क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेको ११औँ जिल्ला सम्मेलन

काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रे जिल्लाको एकताको ११औँ जिल्ला सम्मेलन बनेपामा बुधबार सप्पन्न भयो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका वरिष्ठ नेता सिपि गजुरेलको प्रमुख अतिथ्यमा उत्घाटन गरि सम्पन्न भएको हो।

उदघाट्न सत्रमा बोल्दै प्रमुख अतिथी गजुरेलले क्रान्तिका लागि अहिले बस्तुगत अबस्था अनुकुल भएको तर आत्मगत अबस्था कमजोर रहेको भन्दै क्रान्ति सम्भब रहेको बताउनु भयो।

तेसैगरी विशेष अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय कार्यलय सदस्य तथा पार्टी प्रबक्ता हेमन्त प्रकाश ओलि सुदर्शनले नयाँ जनबादी क्रान्तिको खुट्किलो पार गर्दै बैज्ञानिक समाजबादको दिसामा अगाडी बढ्नु पर्ने बताउनु भयो।

कार्यक्रममा केन्द्रिय कार्यलय सदस्य तथा प्रदेश ३को संयोजक चन्द्रहरी सुवेदी अटल, पार्टीको केन्द्रिय सचिबालय सदस्य तथा काभ्रे जिल्ला संयोजक सोमान सिङ तामाङ ,केन्द्रिय महाधिवेशन आयोजक समित सदस्य मिसन लगायतका नेताहरूले सम्मेलन सफलताको सुभकामना मन्तब्य राख्नु भएको थियो।

चैतन्य क्याम्पसबाट नारा जूलूस सहित सहर परिक्रमा गरि बनेपा नगरपालिका हलमा उदघाट्न गरिएको उक्त कार्यक्रममा मिना तामाङको स्वागत मन्तव्य र प्रदीप अस्तानीको सञ्चालनमा जिल्ला संयोजक ढोक प्रसाद अधिकारिको सभापतिमा सम्पन्न भएको थियो। उदघाट्न पछिको बन्दसत्रले ढोक प्रसाद अधिकारीलाई सचीव चयन गर्दै ३१ सदस्यीय पुर्ण र ७ बैकल्पिक सदस्य रहने गरि जिल्ला समिति निर्बाचित गरिएको छ।

जस्मा सदस्यहरु प्रदीप अस्तानी, देब कुमार मोक्तान, शोभा बिक, ग्याम्जा लामा, मेजरमान थिङ, कान्छामान थिङ, प्रेम तामाङ, टेक बहादुर तामाङ, बिरमान थिङ, मान बहादुर योन्जन, भिमराज तामाङ, सुर्यमान मोक्तान, कविता तामाङ, श्याम बिक, ज्ञान बहादुर तामाङ, मिना तामाङ, चंख बिक, रबिन चौलागाईं, तेलिमाया थिङ, दिल बहादुर तामाङ, भिम बहादुर तामाङ, इन्द्र लाल तामाङ, प्रेम गौतम र सुक बहादुर थिङ्लाइ निर्बाचित गरेको छ ।

त्यसैगरी दिल बहादुर तामाङलाई बैकल्पिक जिल्ला सदस्य र खेजराज नेउपानेलाइ सल्लाहकारमा निर्बाचित गरेको छ। भोलि १० गते केन्द्रको दस्ताबेज फरकमत लगायतको बिसयमा फोरम संचालन हुने नव निर्बाचित सचिब ढोक प्रसाद अधिकारीले बताउनु भयो।

By जन बिहानी

Related Posts