सन्तबहादुर नेपाली

अछामको विकट गाउँँ श्री कामेश्वर माध्यमिक विद्यालयको अवस्था

अछामको विकट गाउँँ श्री कामेश्वर माध्यमिक विद्यालयको अवस्था

– प्रकाश वि.क. अछाम को तुर्माखाँद गाउँपालिका वडा नं ६ रानीवन स्थित श्री कामेश्वर माध्यमिक विद्यालय छ । जहाँ म कक्षा १० सम्म अध्ययन गरेको थिएँ। जुन स्कुलमा थुप्रै ठाउँबाट अध्ययन गर्न विद्यार्थीहरु गाउँको उकालो र ओरालो गर्दै भिरको बाटो हिड्नु पर्छ। यति मात्र होइन सधैं जङ्गलको बाटो हिड्दा जङ्गली जनावर समेतको डर हुन्छ। कामेश्वरी मा. वि. विद्यालयमा रामखोला, गैलडा, बाँडेपानी, तलौनी, कवलतोली, कालासेन लगायत वडा नं ८ पल्चोड समेतका विद्यार्थी भाइ, बहिनीहरु समेत पढ्न आउँछन। गाउँको स्थिति र गरिबीको कारण पनि हुन सक्छ सायद विद्यार्थी खासै न पढ्ने र सानो उमेरमा नै भारत जाने गर्न थाले। त्यसैले पनि कक्षा…
Read More
सिर्जना र संवादको ११औं शृङ्खला सम्पन्न

सिर्जना र संवादको ११औं शृङ्खला सम्पन्न

काठमाडौं : इच्छुक प्रतिष्ठानको आयोजनामा हुँदै आएको मासिक कार्यक्रम ‘सिर्जना र संवाद’को ११औं शृङ्खला हिजो शनिबार प्रतिष्ठानकै हल घट्टेकुलोमा सम्पन्न भएको छ । कुनै पनि कृति, कविता वा समसामयिक विषयमाथि विमर्श गर्ने गरिएको यस कार्यक्रमको हिजको शृङ्खलामा विशेष गरेर कविता वाचन र गीत प्रस्तुत गरिएको थियो । प्रतिष्ठानकी सदस्य गौरी देवकोटाको संयोजनमा हरेक महिनाको तेस्रो शनिबार २ बजे हुँदै आएको यस कार्यक्रममा शनिबार आयोजित ११औं शृङ्खलामा २४ जना स्रष्टाद्वारा सिर्जना प्रस्तुत गरिएको थियो । सिर्जना प्रस्तुत गर्नेहरूमा प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी, प्रा.डा. जगदीश चन्द्र भण्डारी, मित्रलाल पंज्ञानी, मोदनाथ मरहट्टा, छायाँदत्त न्यौपाने, बलराम तिमल्सिना, गौरी देवकोटा, अग्नि पौडेल, आस्था घिमिरे, मनु…
Read More
आइकोरले भने, ‘नेटो विघटन गरौँ, आइकोरलाई बलियो बनाऔँ !’

आइकोरले भने, ‘नेटो विघटन गरौँ, आइकोरलाई बलियो बनाऔँ !’

काठमाडौँ : क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) ले साम्राज्यवादी सैन्य गठबन्धन नर्थ एटल्यान्टिक ट्रिटी अर्गनाइजेसन (नेटो) लाई विघटन गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ । त्यससँगै आइकोरलाई बलियो बनाएर मात्र विश्व शान्ति कायम गर्न सकिने धारणा राखिएको छ । आइकोरको ब्यानरमा विश्वभरिका २७ ओटा पार्टी तथा सङ्गठनले जुन २७, २०२५ का दिन जारी प्रस्तावमार्फत् सो आह्वान गरिएको हो । आइकोरमा नेकपा (मसाल) पनि सदस्यको रूपमा रहेको छ । सो प्रस्तावमा मसालले पनि हस्ताक्षर गरेको छ । युक्रेन–रुस युद्ध, प्यालेस्टाइन र इरानमाथि इजरायली युद्धसहित अमेरिकाले विश्वभरि युद्ध चलाइरहेको बताउँदै प्रस्तावमा त्यसको नेतृत्व नेटोको रहेको विचार व्यक्त गरिएको छ । प्रस्तावमा नेटो…
Read More
पतञ्जली प्रकरण र नैतिकताको प्रश्न

पतञ्जली प्रकरण र नैतिकताको प्रश्न

लेखक – सन्तबहादुर नेपाली भ्रष्टाचारका लागि अन्य दलका नेताहरु भन्दा कम्युनिस्ट पृष्ठभूमिबाट आएका नेताहरु चर्चामा आइरहेका छन् । प्रचण्ड, केपी ओली, कृष्णबहादुर महरा, टोपबहादुर रायमाझी, गोकुल बास्कोटा, ईश्वर पोख्रेल, विष्णु पौडेल, चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ लगायतका दर्जनौं नेताहरुमाथि भ्रष्टाचारको अभियोग लागेको थियो । ती मध्ये कतिपयले सजाय भोगिरहेका छन् भने कतिपय विचाराधीन छन् । अहिले आएर सर्वाधिक चर्चामा नेकपा (एस) का महासचिव माधव नेपालको पनि नाम थपिएको छ । अभियोग लाग्नु र खासैमा भ्रष्टाचार गर्नु फरक फरक कुरा हुन् । को कति दोषी छन् र कति निर्दोष छन्, त्यो अदालतले फैसला गर्ने कुरा हो । त्यसबारे बाहिर सार्वजनिक छलफलको कुनै…
Read More
यसकारण भ्रष्टाचारविरुद्ध अभियान

यसकारण भ्रष्टाचारविरुद्ध अभियान

शशिधर भण्डारीक्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले भर्खरै जनसम्बन्ध विस्तारको अभियान समापन गरेको छ । देशका ६० भन्दा धेरै जिल्लामा सञ्चालित ४५ दिने लामो जनसम्बन्ध विस्तार अभियानले देशको वस्तुस्थिति बुझ्न र जनताको प्रतिक्रिया बुझ्न निकै सहयोग पु¥याएको छ । मेचीदेखि महाकालीसम्मका पहाडका सुन्दर वस्तीहरु रित्तिदै छन् । नेपाली समाजमा बेरोजगारी समस्या एउटा जटिल समस्याका रुपमा रहेको छ । त्यसैले नेपाली युवाहरुको मात्र होइन युवतीहरुको समेत रोजगारीको गन्तव्य भारत तथा खाडी मुलुक हुने गरेका छन् । नेपाली समाजको तल्लो तहका जनताको अवस्था अत्यन्त दयनीय छ । भारत र विश्वको श्रमबजारमा सबभन्दा निम्न स्तरको काम कम तलवमा गर्ने जाति नेपाली जाति भएको छ ।…
Read More
सत्ता ! उत्पीडितमाथि दमनको अस्त्र

सत्ता ! उत्पीडितमाथि दमनको अस्त्र

-टेकबहादुर विश्वकर्मानेपालको सामाजिक इतिहास कुनै स्वाभाविक असमानताको इतिहास होइन । यो इतिहास हो, एकाधिकारलाई संस्थागत बनाउदै, बहिष्कृत समुदायहरूको आवाज दबाउने माध्यम बनेको सत्ताको ⁄ जात, लिङ्ग, वर्ग र क्षेत्र विभाजन गरि शोषक वर्गको हितमा बनाइएको आधारसंरचना तथा उपरिसंरचनागत अभिमुखित राज्य निर्माणको परिणाम हो । नेपालको ऐतिहासिक राज्य संयन्त्रले केही निश्चित वर्ग र समुदायहरूलाई सामाजिक, आर्थिक र राजनीतिक पहुँचमा अग्रता दिएको छ, जबकि दलित, आदिवासी जनजाति, महिला, मधेशी र पिछडिएका वर्गहरूलाई राज्य प्रणालीबाट योजनाबद्ध रूपमा पाखा लगाइएको छ । कानुनी रूपमै जातीय पदानुक्रम निर्धारण गरी नागरिकमा विभेदलाई वैधानिकता दिइएको ऐतिहासिक तथ्यले स्पष्ट पार्छ, तसर्थ, यो राज्य व्यवस्था विभेदको उत्पादक मात्र होइन,…
Read More
क्रान्तिकारी युवा संघ नेपाल दाङको संयाेजकमा विरेन्द्र खड्का चयन

क्रान्तिकारी युवा संघ नेपाल दाङको संयाेजकमा विरेन्द्र खड्का चयन

दाङ : क्रान्तिकारी युवा संघ दाङ जिल्लाको भेला २०८२ असार १५ गते सम्पन्न भएको छ । भेलाको अध्यक्षता संगठन समितिका अध्यक्ष विरेन्द्र खड्काले गर्नु भएको थियो । जसमा प्रमुख अतिथि अतिथि व्यूरो इन्चार्ज अटलहुनुहुन्थ्यो । दाङ जिल्ला इन्चार्ज हुकुम र सेक्रेटरी दीपको विशेष उपस्थिति रहेको थियो । भेलाले विरेन्द्र खड्का संयोजक रहेको जिल्ला समिति गठन गरेको छ । जसमा सदस्यहरु रमेश खड्का , प्रवेग बुढा , हेमराज डाँगी , रामप्रसाद चौधरी , शिवराज गौतम , संगम खत्री , कुशल वली , गेहेन्द्र भण्डारी ,विवेक घर्ती क्षत्री, सुरज चौधरी र मंगल चौधरी रहनु भएके छ ।
Read More
इरान–इजरायल युद्ध र अमेरिका

इरान–इजरायल युद्ध र अमेरिका

लेखक : इन्द्रमोहन सिग्देल ‘वसन्त’ गत जेठ ३० गते इजरायलले इरानमाथि भीषण सैन्य आक्रमण गरेको छ । उक्त आक्रमणमा परी इरानका तीन जना सैनिक कमाण्डरहरु, एक जना रिभोलुसनरी गार्डका प्रमुख, दुई जना न्युक्लियर साइन्टिस्टहरु र केही राजनीतिज्ञहरु सहित १७ जना विशिष्ट व्यक्तिहरु मारिएका छन् । इरान यसको प्रतिकारमा उत्रिएपछि अहिले मध्यपूर्व भयानक युद्धको चपेटामा फसेको छ । दुवै तर्फ ठुलो मात्रामा हताहती र भौतिक क्षति भएका छन् । यसबाट मध्यपूर्वका देशहरु मात्र होइन पूरा विश्व नै तरङ्गित भएको छ । यसमाथि अमेरिकाले इरानका तीनओटा आणविक केन्द्रहरुमा बंकर ब्रस्टर बम बर्षाएर क्षतविक्षत बनाएको छ । कतिपय राजनीतिक विश्लेषकहरुले यसलाई तेस्रो विश्वयुद्धको…
Read More
अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन कावा महासचिव गौरवकाे आह्वान

अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन कावा महासचिव गौरवकाे आह्वान

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले इरानको राष्ट्रिय स्वाधीनतामाथि अमेरिकी साम्राज्यवाद र त्यसको पिछलग्गु इजरायलद्वारा गरिएको ठाडो हस्तक्षेप र सैन्य आक्रमणको कडा शब्दमा विरोध गरेको छ । पार्टीका कार्यवाहक महासचिव गौरवले प्रेस वक्तव्यमार्फत् उक्त विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै यस्तो विरोध विरोध गर्नुभएको हो । वक्तव्यमा त्यस प्रकारको हस्तक्षेपका विरुद्ध प्रतिरोध गरिरहेका इरानी जनताप्रति ऐक्यबद्धता जाहेर गर्दै विश्वभरिका न्यायप्रेमी जनसमुदायलाई अमेरिकी साम्राज्यवादको विरोध र इरानी जनताको पक्षमा उभिन सशक्त आह्वान गरिएको छ । पाँच बुँदामा जारी वक्तव्यमा भनिएको छ, “१. इजरायलद्वारा इरानले आणविक कार्यक्रम संचालन गरेको आरोपमा सैन्य हस्तक्षेप गरेर इरानका उच्चपदस्थ सैनिक नेतृत्व एवम् आणविक वैज्ञानिकहरूको हत्या, आणविक केन्द्रहरुमाथि आक्रमण…
Read More
विश्वभर साम्राज्यवाद, पुँजीवाद र नवफासिवादको आतंक

विश्वभर साम्राज्यवाद, पुँजीवाद र नवफासिवादको आतंक

नारायण प्रशाद भण्डारी नेपाल नाम मेरो प्रशिद्ध थियो संसारले चिन्दथ्यो ।कोही थिएन मेरो विरुद्धमा आमा भनी मान्दथ्यो ।विश्वकै सुुन्दरी थिए आज अपमानित हुँदै गएँ ।मेरा सन्तानहरु भ्रष्ट हुदैजादाँ म बदनाम भएँ । विश्वमै मानब तस्कर र भ्रष्टाचारमा म प्रथम स्थानमा दर्ज भएँ ।सन्तान मेरा कुपुत्र भएपछि दुश्मनले म मा कुदृश्य त लाउने नै भए ।विश्वभर साम्राज्यवाद, पुँजीवाद,र नवफासिवादको आतंक बढदै गयो ।अग्रज सन्तान मेरा उनकै प्रिय बन्दा मेरोअस्मितानै धरापमा पर्दै गयो । बर्तमान विश्व परिवेशलाई अध्ययन गर्दै जाँदा विश्वभर नयाँ नयाँ तरिकाबाट साम्राज्यवाद,पुँजीवाद, नवफासिवाद र नवउदावादको आतंक उत्कर्षमा पुगेको छ । साम्राज्यवादले संसारभरका गरिब देशहरु माथि धनाढय शक्तिशाली देशहरुलाई उक्साएर…
Read More