इन्द्रमोहन सिग्देल ‘वसन्त’

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच अर्घाखाँचीकाे एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच अर्घाखाँचीकाे एकता अधिवेशन

अर्घाखाँची : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच अर्घाखाँची जिल्लामा एकता अधिवसन २०८१ जेठ २० गते सम्पन्न भएको छ । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेशका सहसयोजक कृष्ण केसीले सम्बोधन गदै नेपालको कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्नका लागि देशी विदेशी शक्तिहरुको कसरत भइरहेको बताए । देशको राष्ट्रिय स्वाधिनताको विषयमा पटक पटक सरकारमा गएका कम्युनिष्ट नामधारी दलहरुले सत्तासंग सौदावाजी गरिरहेकोले राष्ट्रिय स्वाधिनताको लागि विचार मिल्ने कम्युनिष्ट पार्टीहरुसंगको एकता हुनुपर्ने कुरामा जोड दिए । नेता केसीले राष्ट्रियता, जनतन्त्र र जनजिविकाको विषयमा आवाज बुलन्द गर्न आवश्यक रहेको बताए । कार्यक्रममा केन्द्रिय सचिवालय सदस्य अर्जुन,केन्द्रीय सदस्य कौडिल्य,ओबिराम,केन्द्रिय तथा जिल्ला…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) कपिलवस्तुमा एकता अधिवेशन

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) कपिलवस्तुमा एकता अधिवेशन

कपिलवस्तु : क्रान्तिकारी कम्युनिस्ट पार्टीनेपाल र नेकपा(मशाल) बीच कपिलवस्तुमा पार्टी एकता भएको छ । मंगलबार बाणगगा नगरपालिकाको सिउटीमा भएको एकता अधिबेशनले पार्टी केन्द्रीय सदस्य सेरमान थारुको संयोजकत्वमा ३९ सदस्य जिल्ला संगठन समिति निर्वाचित गरेको हो । त्यस्तै जिल्ला सह- संयोजकहरुमा वीर बहादुर बिक क.संर्घष,टुकलाल पुन क. यात्री र कमल उप्रेती निर्वाचित हुनुभएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ५ सदस्य कार्यालय र १४ सदस्य सचिवालय समेत गठन गरेको छ । दुईवटा पार्टीका जिल्ला संगठन समितिलाई समायोजन गरेर नयाँ संगठन समिति निर्माण गरिएको हो । एकता अधिबेशन प्रशिक्षण तथा बैठक उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा…
Read More
मानवताको कलंक जातपात र छुवाछुत विभेद हुन्

मानवताको कलंक जातपात र छुवाछुत विभेद हुन्

हाम्रो देशका दलित भनिएका र बनाईएकाहरु प्राविधिक हुन् । उनीहरु प्रविधिलाई प्रस्फुटन गरी त्यसमा कला भरेर, पसिना छरेर, पसिना पोखेर सामानहरु उत्पादन गर्ने र समाजलाई अगाडि बढाउने कामको नेतृत्व र काम गर्दै आएका समाजको उच्च ज्ञानका धनी मानिसहरु हुन् । जुनसुकै अवस्थामा आफूले जानेको प्रविधिको प्रयोग गरेर सीपको समाजमा योगदान दिएका मान्छेहरुलाई यो समाजले सक्दो शोषणमा पारेर राख्यो । समाजले तल्लो जाति भनेर अछुत बनायो । उनीहरुलाई समाजबाट बहिस्कार गर्ने, उनीहरुलाई अस्वीकार गर्ने गर्दै आयो। उनीहरुलाई मात्र होईन उनका छोराछोरी शाखा सन्तान समेतलाई अछुत बनाएर राख्यो । समाजमा सिर्जनाको काम गर्नेहरुलाई समाजले अछुत बनायो । समाज तथा राज्यले उनीहरुलाई सँधै…
Read More
सिर्जना र सम्वाद कार्यक्रम सम्पन्न

सिर्जना र सम्वाद कार्यक्रम सम्पन्न

काठमाडौं : इच्छुक प्रतिष्ठानको आयोजनामा सञ्चालित सिर्जना र सम्वाद कार्यक्रमको चौथो श्रृङ्खला शनिवार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा सम्पन्न भएको छ । प्रत्येक महिनाको तेस्रो शनिवार २ बजे गरिने उक्त कार्यक्रममा यस पटक प्रगतिवादी कवि इच्छुकको तीन वटा कविता माथि गहन समीक्षा गरिएको थियो । कविता माथि समीक्षा गर्नेहरूमा अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष हिरामणी दु:खी, कवि बलराम तिमल्सिना र कवि गौरी देवकोटा हुनुहुन्थ्यो भने कविता वाचनमा कविहरू इन्दिरा अधिकारी, विष्णु न्यौपाने र सुनिता बुढाथोकी हुनुहुन्थ्यो ।  कविताहरू अजम्बरी सपना, तिलाठी र कोशी टप्पु माथि क्रमश: बलराम तिमल्सिना, गौरी देवकोटा र हिरामणी दु:खीले समीक्षा गर्नु भएको थियो भने इच्छुक प्रतिष्ठानका अध्यक्ष मित्रलाल…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल)बीच नवलपरासीमा पार्टी एकता

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा(मशाल)बीच नवलपरासीमा पार्टी एकता

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा(मशाल) बीच नवलपरासीमा पार्टी एकता भएको छ । शुक्रवार बर्दघाटमा भएको एकता अधिबेशनले पार्टी केन्द्रीय सदस्य रवि पाण्डेयको संयोजकत्वमा ३९ सदस्सीय जिल्ला संगठन समिति निर्वाचित गरेको हो । त्यस्तै जिल्ला सहसंयोजकमा गणेश बहादुर ढकाल र भिम छन्त्याल निर्वाचित हुनुभएको सो पार्टीले जनाएको छ । एकता अधिबेशनले ४ सदस्सीय जिल्ला कार्यालय र १३ सदस्सीय सचिवालय समेत गठन गरेको छ । कार्यालयमा संयोजक , दुई सहसंयोजक र कार्यालय सदस्यमा दुर्गा नारायण चौधरी रहनुभएको छ । दुईवटा पार्टीका जिल्ला संगठन समितिलाई समायोजन गरेर नयाँ संगठन समिति निर्माण गरिएको हो । एकता अधिबेशन प्रशिक्षण तथा बैठक उद्घाटन…
Read More
वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

वर्णविभेद र वर्गविभेदविरुद्धको सङ्घर्ष एकसाथ

हामीले वर्ण–विभेद र वर्ण–व्यवस्थासम्बन्धी ऐतिहासिक अध्ययन गर्नुपर्ने हो । त्यो गर्न पाइएको त छैन । हामीले उही पुरानै कुरा भनिरहेका छौँ । हामीले यो वर्ण–विभेदलाई वर्ग–विभेदसँग गाँस्नुपर्ने हो । त्यसलाई अझै ढङ्ग पुर्याएर गाँस्न सकिरहेका छैनौँ । हामीलाई समयको अभाव छ तर समय हुँदा पनि हामी त्यत्तिकै बसिराख्ने, जब समय आउँछ अनि काम गर्ने, त्यो बेला हतारपतार गर्ने बानी छ । हामीले यहीँबाट अभ्यास सुरु गर्नुपर्दछ । हाम्रो आदतको सत्ता कस्तो छ भने धेरै लामो समयसम्म हामी चुपचाप लागिरहेका हुन्छौँ । सम्मेलन आउने बेला हाम्रो कार्यपत्र तयार पार्दछौँ जसले गर्दा हामी धेरै पछि परेका हुन्छौँ । त्यसैले कुनै पनि बैठक…
Read More
जुम्लामा सरकारी सवारीसाधन क्रान्तिकारी युवा संगठन नेपालले लियाे नियन्त्रण

जुम्लामा सरकारी सवारीसाधन क्रान्तिकारी युवा संगठन नेपालले लियाे नियन्त्रण

जुम्ला : मोहन बैध्य निकट क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठनले सरकारी सवारीसाधन नियन्त्रणमा लिएको छ। क्रान्तिकारी युवा संगठन नेपाल ६ नं प्रदेश समितिले सरकारी सवारी साधनहरुको दुरुपयोग लाई रोक्ने कार्यक्रम अन्तर्गत शनिबार जुम्लाको ताताेपानी गाउँपालिका क्षेत्रमा प्रयोगमा ल्याएका गाडिहरु नियन्त्रमा लिएको समाचार प्राप्त भएकाे छ। नियन्त्रणमा लिएकोमा अधिकांश जिम्मेवार सरकारी कर्मचारीनै देखिन्छन् जसमा उच्च अदाल्लत जुम्लाका रजिस्टार ले प्रयोग गर्ने बागमती प्रदेश ०१०० २ झ ५१७९ नम्बरको गाडी ताताेपानी गा. पा. २ नं वाड अध्यक्ष कर्ण बा कठायत सवार क. १ ब ५२ प २२० , चन्दननाथ नगरपालिका कर्माचारी मनोज नाथ योगी सवार क. १ ब ११२…
Read More
जनयुद्धका महान् सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईंको शालिक अनावरण भव्य

जनयुद्धका महान् सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईंको शालिक अनावरण भव्य

काभ्रे : काभ्रे जिल्लाको कात्तिके देउराली स्थित सरस्वती माविमा जनयुद्धका महान सहिदद्वय सरला अधिकारी र कुमार चौलागाईको शालिक अनावरण गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्य हरिभक्त कडेल प्रतीक लगायतका नेताहरुले एक विशेष समारोहका बिच शालिकमा खादा र अविर लगाएर शालिकको अनावरण गर्नुभयो । कार्यक्रममा सहिदद्वयको नाममा स्थापित पुस्तकालयको पनि सोही अवसरमा उद्घाटन गरिएको छ । कार्यक्रममा बोल्दै नेता हरिभक्त कडेलले भन्नुभयो, “जनयुद्धका सहिदहरुको सपना नेपालमा जनताको गणतन्त्र स्थापित गर्ने थियो, त्यो अझै प्राप्त भएको छैन, जनयुद्धकै बलमा स्थापित भएको अहिलेको कथित लोकतान्त्रिक गणतन्त्र जनताको हुन सकेन, केवल सभ्रान्त दलाल वर्गको बन्न पुग्यो । सहिदहरुका ती सपना अपुरा सपना…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेकाे एकता भेला बैठक तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बाँकेकाे एकता भेला बैठक तथा प्रशिक्षण सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) का बीचमा केन्द्रीय र क्षेत्रीय स्तरमा पार्टी एकता अधिवेशन सम्पन्न भइसकेको अवस्थामा बाँके जिल्लामा पनि २०८१ जेठ १३ गते एकता अधिवेशन सम्पन्न भएको छ ।बाँके जिल्ला संगठन समितिका संयोजक कृष्णबहादुर शाह (परिवर्तन) ले २०८१ जेष्ठट १४ गते बाँके जिल्लामा एकता अधिवेशन सम्पन्न भएको एक प्रेस विज्ञप्तिमार्फत् जानकारी गराएका छन् ।प्रेस विज्ञप्तिमा एकता अधिवेशनको पूर्ण जानकारी दिनुका साथै ६५ सदस्यीय जिल्ला संगठन समिति गठन भएको जानकारी गराइएको छ ।प्रस्तुत छ विज्ञप्तिको पूर्णपाठः “नेपालको कम्युनिष्ट आन्दोलन दक्षिणपन्थि संशोधनवादको वाहुल्यता रहेको विधमान अवस्थामा क्रान्तिकारीहरुको एकता तथा धुव्रिकरण आजको ऐतिहासिक आवश्यकता हो ।…
Read More
संगठन र संगठन सञ्चालनको पद्धतिबारे

संगठन र संगठन सञ्चालनको पद्धतिबारे

संगठन निर्माणको उद्देश्य: संगठन (Organization) भन्ने शब्दको व्युत्पत्ति ग्रिक भाषाको ओर्गानोन (Organon) भन्ने पदावली बाट भएको हो। यो पदावलीको शाब्दिक अर्थ उपकरण (Tool), साधन (Instrument) अथवा अंग/अवयव (Organ) भन्ने हुन्छ। संगठन भनेको निश्चित उदेश्य अंगालेको र एक वा धेरै मानिसहरु सम्मिलित भएको कुनै संघ अथवा संस्था हो। संगठन लाई एउटा कानुनी व्यक्ति (Entity) पनि मानिन्छ/भनिन्छ। अर्काशब्दमा भन्नुपर्दा, संगठन भनेको मानिसहरुको एउटा त्यसतो समुह हो जसले संगसंगै मिलेर कार्य गर्दछन। किनभने एकल व्यक्तिले एक्लै कार्यगर्दा भन्दा धेरै मानिहरुले एकसाथ मिलेर कार्यगर्दा धेरै उपलब्धि हासिल गर्न सकिने हुन्छ। त्यसो भएकाले संगठनको निर्माण हुन्छ/गरिन्छ। कुनैपनि संगठन अस्तित्त्वमा रहनकालागि निम्नलिखित कुराहरु आवश्यक हुन्छन: १.…
Read More