वैज्ञाकि समाजवादको विकासमा लेनिनको योगदान

पुँजीवादको साम्राज्यवादमा विकास र यसमा समाजवादी क्रान्तिको विकासको कार्यदिशा नै लेनिनको बैज्ञानिक समाजवादको विकासका लागि महान योगदान हो । अक्टोवर क्रान्तिको समय वोरीपरी समाजवादको निर्माणसित सम्वन्धीत त्यहा दुई प्रकारका तथाकथीत माक्र्सवादी विचारहरू थिए ।
एउटा विचार मेन्सेविकहरूद्धारा र उनीहरूजस्ता अन्य प्रतिनिधित्व गरिएको थियो । यी मानिसहरू समाजवादी क्रान्तिलाई अगाडि बढाउनु पर्दछ भन्ने विचारका विरोधी थिए र पुँजीपतिहरूकै हातमा शक्ति रहेको देख्न चाहन्थे । उनीहरूको तर्क (अर्गुमेण्ट) थियो कि किनभने पुँजीवादले पूर्णरूपले विकास गरिसकेको थिएन् र उत्पादनका साधनहरू खासगरी कृषिमा केन्द्रीत थिए, त्यसैले सर्वहाराका लागि सत्ता कब्जा गर्ने कुरा असान्दर्भिक थियो । तिनीहरूले प्रस्ताव राखेकि सर्वहाराले केही समय पर्खनु पर्दछ जबसम्म पुँजीवादले पुँजीपतिको शासन अन्तरगत केही हदसम्म विकास गरेर जावस । यसले उत्पादनका सबै साधनहरूको राष्ट्रियकरण गरेर समाजवादको निर्माणको लागि परिस्थिति बनाउने छ । मेन्सेविकहरू यसरी समग्रमा सर्वहाराले सत्ता खोस्ने र समाजवादी निर्माणको कार्यक्रमसित अगाडि जानिको विरोधी थिए ।
बोल्सेविक पाटीभित्रको एउटा समूह जसलाई ‘वाम’कम्युनिस्टहरू भनिन्थ्यो त्यसले अर्को विचारको प्रतिनिधित्व गर्दथ्यो । उनीहरूको अडान थियो कि सत्ता क्याप्चर गरिनु पर्दछ र उत्पादनका सबै साधनहरूलाई तुरून्तै राष्ट्रियकरण गरिनु पर्दछ । राष्ट्रियकरणगर्दा साना र मध्यम किसानहरू र अन्य उत्पादकहरूका सम्पत्ति खोसेर गनु पर्दछ । यी ‘वाम’ कम्युनिस्टहरूले यसरी किसान(उभबकबलतचथ) लाई एउटा शत्रुतापूर्ण हानी पुर्‍याउने अडान लिन चाहन्थे र यसरी क्रान्तिको प्रमुख साथिलाई नै धपाएर पठाउन चाहन्थे ।
लेनिनले, यी दुई प्रवृतिहरूका विरूद्ध संघर्षमा समाजवादी निर्माणका लागि सही मार्ग खिंच्नु भयो । समाजवादी निर्माणका लागि लेनिनको मार्गको प्रमुख पक्षहरू निम्न बूँदाहरूमा राख्न सकिन्छ:
१. सर्वहाराले मौका वा अवसरलाई गुम्न दिन हुँदैन् तर सत्ता आफ्नो हातमा लिनका लागि उपयुक्त परिस्थितिहरूको पूर्ण उपयोग गर्नु पर्दछ । केबल पर्खेर बस्नु भनेको पुँजीवाद अगाडि जानेछ र साना र मध्यम व्यक्तिगत उत्पादकहरूको लाखौको जीवनलाई नर्कमा लैजाने छ ।
२. उद्योगमा हुने उत्पादनका साधनहरू जवरजस्ति जफत गरिनु पदंछ र सार्वजनिक सम्पत्तिमा बदलिदिनु पर्छ ।
३. साना र मध्यम व्यक्तिगत उत्पादकहरूलाई क्रमस: उत्पादकहरूको सहकारीहरू जस्तै ठूला कृषि इन्टरप्राइजेजहरूमा, सामूहिक कृषि फर्महरूआदिमा एकतावद्ध गरिनु पर्छ ।
४. उद्योगलाई उच्चतम विन्दुसम्म विकास गरिनु पर्छ र संयुक्त कृषि फर्महरूलाई ठूलास्तरका उत्पादनको आधुनिक प्रवृधिको आधारमा राखिनु पर्छ । सामूहिक फर्मको सम्पत्ति जफ्त गरिनु हुँदैन, तर त्यसको वदलामा तिनीहरूलाई हार्दिकताका साथ पहिलो वर्गका ट्रयाक्टरहरू र अन्य मेसिनहरूको आपूर्ति गरिनु पर्छ ।
५. किन्ने र बेच्नेमार्फत अदलाबदली गर्ने जस्तै सामानहरूको उत्पादन एउटा केही अवधिका लागि सुरक्षित गरेर राखिनु पर्दछ किनभने किसानहरूले नगर र देशबीचमा आर्थिक टाई (तष्भ) को कुनै अन्य प्रकारहरू स्विकार गर्ने छैनन् । यद्धपि व्यापार केबल, सोभियत व्यापारमार्फत मात्रै गरिनुपर्छ खासगरी राज्य, सहकारी र सामूहिक फर्महरूबीचमा । यसैलाई पुरा विकास गरिनु पर्दछ र सबै प्रकारका र सबै विवरणका पुँजीवादीहरूलाई व्यापार कृयाकलापबाट हटाइनु पर्छ ।
यी पाँच वटा बूँदाहरू, पहिला खुडकिलाहरू, सत्ता खोस्ने कुरा र ठूला उद्योगहरूलाई राष्ट्रियकरण गर्ने कुरा पहिलो केही महिनाहरूभित्रैमा पूर्ण गरिएका थिए । यद्धपि समाजवादी निर्माणका प्रक्रियाहरूमा अन्य खुडकिलाहरूलाई तुरून्तै लागु गर्न सकिएन किनभने पहिलो सर्वहारा राज्यले शत्रुहरूको चौतर्फी आक्रमणका कारण ज्यादै कठिन अवस्थाहरूको सामना गर्नु पर्‍यो । गृह युद्धले गर्दा राज्यलाई कसरी बचाउने भन्ने प्रश्न थियो । आपतकालिन उपायहरूको एउटा सेट जसलाइ ‘वार कम्युनिज्म’ भनिन्थ्यो लागु गरियो ।
‘‘वार कम्युनिज्म’ अन्तरगत सोभियत सरकारले मध्यम र साना उद्योगहरूको नियन्त्रण आफ्नो हातमा लियो, साथै ठूला स्तरका उद्योगहरू, यसले अनाज व्यापारको एउटा राज्य एकाधिकार लागु गर्‍यो र अनाजमा नीजी व्यापारलाई बन्देज लगायो । यसले अतिरक्ति विनियोजना प्रणाली ( कगचउगिक(बउउचयउचष्बतष्यल कथकतझ)स्थापित गर्‍यो, जस अन्तरगत किसानहरूका उत्पादित सबै बचत एउटा निश्चित मूल्यमा राज्यलाई हस्तान्तरण गर्नु पर्दथ्यो, र अन्त्यमा पुँजीपतिका लागि शारिरिक परिश्रम अनिवार्य बनाउदै सबै वर्गहरूका निम्ति सार्वभौम लेवर सेवा लागु गर्‍यो । यसरी अग्र भागमा मजदुरहरूलाई ज्यादा महत्वपूर्ण उत्तरदायित्वहरू दिंदै गयो ।
‘वार कम्युनिज्म’को यो नीति यद्धपि युद्धको आवश्यकतालाई पुरा गर्न एउटा अस्थाई प्रकृतिको थियो । यसले समग्र जनतालाई युद्धका लागि परिचालन गर्न मद्त गर्‍यो र यसरी १९२०को अन्त्यसम्ममा सबै विदेशी हस्तक्षेपहरू र आन्तरिक प्रतिक्रियावादीहरूको पराजयमा परिणाम निष्कयो र नयाँ सोभियत गणतन्त्रको सार्वभौमिकता र स्वतन्त्रताको संरक्षणको सफलता भयो ।

१९२१बाट रसियामा परिस्थितिमा अर्को वदलाव आयो । गृह युद्धमा विजय पुरा गरेपछि मुख्य काम आर्थिक पुनस्थापनाको शान्तिपूर्ण कामलाई सिफ्ट गर्नु पर्ने थियो । यसका लागि ‘वार कम्युनिज्म’बाट नयाँ आर्थिक नीतिमा एउटा नीतिगत सिफ्ट बनाइयो । जस अनुसार किसानहरूबाट अनिवार्य बचत विनियोजन( बउउचयउचष्बतष्यल) लाई रोकियो । निजी व्यापारलाई पुन सुरूवात गरियो र नीजी उत्पादनकर्ताहरूलाई साना व्यापारहरू सुरू गर्न अनुमति दिइयो । यो आवश्यक थियो किनभने ध्बच ऋयmmगलष्कm mभबकगचभक धेरै टाडा अगाडि गइसकेको थियो र पार्टीको जनआधार खासगरी किसानका केही भागहरूले आक्रोष पोखेका थिए । यद्धपि ट्रट्स्किवादीहरूले कडारूपमा नयाँ आर्थिक नीति(नेप) लाई केही होइन् केबल एउटा प्रतिगमन हो भनेर विरोध गरेका थिए । मार्च १९२१ मा भएको पार्टीको दशौ कंग्रेसमा लेनिन ट्रट्सकाइटहरूका विरूद्ध उत्रिनु भयो र कंग्रेसको नीतिमा आएको परिवर्तनबारे कंग्रेसलाई कन्भन्सि गर्नु भयो । त्यसपछि कंग्रेसले यसलाई स्विकृति दियो । जुलाई १९२१मा भएको कम्युनिस्ट अन्तराष्ट्रियको तेस्रो कंग्रेसमा उहाँले प्रस्तुत गरेको उहाँको प्रतिवेदन रसियन कम्युनिस्ट पार्टीको कार्यनीतिहरूमाथिको रिपोर्टमा नेपको शुद्धताको बारेमा एउटा सैद्धान्तिक प्रमाणिकरण प्रस्तत गर्नृुभयो । नेप १९२५को अन्ततक निरन्तर भयो, जब चौधौ पार्टी कंग्रेसले समाजवादी निर्माणको अर्को चरण जो समाजवादी औधोगिकिकरण थियो, तर्फ अगाडि बढयो ।
समाजवादी औधोगिकिकरण : सोभियत संघ त्यो समयमा अझै एउटा पीछडिएको कृषिमा आधारित देश थियो जसको कुल उत्पादनको दुई तीहाई कृषिबाट आउने गर्दथ्यो र केबल एक तीहाई उद्योगबाट । यो भन्दा अझ पहिलो समाजवादी राज्य हुनुका नाताले, कसरी यसलाई साम्राज्यवादबाट आथिर्करूपले स्वतन्त्र बनाउने भन्ने सवाल केन्द्रीय महत्वको थियो । त्यसकारण समाजवादी निर्माणको मार्ग प्रथमत समाजवादी औधोगिकिकरणमा केन्द्रीत गर्नु पर्ने थियो । स्तालिनका शब्दहरूमा, “हाम्रो देशलाई एउटा कृषिबाट एउटा औधोगिक देशमा परिवर्तनका लागि मुटु भनेको हामी कति हाम्रो आफ्नै प्रयासद्धारा हामीलाई आवश्यक मेसिनरीहरू उत्पादन गर्न समर्थ हुनेछौ भन्ने हो र त्यही नै हाम्रो जनरल लाइनको आधार हो । यसरी प्रमुख ध्यान हेभी उद्योगमाथि थियो, जसले कृषिकालागि र अन्य उद्योगका लागि मेशिनहरू उत्पादन गर्ने छ ।
यो नीतिले साम्राज्यवादबाट स्वतन्त्र एउटा बलियो औधोगिक आधार निर्माणमा सफलता प्राप्त भयो । यसले प्रथम विश्व युद्धमा समाजवादी आधारको रक्षागर्न सक्षम पनि बनायो । साथै साम्राज्यवादी प्रणालीका अपार श्रेष्ठतालाई प्रमाणित गर्दै एक दमै विकसित साम्राज्यवादी देशहरूभन्दा घेरै गुणा तिब्र गतिमा उद्योगहरूलाई फैलाउन सफल भयो । यसका पछाडिको प्रमुख कारक तत्व भनेको समग्र मजदुर वर्गद्धारा उत्पादन वृद्धिमा सम्पूर्ण दिल दिमागको सहभागीता थियो । एउटा त्यस्तो समय जब समग्र पुँजीवादी विश्व एउटा अति नै आर्थिक संकट मूनी पिसिइरहेको थियो भने समाजवादी उद्योग जे भएता पनि कुनै पनि समस्याविना अगाडि बढिरहेको थियो ।
कृषिको सामूहिकिकरण : यो प्रक्रियाको पहिलो पाइला, साना र मध्यम किसानहरूका बीचमा पहिलो सहकारीहरूको गठनसित नेप पुनर्वहालीको अवधिमा ल्याइएको थियो । यद्धपि धनी किसानहरू जसलाई कुलकहरू(धनी किसानहरू) भनिन्थ्यो, उनीहरूको विरोधका कारण त्यसमा चाहेजति प्रगति हुन सकेन् । यो भन्दा पनि कुलकहरूले सक्रिय विरोधको एउटा पोजिसन लिएका थिए र समाजवादी निर्माण प्रक्रियाको तोडफोड गरेका थिए । तिनीहरूले उनीहरूको बचत भएको आनाजलाई सोभियत राज्यलाई बेच्न इन्कार गरे । तिनीहरूले शहर बाहिर सामूहिक किसानहरू, पार्टी कार्यकर्ताहरू र सरकारी अधिकारहिरूका विरूद्ध आतंकित पार्ने काम गरे र सामूहिक फर्महरू र राज्य अन्न भण्डारहरू जलाइदिए । १९२७मा यो तोडफोडले गर्दा फसलको बजार सेयर पूर्व युद्धको फिगरको केबल ३७प्रतिशत थियो । यसरी पार्टीले , त्यो वर्षमा कुलकहरूका प्रतिरोधलाई तोडन एउटा आक्रमक कार्यक्रम अपनाउने निर्णय गर्‍यो । गरिब किसानहरूमाथि भर पर्दै र मध्यम किसानहरूमाथि मित्रता बढाउदै पार्टीले अनाज किन्नेमा सफलता पाउन सफल भयो र सामूहिकीकरण प्रक्रियालाई अगाडि बढायो । यद्धपि मुख्य उपलब्धी १९२८को अन्त्यबाट आउन थाल्यो ।
१९२९भन्दा पहिले, सोभियत सरकारले कुलकहरूलाई बन्देजको एउटा नीति पछयाउने काम गर्‍यो । यो नीतिको प्रभाव कुलकवर्गको वृद्धिलाई सम्वोधन गर्नु थियो, जसका केही भागहरू, यी बन्देजहरूका कारण उत्पन्न दवावलाई झेल्न असक्षम भए । व्यापारको मार्ग छोडन वाध्य पारिए र जर्जर भए । तर यो नीतिले कुलकलाई एउटा वर्गका रूपमा उसको आर्थिक जगहरू ध्वस्त पारेन नत तिनीहरूलाई निमिटयान्न पार्ने मनसाय नै थियो । यो नीति केही समय सम्मका लागि आवश्यक थियो, यो भनेको, जबसम्म सामूहिक फर्महरू र राज्य फर्महरूकमजोर थिए र अनाजको उत्पादनमा कुलकहरूलाई विस्थापित गर्न असक्षम थिए ।
१९२९को अन्त्यमा, सामूहिक फर्महरू र राज्य फर्महरूको वृद्धिसंगै सोभियत सरकारले यो नितिलाई कुलकहरू सखाप पार्ने नीतिमा कडाइ पूर्वक बदल्यो, एउटा वर्गका रूपमा तिनीहरूलाई ध्वस्त पार्दै, यसले जमिन भाडामा दिने लेवरहरू राख्ने कानुनलाई फिर्ता लियो र यसरी कुलकहरूलाई जमिन र लेवर भाडामा लिनेबाट वेदखल गरिदियो । यसले कुलकहरूको सम्पत्तिको कब्जामाथिको वन्देजलाई पनि हटायो । यसले किसानहरूलाई कुलकहरूबाट सामूहिक फर्महरूको फाइदाका निम्ति क्याटल, मेसिनहरू र अन्य फार्म सम्पत्ति खोस्न पाउने अधिकार दियो । यसरी कुलकहरूले उनीहरूका उतपादनका साधनहरू सबै गुमाए । तिनीहरूलाई त्यसरी नै कब्जा गरियो जसरी १९१८मा उद्योगको क्षेत्रमा पुँजीवादीहरूलाई कब्जा गरिएको थियो । फरक यतिमात्रै थियो कि कुलकहरूको उत्पादनका साधनहरू राज्यको हातहरूमा गएनन् तर किसानहरूको अधिनमा सामूहिक फर्महरूमा एकत्रित भयो ।
पाइला पाइलामा यो नीति कार्यान्वयनका निम्ति योजना स्विकृत गरियो । विभिन्न क्षेत्रहरूमा विद्यमान अवस्थाहरूलाई आधार वनाएर सामूहिकिकरणका फरक फरक दरहरू स्थापित गरियो र सामूहिकिकरणको पूर्णताका लागि लीषत वर्ग निशिचत गरियो । ट्रयाक्टर्स, हार्भेष्टर्स र अन्य कृषि मेसिनरहिरूको उत्पादनमा धेरै गुणा वृद्धि गरियो । सामूहिक फर्महरूलाई दिइने राज्य रिणहरूलाई पहिलो वर्षमा नै दोव्वर गरियो । पच्चिस हजार वर्ग सचेत मजदुरहरूलाई छानियो र उनीहरूलाई यो याजनाको कार्यान्वयनका लागि ग्रमीण क्षेत्रहरूमा पठाइयो । सामूहिकिकरणको प्रक्रिया केही कमीकमजोरी र गल्तीका वावजुद सफलतातर्फ तिब्र गतिमा अगाडि बढयो । १९३४मा देशको कुल अनाज क्षेत्रको ९०प्रतिशतलाई समाजवादी कृषि अन्तरगत ल्याइ सकिएको थियो , त्यो भनेको राज्य फर्महरू अथवा सामूहिक फर्महरू थिए ।
कृषि सामूहिकिकरणको समग्र प्रक्रिया क्रान्तिभन्दा बढता केही थिएन् जसमा कुलकहरूको वर्चश्वलाई तोडनका लागि सर्वहाराले गरिब किसान र मध्यम किसानहरूका साथ मित्रता थियो ।
यो क्रान्तिले एउटै झड्कामा समाजवादी निर्माणका तीन वटा आधारभूत समस्याहरूको समाधान गर्‍यो :
१. यसले देशमा रहेका शोषकहरूको सबैभन्दा अत्यधिक वर्ग कुलक वर्ग, जो पुँजीवादको पुनस्थापनाको मुख्य आधार हो, त्यसलाई खतम गर्‍यो ।
२.यसले देशको सबैभन्दा अत्यधिक परिश्रमी वर्ग, किसान वर्गलाई पुँजीवादको पुनस्थापना गर्ने व्यक्तिगत फामिंगको मार्गबाट सहकारी, सामूहिक समाजवादी फार्मिगमा रूपान्तरण गर्‍यो ।
३. यसले सोभियत शासनलाई कृषिमा समाजवादी आधारसहित –सबैभन्दा व्यापक र महत्वपूर्ण आवश्यकता थियो, तै पनि अझै एकदमै कम विकसित, राष्ट्रिय अर्थतन्त्रको हांगालाई मलजल गर्‍यो ।
सामूहिकीकरण आन्दोलनको विजयसितै, पहिले समाजवादको विजयको घोषणा गर्‍यो । १९३३ जनवरीमा स्तालिनले घोषणा गर्नु भयो कि “राष्ट्रिय अथतन्त्रको सबै हागाहरूमा समाजवादको विजयले मानिसद्धारा मानिसको शोषणलाई निमूल पारेको छ ।” जनवरी १९३४को सत्रौ पार्टी कंग्रेसको रिपोर्टले घोषणा गर्‍यो कि “ सामाजिक र आर्थिक संरचनाको समाजवादी रूपले अहिले समग्रलाई समेटने काम गर्दछ र यो नै समग्र राष्ट्रिय अर्थतन्त्रमा एक मात्र कमान्डिंग शक्ति हो ।”
१९३६मा संविधान र पछिका राजनीतिक प्रतिवेदनहरू प्रस्तुत गर्दै गर्दा कुनै पनि परस्पर विरोधीवर्गहरुको अनुपस्थिति पछि पनि यसमा वारम्वार जोडदिइएको थियो । लेखक : हुकुमबहादुर सिंह

Blanqui

Blanqui

Web Developer

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?