Blog

काठमाडौंमै बीभत्स हत्याको घटना तीन महिनासम्म गुपचुप

काठमाडौंमै बीभत्स हत्याको घटना तीन महिनासम्म गुपचुप

शव फेला परेको घर । इन्सेटमा हत्या गरिएकी सफिना मिया (दाँया) र हत्या आरोपमा पक्राउ परेका भारतीय नागरिक इकरामुल हक अन्सारी । काठमाडौं : राजधानी काठमाडौंको स्वयम्भुस्थित सरिता गिरीको दुईतले घरको भुइँ तलामा रहेको कोठा गत कात्तिकयता बन्द थियो । घरधनी भाडा उठाउन जाँदा कोही भेटिंदैनथे । पहिले सधैंजसो खुला रहने कोठा लामो समयसम्म बन्द रहँदा घरधनीलाई अनौठो लागिरहेको थियो । गएको ३ माघमा भने कोठाबाट अनौठो गन्ध आयो । शंका लागेपछि घरधनी गिरीले केही स्थानीय बासिन्दालाई बोलाइन् । वडा कार्यालयका प्रतिनिधिलाई समेत बोलाएर कोठा खोलेर हेर्दा खाटमुनि सडिसकेको अवस्थामा मानव शव फेला पर्‍यो । प्रहरीलाई सनाखत गर्न समेत हम्मेहम्मे…
Read More
यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग पराजित

यू–१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग पराजित

काठमाडौं : युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । यो हारले नेपालको सुपर सिक्स सम्भावनामा धक्का लागेको छ । ३०३ रनको लक्ष्य पछ्याएको नेपालले पुरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २३८ रन बनाउन सक्यो । नेपालका ओपनर अर्जुन कुमालले १०४ बलमा १२ चौकासहित ९० रनको शानदार इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । अन्य ब्याटरको साथ नपाउँदा अर्जुनको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल पराजित हुन पुग्यो । तीव्र गतिका बलर एवाल्ड श्रेडरको ३८ औं ओभरको…
Read More
चाडपर्वबारे वैज्ञानिक दृष्टिकोण

चाडपर्वबारे वैज्ञानिक दृष्टिकोण

अनेकताका बीचमा एकता नेपाली संस्कृतिको एउटा विशेषता हो संस्कृतिका सम्बन्धमा खोजीनिती गर्ने विद्वान्हरूले यसो भन्दै आएका छन् । एकभन्दा बढी जाति, समुदाय र भाषाभाषी भएका सबै मुलुकमा यस्तो विशेषता नपाइने होइन । तर नेपालको हकमा भने यो विशेषतालाई अद्वितीय नै भन्न सकिन्छ । किनभने नेपालमा एक सयभन्दा बढी भाषाहरू बोलिन्छन् र साठीभन्दा अलि धेरै जातिहरूको बसोबासो छ । नेपालमा आठभन्दा बढी धर्मावलम्बीहरू रहँदै आएका छन् र ती सबैको आफ्नै विशिष्ट संस्कृति छ । तिनमा आफ्नै खालका चाडबाडहरू पनि चलनमा छन् । यसरी हेर्दा नेपाल संस्कृति र चाडबाडका दृष्टिले असाध्यै समृद्ध छ र त्यसमा विविधता पनि पर्याप्त छ ।तर नेपालका सन्दर्भमा…
Read More
माक्र्सद्वारा द्वन्द्वात्मक भौतिकवादको विकास

माक्र्सद्वारा द्वन्द्वात्मक भौतिकवादको विकास

कार्ल माक्र्स (१८१८– १८८३ ) वैज्ञानिक साम्यवादका सिध्दान्तकार हुनुहुन्छ । र ,भौतिकवादी दार्शनिक हुनुहुन्छ । द्वन्द्वात्मक भौतिकवादको सिध्दान्त कार्ल माक्र्सको सम्पूर्ण चिन्तनको केन्द्रविन्दु हो । माक्र्सले हेगेलको द्वन्द्ववाद र फायरवाखको भौतिकवादलाई आफ्नो सिध्दान्तको आधार बनाउनु भएको छ । माक्र्सका दार्शनिक विचारहरु द्वन्द्वात्मक भौतिकवादमा आधारित छन् । माक्र्सले आफ्ना सबैभन्दा दार्शनिक विचारहरुलाई द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणमा आधारित बनाउनु भएको छ र यही दृष्टिकोणबाट उहाँले संसार , यसको विकास तथा विकासको गतिलाई निर्धारण गर्ने तत्व र नियमहरु पनि पत्ता लगाउनु भएको छ । उहाँको यो दृष्टिकोणका केही विशेषताहरु पनि छन् । सबैभन्दा महत्त्वपूर्ण विशेषता के हो भने संसार भौतिक मात्र होइन , द्वन्द्वात्मक…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टीले महाधिवेशन संघर्षपूर्ण बनाउने : घोषणा ग¥यो माघ १६ देखि चैत्र २४ सम्म संघर्षका कार्यक्रम

क्रान्तिकारी कम्युनिस्ट पार्टीले महाधिवेशन संघर्षपूर्ण बनाउने : घोषणा ग¥यो माघ १६ देखि चैत्र २४ सम्म संघर्षका कार्यक्रम

काठमाडौं : राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि निरन्तर रुपमा सडक संघर्ष गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले माघ १६ देखि चैत्र २४ सम्म संघर्षका कार्यक्रम घोषणा गरेको छ । माघ ३ गते बसेको पार्टीको संघर्ष परिचालन समितिको बैठकले माघ १६ देखि चैत्र २४ सम्मका लागि संघर्षको कार्यक्रम निर्धारण गरेको पार्टीका केन्द्रीय कार्यालय सचिव कमरेड बसन्तले जानकारी दिनुभएको छ । उहाँले दिएको जानकारी अनुसार माघ १६ देखि फागुन २१ सम्म केन्द्रीय संघर्षका कार्यक्रम अन्तरगत राजनीतिक प्रचारात्मक एवम् संघर्षका कार्यक्रमहरु निर्णय गरिएको छ । बैठकले संघीय राजधानी काठमाण्डौ उपत्यकामा– राष्ट्रिय गौरव भनिएका ठुला आयोजनाहरुमा भएका भ्रष्टाचारका विरुद्ध प्रदर्शन र विरोध गर्ने, नेपाल वायुशेवा…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी,रुपन्देही सम्बद्ध जवस मोर्चाहरुको भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी,रुपन्देही सम्बद्ध जवस मोर्चाहरुको भेला सम्पन्न

बुटवल : क्रान्तिकारी कम्युनिस्ट पार्टी,रुपन्देही सम्बद्ध जवस मोर्चाहरुको भेला सम्पन्न भएको छ । शनिबार बुटवलको पार्टी कार्यलयमा क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठन, क्रान्तिकारी महिला संगठन र अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघहरुको संयुक्त भेला सम्पन्न गरेको हो । भेलामा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपालका केन्द्रीय कार्यलय सदस्य तथा ५ नम्बर प्रदेश संगठन समिति ईन्चार्ज प्रेम सुवेदी,विशेष अतिथि ५ नम्बर प्रदेश संगठन समिति संयोजक अटल,केन्द्रीय सचिवालय सदस्य तथा रुपन्देही जिल्ला ईन्चार्ज तिलक, केन्द्रीय सदस्य हुकुम,केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज ज्वाला,केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला संयोजक लक्ष्मिकान्त न्यौपाने,पाल्पा जिल्ला संयोजक दिग्दर्शन, पार्टी केन्द्रीय सल्लाहकार सदस्य सँन्जिव कुमार,अखिल क्रान्तिकारीका केन्द्रीय कार्यलय…
Read More
वैज्ञाकि समाजवादको विकासमा लेनिनको योगदान

वैज्ञाकि समाजवादको विकासमा लेनिनको योगदान

पुँजीवादको साम्राज्यवादमा विकास र यसमा समाजवादी क्रान्तिको विकासको कार्यदिशा नै लेनिनको बैज्ञानिक समाजवादको विकासका लागि महान योगदान हो । अक्टोवर क्रान्तिको समय वोरीपरी समाजवादको निर्माणसित सम्वन्धीत त्यहा दुई प्रकारका तथाकथीत माक्र्सवादी विचारहरू थिए ।एउटा विचार मेन्सेविकहरूद्धारा र उनीहरूजस्ता अन्य प्रतिनिधित्व गरिएको थियो । यी मानिसहरू समाजवादी क्रान्तिलाई अगाडि बढाउनु पर्दछ भन्ने विचारका विरोधी थिए र पुँजीपतिहरूकै हातमा शक्ति रहेको देख्न चाहन्थे । उनीहरूको तर्क (अर्गुमेण्ट) थियो कि किनभने पुँजीवादले पूर्णरूपले विकास गरिसकेको थिएन् र उत्पादनका साधनहरू खासगरी कृषिमा केन्द्रीत थिए, त्यसैले सर्वहाराका लागि सत्ता कब्जा गर्ने कुरा असान्दर्भिक थियो । तिनीहरूले प्रस्ताव राखेकि सर्वहाराले केही समय पर्खनु पर्दछ जबसम्म पुँजीवादले…
Read More
क्रान्तिकारी महिला संगठन प्रदेश ३ को एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी महिला संगठन प्रदेश ३ को एकता अधिवेशन सम्पन्न

ललितपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी महिला संगठनको प्रदेश ३ को एकता अधिवेशन सम्पन्न भएको छ । पार्टी कार्यालय कुपण्डोलमा शनिबार सम्पन्न एकता अधिवेशनले धनमाया निरौला‘अनु’को संयोजकत्वमा २५ सदस्यीय कमिटि निर्वाचित गरेको छ । एकता अधिवेशनले मधु श्रेष्ठ, दुर्गा सुवेदी र विमला भण्डारीलाई सहसंयोजकमा निर्वाचित गरेको छ भने सदस्यहरुमा पूर्णकुमारी देवकोटा (सिन्धुली), सपना राजथला (काठमाडौं), शान्ता पण्डित (काठमाडौं), तेलिमाया थिङ (काभ्रे), विष्णु न्यौपाने (काठमाडौं), शान्ति बिक (चितवन), अरुणा राउत थापा (चितवन), मुना न्यौपाने (नुवाकोट), गोमा आचार्य (भक्तपुर), सरिता बस्नेत (दोलखा), पञ्चमाया लामा (ललितपुर), सत्या खड्का (भक्तपुर), अस्मिता मगर (ललितपुर), अप्सरा परियार (काठमाडौं), सुुकुमाया माझी (मकवानपुर), कान्छीमाया स्याङतान (मकवानपुर), सीता…
Read More
क्रान्तिकारी कम्युनिष्ट पार्टी,बागलुङले गर्याे स्वास्थ्य शाखा प्रमुखमाथि जनकारबाही

क्रान्तिकारी कम्युनिष्ट पार्टी,बागलुङले गर्याे स्वास्थ्य शाखा प्रमुखमाथि जनकारबाही

काठमाडौं : मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले बागलुङको बडिगाड गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख विपेन्द्रप्रताव केसी (विजय)लाई मोसो दलेको छ। आइतबार कार्यालय समयमा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, बागलुङ कमिटीले स्वास्थ्य शाखा प्रमुख केसीलाई मोसो दलेको हो। म्याद गुज्रेको औषधि खुवाएर बडिगाडका स्थानीयको जीवनमाथि नै खेलबाड गरेको भन्दै कारबाहीस्वरूप कालोमोसो दलेको जिल्ला इन्चार्ज अजनवीले बताए। जिल्ला इन्चार्ज अजनवी र संयोजक प्रविणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बडिगाड गाउँपालिका अध्यक्ष र स्वास्थ्य शाखा प्रमुखको मिलेमतोमा म्याद सकिएको औषधि खरिद गरी कमिशनको खेलमा विद्यार्थीको स्वास्थ्यमा खेलवाड गरेकोले कारबाही गरिएको हो।’ गाउँपालिका अध्यक्ष र कर्मचारीको सेटिङमा आर्थिक दुरुपयोग गरी जनताको स्वास्थ्यमाथि खेलबाड गरिएको भन्दै…
Read More
हरि शर्मासँग अन्तर्वार्ता : यी नेताहरू सान्दर्भिक छन् भने प्रमाणित गरेर देखाउन् 

हरि शर्मासँग अन्तर्वार्ता : यी नेताहरू सान्दर्भिक छन् भने प्रमाणित गरेर देखाउन् 

तपाईंले ‘अभूतपूर्व एकता’ शब्द प्रयोग गर्नुभयो। नेपालको राजनीतिमा अभूतपूर्व एकताको आफ्नै किसिमको विरोधाभास छ। विभिन्न किसिमको अभूतपूर्व एकताहरू बेलाबेलामा भएका छन्। महाकाली सन्धिको अभूतपूर्व एकताले पार्टी टुक्र्यायो। राजनीतिक प्रक्रियाको आफ्नै सामान्य गति र दिशा हुन्छ, त्यसलाई जबरजस्ती बदल्दा देखिने प्रभाव हो त्यो। निर्वाचनमा व्यक्त जनमतको आधारमा माथिल्लो सदन तय हुनुपर्ने हो किनकि त्यहाँ अप्रत्यक्ष निर्वाचन हुन्छ। उपल्लो सदनको निरन्तरतालाई संसद्कै निरन्तरता मानिन्छ भने तल्लो सदनको आवधिक निर्वाचन हुन्छ। एकपटक गठन भइसकेपछि राष्ट्रिय सभा कहिल्यै पनि सम्पूर्ण रूपमा खाली र विघटित हुँदैन। यो भनेको विधायिकी संस्था नमरोस् भन्न खोजिएको हो। किनभने बेलाबेलामा हाम्रोमा संस्थाहरू मार्ने जमर्को भइरहेको छ। बलशालीहरूले त्यसलाई अपहरण गर्न…
Read More