
जानकादेवी वैद्यको निधन भएको ५औं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न
इश्वरी प्रसाद गैरे, वैशाख २८ ,दाङ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’की ममतामयी आमा जानकादेवी वैद्यको निधन भएको पाँचौं दिनमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सभाका प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेल ‘प्रतिक’ हुनुहुन्थ्यो । । पार्टीका पोलिटव्यूरो सदस्य तथा चार नम्बर व्यूरो इन्चार्ज श्यामबहादुर बोहरा अटलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टीका ४ नम्बर व्यूरो सचिव समिर केसीले गर्नु भएको थियो । कार्यक्रममा जानकादेवी वैद्यका जेष्ठ सुपुत्र तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरणले आमालाई सम्झँदै वहाँ पुरानो जमनाको महिला भएपनि सामाजिक परिवर्तनको आन्दोलनमा कहिल्यै निरुत्साहित नगरी पार्टी,…