क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशको आन्तरिक फोरम सम्पन्न

जनकपुर : पार्टीको महाधिवेशनलाई लक्षित गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशैभर आन्तरिक फोरम चलाइरहेको छ । यसैक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मधेस प्रदेशको आन्तरिक फोरम कार्यक्रम सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भएको कार्यक्रमको सञ्चालन कमरेड महेशले गुर्नभएको थियो भने अध्यक्षता कमरेड रमेशले गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरू पार्टीका सहसंयोजक कमरेड असिम, कार्यालय सदस्य कमरेड सागर ,आयोजक कमिटीका सदस्यहरू कमरेड अमर र कमरेड जयराज हुनुहुन्थ्यो ।

शहीदहरूप्रति एक मिनेट मौन धारण गरी सुरु भएको कार्यक्रममा अतिथि कमरेडहरूले आआफ्नो विषय प्रस्तुत गर्नु भएको थियो । हाउसमा उपस्थित कमरेडहरूले विभिन्न विषयहरूमा प्रश्न गर्नुभएको थियो । केही सुझावसहित हाउसमा उठेका प्रश्नहरूको जवाफ कमरेड असिमले दिनुभयो र अन्तमा अध्यक्षता गर्नुहुने कमरेड रमेशले सबैलाई धन्यवाद सहित कार्यक्रम समापन गर्नुभयो ।

क्रान्तिकारी कमम्युनिस्ट पार्टीले पार्टीभित्र महाधिवेशनका लागि प्रस्तुत गरिएको विभिन्न दस्तावेजमाथि बहस सञ्चालन गरिरहेको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?