माेहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

अखिल (क्रान्तिकारी) रुपन्देहीको २६औं सम्मेलन सम्पन्न, संयोजकमा थापा

अखिल (क्रान्तिकारी) रुपन्देहीको २६औं सम्मेलन सम्पन्न, संयोजकमा थापा

रुपन्देही : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २६ औं जिल्ला सम्मेलन सोमवार बुटवलमा सम्पन्न भएको छ । जिल्ला सम्मेलन उद्घाटन सत्रमा प्रमुख अतिथि अखिल(क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले शैक्षिक ब्यापारीकरण तथा माफियाकरणका बिरुद्ध संर्घष केन्द्रीत गर्न निर्देशन गर्नुभयो । उहाँले मिसन एभ्रीडे अन्तरगत भएका गतिबिधिहरुको चर्चा गर्दै भष्ट्राचार बिरुद्ध संगठनले गरेका कारवाहीहरुलाई जनताको साथ र समर्थन रहेको बताउनुभयो । कार्यक्रममा बिशिष्ट अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईन्चार्ज प्रेम सुवेदीले नयाँ जनवादी हुदैं बैज्ञानिक समाजवादी यात्रामा युवा बिद्यार्थीहरु एकाकार भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार संजिवकुमार, अखिल…
Read More
जनयुद्ध, सहिदी मूल्य र सहिद सप्ताह

जनयुद्ध, सहिदी मूल्य र सहिद सप्ताह

विषयारम्भ नेपाली जनताको मुक्तिकामी अभियानमा सर्वप्रथम लखन थापाले सहादत प्राप्त गरे, यद्यपि यसअघि नै सहादतको प्रक्रिया सुरु भइसकेको थियो । राणाविरोधी आन्दोलनमा गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द र शुक्रराज शास्त्रीले हाँसीहाँसी जीवनाहुति दिए । युवाविद्यार्थी चिनियाँकाजी श्रेष्ठ, क्रान्तिकारी किसान नेता भीमदत्तदेखि विद्रोही कामी बुढा मगरले पनि महान् सहादत प्राप्त गरे । पूर्वी नेपालको बारा, पर्सा, रौतहटमा २०११/०१२ तिर सशक्त किसान आन्दोलनका क्रममा सुखलाल महतोदेखि पञ्चायती निरङ्कुशताविरोधी आन्दोलनमा मधेसका कामेश्वर र कुशेश्वर यादवले पनि नेपाली धर्तीमा आफ्नो अमूल्य रगत बगाए । पञ्चायती शासनविरोधी काङ्ग्रेसले सुरु गरेको हतियारबद्घ सशस्त्र सङ्घर्षमा ओखलढुङ्गाको टिमुरबोटेमा क्याप्टेन यज्ञबहादुर थापादेखि २०२८/०२९ सालको झापा सशस्त्र विद्रोहको क्रममा…
Read More
क्रान्तिकारी सेक्युरिटी मजदुर संघको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी सेक्युरिटी मजदुर संघको एकता अधिवेशन सम्पन्न

वसन्त बोगटी/काठमाडौ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ सम्बद्ध क्रान्तिकारी सेक्युरिटी मजदुर संघको एकता अधिवेशन सम्पन्न भएको छ । चाबहिल-७, काठमाडौ सम्पन्न अधिवेशनले संयोजक राजु दाहाल र सह संयोजक सुमन बस्नेतको नेतृत्वमा ९ सदस्यीय केन्द्रीय समिति निर्माण गरेको छ । उक्त अधिवेशनमा महासंघका केन्द्रीय सह-संयोजकद्वय ईश्वर तिमिल्सिना, वसन्त बोगटी, ३ नम्बर प्रदेश महासंघका संयोजक कुमार घताने, सह-संयोजक सरोज न्यौपाने, निर्माण मजदुर संघका संयोजक बालकृष्ण सिटौला, वैदेशिक मजदुर संघका संयोजक युवराज थापा, होटल मजदुर संघका संयोजक अर्जुन बोगटी, इटाभट्ट मजदुर संघका संयोजक सुजाता रोका, सह संयोजक मिलन श्रेष्ठ र संघसंस्थाका सह संयोजक लक्ष्मिराम दंगालको उपस्थिति रहेकोे थियो । पछिल्लो पटक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका इन्चार्ज खड्का र सह-संयोजक पाण्डे रिहा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल अर्घाखाँचीका इन्चार्ज खड्का र सह-संयोजक पाण्डे रिहा

अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य तथा अर्घाखाँची जिल्ला इन्चार्ज हुकुम खड्का र पार्टी जिल्ला सह-संयोजक नरिस्वर पाण्डे १५ दिनको हिरासत बसाइपछि जिल्ला अदालत अर्घाखाँचीबाट १००००/१०००० धरौटीमा रिहा हुनुभएको छ। संगठनका नेता कार्यकर्ताहरूले दुबै जना राजबन्दीलाइ बधाई तथा खुला आकाशमा स्वागत गरेका छन् ।
Read More
अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघको एकता अधिवेशन सम्पन्न

अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघको एकता अधिवेशन सम्पन्न

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आफनो ‘कारखाना जाऔं’ अभियानलाई जारी राखेको छ । अभियानलाई व्यवस्थित ढंगबाट अगाडि बढाइरहेको छ । यसै क्रममा महासंघको केन्द्रीय समितिको निर्णय दृढतापुर्वक कार्यान्वयन गर्दै जाने नीति अनुरुप चार महिने कारखाना जाउँ अभियान थप सशक्त बन्दै गइरहेको बुझिएको छ । महासंघले देशैभरि आफ्नो सांगठनिक गतिविधि तिव्र पारेको छ। यहि क्रममा महासंघको आफ्नो घटक संघ अखिल नेपाल क्रान्तिकारी वैदेशिक श्रमिक संघको एकता अधिवेशन शनिबार काठमाडौंको नयाँ वसपार्क तमु हलमा भव्य कार्यक्रम सहित सम्पन्न गरेको छ । अधिवेशको प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेपालका कार्यालय सदस्य तथा महासंघका संयोजक दिनेश शर्मा सागर र विशेष अतिथि…
Read More
क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल सिन्धुपाल्चोकले दिए कर्म तामाङलाई भावपूर्ण श्रद्धाञ्जली

क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल सिन्धुपाल्चोकले दिए कर्म तामाङलाई भावपूर्ण श्रद्धाञ्जली

सिन्धुपाल्चोक : क्रान्तिकारी कम्यनिष्ट पार्टी, नेपाल जिल्ला संगठका समिति सिन्धुपाल्चोक जिल्ला सदस्य रेशम माक्तानकाे ममतामही आमा कर्म तामाङको यही फागुन ३ गते ७२ वर्षकाे उमेरमा निधन भएकाेप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेकाे छ । फागुन ११ गते जिल्ला संयाेजक सृष्टिले प्रेस वक्तव्य जारी गर्दै सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नं. ४ निवासी कर्म तामाङको निधनले अत्यन्तै दुःखित भएकाे बताउदै रेशम मोक्तानलगायत शोकसन्तप्त परिवार तथा सम्पूर्ण आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेकी छन् । संयाेजक सृष्टिले जारी गरेकाे प्रेस वक्तव्यमा भनिएकाे छ, ‘क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल सिन्धुपाल्चोक जिल्ला कमिटी सदस्य कमरेड रेशम मोक्तानको ममतामही आमा तथा सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँ पालिका वडा नं. ४…
Read More
‘जर्मन साम्राज्यवादले द्रुत गतिमा युद्धको तयारी गर्दैछ’

‘जर्मन साम्राज्यवादले द्रुत गतिमा युद्धको तयारी गर्दैछ’

पश्चिमी पुँजीपति वर्ग, विशेष गरी जर्मन एकाधिकारी साम्राज्यवादी राजनीतिक तथा सैन्य प्रवक्ताहरू युद्धसँगै सुत्छन् र युद्धसँगै उठने गर्छन् । खासगरी युक्रेनमा रुसले आक्रमण गरेदेखि नै उनीहरूका सबै प्रयास अर्थतन्त्रलाई युद्ध अनुकूल बनाउने रहेको छ भने हतियार उत्पादन नयाँ साम्राज्यवादी युद्धका लागि सैन्य शक्ति तयार पार्ने एउटा महत्वपूर्ण काम भएको छ । अनुवादक : इन्द्रमोहन सिग्देल ‘वसन्त’ १६–१८ फेब्रुअरी २०२४ मा, ६० औं म्युनिख सुरक्षा सम्मेलन (MSC) म्युनिख, जर्मनीमा आयोजित हुँदैछ । उनीहरूले आयोजना गर्ने त्यो सम्मेलनमा साम्राज्यवादी लुटेरा तथा हतियारका एकाधिकारीहरुले युद्धको तयारी र सैन्य शक्ति तथा हतियार उत्पादन कसरी गर्ने र लोकतान्त्रिक अधिकार तथा स्वतन्त्रतालाई धावा बोलेर कसरी घरेलु…
Read More
गलैंचा क्षेत्रमा पुग्याे कारखाना जाऔं अभियान

गलैंचा क्षेत्रमा पुग्याे कारखाना जाऔं अभियान

वसन्त बोगटी/काठमाडौँ : महासंघको कारखाना जाऔं अभियान गलैंचा उद्योग र मजदुर बीचमा पुगेको छ । यसै बीच अभियानले नारायण गलैंचा उद्योगमा एन पहरीको संयोजकत्वमा १९ सदस्य इकाई कमिटी निर्माण गरेको छ । अभियानमा क्रान्तिकारी गलैंचा मजदुर संघका संयोजक केशव बुढाथोकी, सह संयोजक अरुण श्रेष्ठ र वसन्त बोगटीको उपस्थिति रहेको थियो । गत २७ गते केन्द्रीय अधिवेशन सम्पन्न लगत्तै क्रान्तिकारी गलैंचा मजदुर संघले न्यूनतम ५ हजार मजदुर संगठित गर्ने र एक सय इकाई निर्माण गर्ने लक्ष्य सहित कारखाना जाऔं अभियान अघि बढाएको छ । गलैंचा क्षेत्रमा बालश्रम यथावत छ । यस क्षेत्रमा ठूला निर्यात कम्पनीहरुले मझौला तथा लघु उद्योग र श्रमिकहरु…
Read More
तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार

तात्कालिक राजनीतिक कार्यनीति : अस्थायी संयुक्त सरकार

क्रान्तिको प्रक्रियामा आवश्यकताअनुसार तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा सरकारको नारा प्रस्तुत गर्नुपर्ने हुन्छ । यसै आवश्यकतालाई आत्मसात् गरी १६ देखि २१ असोजसम्म आयोजित हाम्रो पार्टीको केन्द्रीय समितिको दोस्रो बैठकमा तात्कालिक राजनीतिक कार्यनीतिका रूपमा अस्थायी संयुक्त सरकारको नारा निर्धारत गरिएको छ । प्रस्तुत लेखमा यस्तो सरकारको आवश्यकता र औचित्यबारे चर्चा गरिनेछ । संविधान जारी गरिएको आठ वर्ष बितिसक्दा पनि राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याको समाधान गर्दै जाने र परिवर्तन तथा मुक्तिका जनचाहना र भावनाको सम्बोधन गर्ने कार्यमा चरम लापरबाही तथा अवज्ञा हुँदै आएको छ । यस स्थितिमा वर्तमान दलाल, नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था तथा तिनका संवाहक राजनीतिक दलप्रति जनताको…
Read More
रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम चितवनमा सम्पन्न

रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम चितवनमा सम्पन्न

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रदेश ३ का सदस्य प्रकाशबाबु खनालका बुबा रामचन्द्र खनालको श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कुखुरा पालक किसान संघ , चितवनको संयुक्त आयोजना भएको कार्यक्रम पार्टीका केन्द्रीय सदस्य एवं चितवन जिल्ला संयोजक बिकासले संचालन गर्नु भएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी , नेपालका तर्फबाट के. स. सदस्य एवं जिल्ला इन्चार्ज ध्रुब र नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झनकप्रसाद पौडेलले आआफ्नो संस्थाको तर्फबाट समवेदना व्यक्त गर्नु भएको थियो ।२००१ साल भाद्र ९ गते गोर्खा दर्बुङ्गमा जन्मनु भएका खनालको २०८० फाल्गुन ५ का दिन चितवन , रत्ननगरमा…
Read More