिद्धिसिद्धि ज्वेलर्ससँग नै सम्बन्धित थियो । विज्ञप्तिमा गहना व्यवसायीलाई अन्योलमा पर्ने एवं व्यवसायी र कालीगढविच द्वन्द सिर्जना गर्ने कार्य भएको भन्दै महासंघहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । हो, कुनैपनि व्यापारीले ग्राहक तान्न, बजार मूल्य आफुखुसी गर्न सक्छ । तर अन्तराष्ट्रिय रुपमै तोकिएको बस्तुको मूल्यमा बजरा भाउनै विगार्ने गरी आपूmखुसी गर्न पाइदैन । राज्यले ल्याएको नयाँ बजेटमा ५ प्रतिशत सुनमा भन्सार वृद्धि गरेपछि यो समस्या देखा परेको हो । यस १५ प्रतिशत मात्रै भन्सार लाग्दै आएकोमा आर्थिक वर्ष ०८१/८२ देखि ५ प्रतिशत थप गरी सुनको भन्सार दर २० प्रतिशत कायम गरिएको छ । यसो हुँदा विगतका दिनमा विदेशबाट सुन नेपालमा भित्रिएर भारतमा तस्करी हुन्थ्यो भने अहिले भारतबाट नेपालमा सनु तस्करी हुन थालेको छ । त्यसको कारण भारतीय बजारमा नेपालमा भन्दा सुनको मूल्य कम छ ।
को हुन् नरेन्द्र कुमार गुप्ता ?
नरेन्द्र कुमार गुप्ता रिद्धिसिद्धि ज्वेलर्सका सञ्चालक हुन् । यो नेपालकै पहिलो आइएसओ प्रमाणित सुन व्यवसायी हो । जसले रसायन रहित तथा १०० प्रतिशत वाई ब्याक ग्यारेन्टीको गहना उत्पादन गर्दै आएको छ । तीन पुस्तादेखि सुनचाादीको कारोवार गरिरहेको छ । रिद्धिसिद्धि ज्वेलर्सले । गुप्ताका परिवारले श्री रिद्धिसिद्धि ज्वेलर्स प्रा.लि., श्री सिद्धिसिद्धि ज्वेलरी हाउस र भी ब्लु हर्ष ज्वेलर्स प्रा.लि. विशालबजार र चुच्चेपाटीमा सञ्चालन गर्दै आएको छ । यति राम्रो छवि बनाइसकेको व्यवसायीक फर्मका सञ्चालकले अहिले अहिले जुन अस्वस्थ प्रतिस्पर्धा गरिरहेका त्यो पक्कै राम्रो होइन । उनले सही ढंगले नै महासंघको नीति नियमलाई अनुशरण गर्दै व्यवसायबाट नाफा आर्जन गर्न सक्छन् ।
के भन्छन् नरेन्द कुमार गुप्ता ?
अहिले नरेन्द्र कुमार गुप्ता एकातिर र अन्य व्यवसायी तथा संघ सङ्गठनहरु अर्कातिर छन् । दुवैले आ-आफ्नै ढंगले वक्तव्यबाजी गरिरहेका छन् । गुप्ताले संघका पदाधिकारीहरुले दोहोरो विलाविजक तयार पार्ने, फर्जी पसल देखाई कारोवार सुन लिने तथा उपत्यका बाहिरका पसलका नाममा सुन लिने, भारतमा मा सुन तस्करी गर्ने लगायतका आरोप लगाउदै आएका छन् । उनको आरोपमा पनि केहि आंशिक सत्यता त होला तर बजार विगार्ने खालको अस्वथ्य प्रतिस्पर्धा र आफ्नै छाता संगठनको विरुद्ध जानु कदापी राम्रो होइन ।
निष्कर्ष ः मजदुरको पारिश्रमिक, निर्माण क्षति जर्ती ज्याला आदि बारेमा नेपाल सरकारबाट विभिन्न समयमा विभिन्न परिपत्रहरु जारी भएका छन् । जस अनुसार नेपाल राष्ट्र बैंकको सुन आयात तथा विक्री वितरण कार्य विधि २०६८ मा सुनका गहना निर्यात हुँदा जर्ती वापत १० प्रतिशत थप शोधभर्ना दिने नियम रहेको उल्लेख छ । यस्तै टक्सार विभागमा सिक्का टकसरी गर्दा पनि ७.२ प्रतिशत जर्तीको व्यवस्था उल्लेख छ । यी व्यवस्थाहरुलाई मध्यनजर गर्दा कुनै फर्म वा कम्पनीले जर्ती नलिई केवल ७ प्रतिशत निर्माण शुल्कमा गर गहना विक्री गर्ने भन्नु सुनचाँदी बजारलाई अस्वस्थ प्रतिस्पर्धामा धकेल्ने स्पष्ट रहेको देखिन्छ । अझ यतिबेला ७ प्रतिशत भन्दा कमका विज्ञापनहरु पनि बजारमा देखि थालेका छन् । यस्ता अस्वस्थ प्रतिस्पर्धाले कुनै पनि सुनचाँदी व्यवसायीको तथा उपभोक्ताको हित गर्दैन । सरकारले पनि यसमा सहजिकरण गर्नु पर्ने देखिन्छ । यद्यपि सरकारले अहिलेसम्म सुनचाँदी बजारलाई व्यवस्थित गर्न ऐन, नियम तथा निर्देशिका जारी गर्न सकेको छैन । सुनचाँदी व्यवसाय महासंघहरुले पटक पटक वार्ता गरिसकेको अवस्था छ । महासंघले सरकारबाट आश्वासन बाहेक अरु केही पाउन सकेको छैन ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?