हालै अनुगमनका क्रममा ओभरलोड नियन्त्रणका विषयमा ट्राफिक प्रहरीसँग भएको संवादमा मबाट “तिमी” भन्ने शब्द प्रयोग भएको सन्दर्भ सामाजिक सञ्जालमा विभिन्न रूपमा आएकोप्रति मेरो ध्यानाकर्षण भएको छ।
उक्त शब्द प्रयोगले मेरो पदीय मर्यादा र सार्वजनिक अपेक्षाअनुसारको भाषा प्रस्तुत हुन नसकेको स्वीकार गर्दै सम्बन्धित ट्राफिक प्रहरी तथा सम्पूर्ण आमनागरिकसमक्ष म हार्दिक क्षमायाचना व्यक्त गर्दछु।
मेरो उद्देश्य कसैको सम्मानमा आँच पुर्याउने नभई ओभरलोड नियन्त्रण र कानुनको प्रभावकारी कार्यान्वयनका लागि भएको छलफल मात्र थियो। तर, त्यस क्रममा प्रयोग भएको शब्दले फरक अर्थ लाग्न गएकोमा म दुःख व्यक्त गर्दछु।
यस घटनाबाट आवश्यक शिक्षा लिँदै आगामी दिनमा अझ संयमित, मर्यादित र जिम्मेवार भाषाशैली अपनाएर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।
सुझाव र आलोचनालाई सकारात्मक रूपमा ग्रहण गर्दै अझ जिम्मेवार र उत्तरदायी भएर अघि बढ्ने वचनबद्धता व्यक्त गर्दछु।
धन्यवाद
