‘वर्गीय श्रमिक महिलाहरुको एक्यवद्धता आजको आवस्यकता हो’

1857 March 8 मा अमेरिकाको सुती कपडा उधोग कामगर्ने श्रमिक महिलाहरु कामगर्ने घण्टा कम गराउँने समान कामको समान पारिश्रमिकको माग सहित आन्दोलनमा उत्रिए त्यसपश्चात श्रमिकहरु एकताबद्ध हुनथाले र श्रमिकवर्गका हकहित र अधिकार सुनिस्चितताको मागसहित आन्दोलन सुरुगर्न थाले ।

लेखक : इन्दिरा अधिकारी

१९१० मा फिल्याण्डमा पहिलोपटक निर्वाचित तीन महिलासहित १७ देशका प्रतिनिधिहरु लगभग सयजना क्रान्तिकारी समाजवादी महिलाहरु विच अन्तरास्ट्रिय महिला सम्मेलन आयोजना गरियो । त्यही सम्मेलनमा समानताका पक्षपाती विच एक्यवद्धता दिवसको रुपमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक दिवशको रुपमा मनाउन विश्व क्रान्तिकारी आन्दोलनका नेता क्लारा जेट्किन र रोजा लग्जेम्बर्गद्वारा राखिएको प्रस्ताव एकमतले पारित भयो र १९११ देखि विश्वभर महिला हकहित र समान अधिकारका निमित्त 8 March लाई संघर्ष र महिला मुक्ति दिवसको रुपमा मनाउँन सुरुवात गरियो र आज यो ११४बर्षमा प्रवेश गरेको छ ।

नेपालको पूर्वीभागमा रहेको धनकुटा जील्लामा पहिलोपटक २०१७ सालमा आइमाई दिवसको रूपमा केही शिक्षिकाले मनाएको इतिहास भएतापनि कुनिल र घरानिया अर्थात दरवारिया महिलाहरुको नेतृत्वमा यसको संघर्षशिल र क्रान्तिकारी चरित्रको बिद्रुपिकरण गरेर नारी दिवसको रुपमा मनाउन थाले ।

खासगरी यो दिवसको वर्गीय स्वत्व र गरिमालाइ कायम गर्दै २०३४ सालमा पारिजातको नेतृत्वमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरुवात गरियो ।

यद्यपि सरकारी तवरबाट २०४७ साल देखि महिला दिवस भन्न थालियो तथापि श्रम कानुन २०७४ ले भने यसलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै रुपमा किटान गरेको छ।

महिला माथी हुने शोषण,उत्पीडन र भेदभाव कुनै देश,जाति वा सम्प्रदायसित सम्बन्धित बिषय नभएर विश्व भरिका महिलाहरुसगँ सम्बन्धित विषय भएकाले सबै खालका महिलाहरुको बिचमा एक्यवद्धताकोआवश्यकता जरुरी छ।

नेपालको महिला मुक्ति आन्दोलनलाई सहि सैद्धान्तिक पथ प्रदर्शन गर्न विश्व क्रान्तिकारी महिला नेताहरुको भूमिका महत्त्वपूर्ण रहन्छ । महिलामाथि हुने शोषण दमन ,अन्याय , अत्याचार, हिंसा , हत्या र बलात्कार जस्ता जघन्य अपराध हरु अन्त्य गर्न सबैखाले श्रमिक महिलाहरुको एक्यवद्धताले मात्र सम्भव छ र महिलामुक्ती आन्दोलन मजबुत बनाउँन सकिन्छ । महिलामुक्ती आन्दोलन सशक्त बनाउँन सकियो भने मात्र वर्गीय मुक्ति आन्दोलन ससक्त बनाउन सकिन्छ ।

श्रमिक वर्गको राजनीति प्रतिनिधित्व भएको संघीय जनगणतन्त्रको स्थापना महिला मुक्तिको आधार भएकाले सम्पुर्ण महिलाहरु एक भएर यो अभियानमा जुटौ । समाजमा अन्य सबै शोषित उत्पीडित वर्गमाथी हुने उत्पिडन अन्याय अत्यचारको मूल घर भनेकै पुँजीवाद हो । त्यसैले सबैखाले मुक्तिआन्दोलनलाई मजबुत सशस्त्ररुपदिदै आन्दोलन अगाडी बढाउँन माक्र्सवादि , लेनिनवादि र माओवादि विचारधारले असल मार्ग देखाउँछ र मद्दत गर्दछ । तसर्थ सबैखाले वर्गीय श्रमिक महिलाहरुको एक्यवद्धता आजको आवस्यकता हो ।

सबैलाई ११४औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना !

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?