अमेरिकाको सहायता कटौती र एमसीसीमा देखिएको संकट
लेखक : डा. केशव देवकोटा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले गतसाता जनवरी २० मा सपथग्रहरणकासाथ पदभार ग्रहण गरेपछि अन्तराष्ट्रिय राजनीतिमा बिभिन्न तरंगहरु देखिएका छन् । उहाँले सपथग्रहण लगत्तै बिभिन्न कार्यकारी आदेशहरु जारी गर्नुभएको थियो । त्यसैअनुसार अमेरिकी विदेश मन्त्रालयले देशबाहिर रहेका आफ्ना अधिकारी तथा अमेरिकी दूतावासहरुलाई पठाएको एउटा आन्तरिक पत्राचारमा ‘हाल कायम सबै वैदेशिक सहायतालाई तत्कालका लागि रोकलगाएको र नयाँ सहायता दिने कार्यलाई पनि स्थगित गरेको’ उल्लेख छ । ट्रम्पले त्यस्ता सहायताहरुको प्रभावकारिता र निरन्तरताबारे समीक्षा गरेर आफ्नो विदेश नीतिलाई अघिबढाउने उद्देश्यकासाथ उक्त कार्यकारी आदेश जारीगरेको बिबिसी लगायतका अन्तराष्ट्रिय समाचार संस्थाहरुले टिप्पणी गरिरहेका छन् । हालै सार्बजनिक गरिएको एक तथ्यांकअनुसार…