क्रान्तिकारीहरुको एकताले दिएको सन्देश
नेपालको कम्युनिस्ट आन्दोलन एकता र फुटबाट अगाडि बढ्दै आएको छ । जुन बेला एकता हुने गरेको छ, त्यसले क्रान्तिकारीहरु तथा आम नागरिकहरुलाई उत्साहित बनाएको छ र जुन बेला फुट विभाजन भएको छ, त्यतिबेला त्यसले जनतालाई निराश बनाएको छ । पूर्व मालेले एकताको प्रक्रियालाई अगाडि बढायो, त्यतिबेला धेरै पार्टीहरु एकता प्रक्रियामा आएका थिए र त्यसले विशाल पार्टी बनाउनमा सहयोग पनि पुग्यो । तर नेतृत्वले पुँजीवादी बाटो समाते पछि कम्युनिस्ट आन्दोलनले धोका खायो । नेकपा (माओवादी)ले सशस्त्र संघर्षको बाटो समातेपछि, यद्यपि त्यो उग्र“वामपन्थी” कार्य थियो, त्यतिबेला पनि क्रान्तिकारीहरुको ठूलो पंक्ति त्यसमा एकाकार हुँदै गयो । तर नेतृत्वले दक्षिणपन्थी आत्मसमर्पणवादी नीति अपनाए पछि…