फोरम (आन्तरिक बहस) सम्पन्न
काठमाण्डौ : क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले राष्ट्रिय एकता महाधिवेशनको सन्दर्भमा सञ्चालन गरेको फोरम ( आन्तरिक बहस) सम्पन्न गरेको छ । प्रदेश र जिल्ला स्तरका फोरमहरु सम्पन्न भएपछि २०८१ कार्तिक २५ गते प्रवास क को कार्तिक ३० गते केन्द्रीय सल्लाहकार र गैरभूगोलसंग सम्बन्धित सदस्यहरुको र मंसिर २ गते प्रवास ख,को फोरम सञ्चालन गरिएको थियो । २०८१ वैशाख १९ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र नेकपा (मशाल)का बीचमा माओवाद र माओविचारधारा ,जनयुद्धको मूल्याङकन र राज्य पुनःसंरचनाको बारेमा खुला बहस गर्ने निर्णय भए अनुरुप छलफल भईरहेको बताईएको छ । खुला छलफलको बहसमा पार्टी भन्दा बाहिरका व्यक्तिहरुबाट पनि छलफलमा भाग लिने काम भएका छन्…