जन बिहानी

1502 Posts
सोलुखुम्बुको बाढीमा फसेका ७ जनाको उद्धार

सोलुखुम्बुको बाढीमा फसेका ७ जनाको उद्धार

काठमाडौँ : सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका वडा नम्बर–५ स्थित थामे खोलामा आएको बाढीमा फसेका ७ जनाको उद्धार गरिएको छ । नेपाली सेनाको टोलीले ७ जनाको उद्धार गरेको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डे (खत्री)ले बताइन् । बाढी आएको क्षेत्रका एक जना सम्पर्कविहीन भएका छन् । सो क्षेत्रका एक जना सम्पर्कविहीन भएको कोशी प्रदेश प्रहरी कार्यालयका एसएसपी भीम दाहालले बताए । उनका अनुसार हालसम्म बाढीको कारण १२ वटा घर, हिमालयन ट्रस्टको क्लिनिक र विद्यालय बगाएको छ । दाहालले भने, ‘७ घर जोखिममा छन्, दुधकोशी र सुनकोशीमा बहाव बढ्न सक्ने हुनाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनेका छौँ ।’
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रवक्तामा सुदर्शन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको प्रवक्तामा सुदर्शन

काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको एकता महाधिवेशन २०८१ मंसीर १३ –२३ सम्म काठमाण्डौमा हुने भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता सुदर्शनले २०८१ साउन ३२ गते जारी गरेको प्रेस विज्ञप्तिमा सो कुराको जानकारी गराईएको छ । लेखक : सुदर्शन, प्रवक्ता एवम् केन्द्रीय कार्यालय सदस्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विज्ञप्तिमा २०८१ श्रावण २६ देखि २९ सम्म महाधिवेशन आयोजक समितिको बैठक संयोजक किरणको अध्यक्षतामा बसी विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको बताईएको छ । बैठकले एकता महाधिवेशन सम्पन्न गर्ने लगायत सांगठनिक निर्णयहरु गर्नुका साथै राष्ट्रियता ,जनतन्त्र तथा जनजीविका र समसामयिक महत्वका विषयलाई लिएर संघर्षका काम पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।पार्टीबाट सह…
Read More
आज २२ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाइदै

आज २२ औं दोरम्बा हत्याकाण्ड स्मृति दिवस मनाइदै

काठमाडाैँ : रामेछापको दोरम्बा शैलुङ्ग दोरम्बा गाउँपालिको दोरम्बा हत्याकाण्ड घटेको आज २२ बर्ष पुगेको छ । २२ बर्ष अघि अर्थात २०६० साल साउन ३२ गते दोरम्बा शैलुङ्ग गाउँपालिकाको दोरम्बामा तत्कालिन बैठक बसिरहेको घरलाई कब्जामा लिएर तत्कालिन शाही नेपाली सेनाले माओवादीका २१ जना नेता कार्यकर्ताको सामुहिक हत्या गरेको थियो । २०६० साल साउन ३२ गते रामेछाको दोरम्बामा तत्कालीन शाही सेनाले रामेछाप जनसरकार प्रमुख बाबुराम लामा ‘पुष्प’ सहित २१ जनाको हत्या गरेपनि उक्त घटना राष्ट्रिय अन्तर्राष्ट्रि रुपमा चर्चाको बिषय बन्न पुगेको थियो । उक्त घटनामा माओवादीका अम्बिका दाहाल (ललिका), प्रदिप दोङ (रक्तिम), टेकबहादुर थापामगर (विवेक), हर्कबहादुर तामाङ (यथार्थ), विष्णुमाया मगर (बिमा), रवि…
Read More
लक्ष्मी लेवट एरिया समिति गठन

लक्ष्मी लेवट एरिया समिति गठन

करण दयाल/बेङ्गलोर : अखिल भारत नेपाली एकता समाज बेङ्गलोर दक्षिण नगर समिति अन्तरगत लक्ष्मी लेवट एरिया समितिको पुर्नगठन मिति १५ अगष्ट २०२४ का दिन भएको छ । अखिल भारत नेपाली एकता समाज लक्ष्मी लेवटसमितिका पूर्व सदस्य गजेन्द्र पार्किको पहलमा र अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य गणेश वि. क को विशेष उपस्थितिमा समितिको पुर्नगठन भएको हो । जसमा अध्यक्ष दिपक लुहार, उपाध्यक्ष मन्जु पार्कि, सचिव मिना वि. सहसचिव अजय सुनार,कोषाध्यक्ष गिता सुनार,सदस्यहरूमा , गजेन्द्र पार्कि, सुनिता सुनार, जानकी तिरूवा ,लक्ष्मी तिरूवा ,राम तिरूवा ,अविनाश लुहार, दिपक लुहार ,करन पार्कि, बिक्रम तिरूवा , हिमाल लुहार ,नवीन लुहार र दिपक पार्कि…
Read More
भगौडाहरू !

भगौडाहरू !

कस्को दैलो ढुक्या होलान् भगौडाहरू बिचरा !होला भेट कुनै दिन भन्छन गोलो छ यो धरा !नाम दाम कमाएर मस्त कुस्त लुकीलुकी !हाड छाला बचाउलान् दैलो दुश्मनको ढुकी ! लेखक : बलराम तिमल्सिना कि गर्लान अझ नि तिनले क्रान्तिकारी अभिनय ?कि भन्लान अब भो पुग्यो लड्ने दिन पुरा भए !छोप्लान कि घर दरवार माथिबाट त्रिपालले ?जो जो जोडे हिजो अस्ति गुप्ती खाले कमालले ? मुखमा क्रान्ति मन मनमा जो राख्छन लोभका घडा !तिनै पाजीहरू भन्छन हामी राता निकै बडा !जता मौका उतै चौका हान्नलाई सिपालु ती !फाइदालाई सिध्दान्त मान्नलाई सिपालु ती ! ढोङ्गी ,पाखण्डी, गद्दार हाँडीघोप्टेहरू सुन !हीरा हौं भनी सोच्दा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आकस्मिक बैठक ऐतिहासिक निर्णय गर्दै सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आकस्मिक बैठक ऐतिहासिक निर्णय गर्दै सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महाधिवेशन आयोजक समितिको आकस्मिक बैठक२०८१ मंसिर १३ मा भव्य रुपमा महाधिवेशनको उद्घाटन गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । पार्टीका केन्द्रीय संयोजक मोहन वैद्य किरणको अध्यक्षता तथा सञ्चालनमा सम्पन्न बैठकले २०८१ मंसिर १३को महाधिवेशनलाई लक्षित गर्दै आर्थिक व्यवस्थापन, प्रचार प्रसार लागतसँग सम्बन्धित विषयमा महत्वपूर्ण निर्णय गरेको पार्टी हेडक्वार्टरले जनाएको छ । बैठकमा ‘कञ्चन’ प्रवृत्तिको रुपमा देखापरेको दक्षिणपन्थी संशोधनवाद, अवसरवाद परस्त चिन्तनको व्यापक चिरफार भएको थियो । संयोजक किरणले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना कुरा राख्दै पार्टीका कार्यालय सदस्य, सचिवालय सदस्य र आयोजक समितिका सदस्यहरुले गैरमाक्र्सवादी चिन्तनधारा तथा संशोधनवादी र अवसरवादी धारा र प्रवृत्तिको कडा…
Read More

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे तेमाल गाउँपालिको भेला सम्पन्न

ग्यान्जा लामा/काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्ला तेमाल गाउँपालिको आज मिति २०८१/४/३० गते भेला सम्पन्न गरेको छ । उक्त भेलाको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको जिल्ला संयोजक ढोगप्रसाद अधिकारीले गर्नु भएको थियोे भने बैठकको अध्यक्षता जेष्ठ नागरिक काभ्रे जिल्ला कमिटी सदस्य भिम राज तामाङले गर्नु भएको थियो । बैठकमा प्रदेश कमिटी सदस्य ग्यान्जा लामा क. भौतिक र जिल्ला कमिटी सदस्य रबिन चौलागाईं रहनु भएको थियो । उक्त भेलाले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तेमाल गाउँ पालिकाको सेक्रेटरीमा क.सुर्यमान मोक्तान निर्बाचित हुनु भएको छ भने उहाँको अध्यक्षतामा नौं सदस्यीय नयाँ कमिटी चयन भएको छ। सदस्यहरुमा भिमराज तामाङ, लालमान तामाङ, (क)…
Read More
एकता समाजको भतुर एरिया संगठन समिति गठन

एकता समाजको भतुर एरिया संगठन समिति गठन

बैङ्गोलर, भारत : मिति ११ अगष्ट २०२४ का दिन अखिल भारत नेपाली एकता समाज बेङ्गलोर पूर्व नगर संगठन समिति अन्तरगत भतुर एरिया संगठन समिति गठन गरेको छ।अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समितिका सदस्य राजेश बिष्ट र तिल्सरा बिष्टको बिशेष पहलमा र अखिल भारत नेपाली एकता समाज केन्द्रीय सचिव राम सिह बि क केन्द्रीय सदस्य गणेश बि क पूर्व नगर समितिका अध्यक्ष नारायण देवकोटा को बिशेश उपस्थितिमा व्हाइट फिल्डमा कार्यरत नेपाली हरुको बिच भेलागरि भतुर एरिया संगठन समिति निर्माण गरिएको छ ।जसमा१) अध्यक्ष बिक्रम बराल२) उपाध्यक्ष बसन्त जोशी३) सचिव बिजय बिश्वकर्मा४) सहसचिव अस्मिता महतरा५) कोषाध्यक्ष सोभा बराल६) सदस्य…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले यसकारण गर्याे ३ जना सचिवालय सदस्यलाई कारबाही

क्रान्तिकारी कम्युनिस्ट पार्टीले यसकारण गर्याे ३ जना सचिवालय सदस्यलाई कारबाही

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पार्टीका विरुद्ध गुटबन्दीमा संलग्न तीन जना सचिवालय सदस्यलाई कारबाही गरेको छ । पाार्टीका संयोजक मोहन वैद्य किरणले पार्टीको महाधिवेशन आयोजक समितिको बैठक चलिरहेको बेला एक प्रेस वक्तव्य जारी गरी कारबाही गरेको जनाउनु भएको छ । जारी प्रेस वक्तव्यका अनुसार गुटबन्दी तथा पार्टीविरोधी गतिविधिमा संलग्न हुनुभएको कुरा पुष्टि भएकोले केन्द्रीय सचिवालय सदस्यहरु संकुल, भाष्कर र वसन्तलाई पार्टीको केन्द्रीय समितिबाट एक महिनाको लागि निलम्बन गरिएको छ । वक्तव्यका भनिएको छ, “एकता महाधिवेशन आयोजक समितिको आकस्मिक वैठक चलिरहेको बेला बैठकबारे सुसुचित हुँदाहुँदै पनि बैठकमा अनुपस्थित रहनु भएको र गुटबन्दी तथा पार्टीविरोधी गतिविधिमा संलग्न हुनुभएको कुरा पुष्टि भएकोले…
Read More
दुई क्रान्तिकारी मजदुर संगठनकाे एकता अधिवेशन सम्पन्न

दुई क्रान्तिकारी मजदुर संगठनकाे एकता अधिवेशन सम्पन्न

इश्वर तिमिल्सिनाकाे संयाेजकत्वमा ७३ सदस्यीय किमिटि निर्वाचित काठमाडौं : नेपाली मजदुर आन्दोलनको अग्रदस्ता, जनवादी– समाजवादी क्रान्तिको मुल प्रवाह क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको अंग रहेका दुई मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का बिच एकता अधिवेशन सम्पन्न भएकाे छ । २०८१ श्रावण २५ गते ललितपुरको कुपोन्डोलमा भएको उक्त अधिवेशन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक दिनेश शर्माको अध्यक्षतामा एवं अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुक)का संयोजक गुणनिधी आचार्यको सन्चालनमा भएको अधिवेशनलाई रंगबिर दोङले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रममा पार्टीका कार्यालय सदस्यहरु हेमन्त प्रकाश ओली, चिन्तामणी शर्मा, अर्थशास्त्री समेत रहनु…
Read More