अखिल (क्रान्तिकारी)ले माग्याे त्रिविका परिक्षा नियन्त्रक पुष्पराज जोशिको राजिनामा

काठमाडौं : अखिल (क्रान्तिकारी)ले त्रिभुवन विश्वविद्यालय, परिक्षा नियन्त्रण कार्यालयका प्रमुख पुष्पराज जोशिको राजिनामा माग गरेको छ ।

संगठनका सचिवालय सदस्य तथा त्रिभुवन विश्वविद्यालय समिती संयोजक गोबिन्द बिष्टले बुधबार एक प्रेस विज्ञप्ति गर्दै विद्यार्थीहरुको भविष्य बबार्द पार्ने गैरजिम्मेवार, असक्षम परिक्षा नियन्त्रक जोशिको तत्काल राजिनामा माग गरेका छन् ।

विद्यार्थीले परिक्षा दिएको महिनौ बितिसक्दा समेत परिक्षाफल प्रकाशित गर्न नसकेको त्रिविले उत्तरपुस्तिकाको सुरक्षा समेत गर्न नसकेको घटनाले त्रिवि प्रशासन पूर्ण रुपमा असफल एवम असक्षम भएको पुष्टि भएको बताएका छन् । साथै उनले त्रिवि प्रशासनले गरेको गल्तिको सजाय विद्यार्थीले भोग्नुपर्ने कुरा संगठनलाई कदापि स्विकार्य नभएको समेत बताए ।

कार्तिक पहिलो साता परिक्षा भएको स्नातक तह बिए प्रथम वर्षका १ सय ६५ जना विद्यार्थीहरुको जनसङ्ख्या विषयको उत्तरपुस्तिका पुन: हराएको घट्नाले हाम्रो संगठन गम्भिर एवम् आक्रोशित भएको समेत बताएका छन् ।

साथै उनले दोषी कर्मचारी र त्रिवि प्रशासनलाई तत्काल आवश्यक कार्वाही गर्न सरकार संग जोडदार माग गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय परिक्षा नियनत्रक कार्यालय यस अघिका दिनहरुमा पनि पटकपटक विवादित बन्दै आएको छ ।

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?