राजनीति

फौजदारी मुद्दा सम्बन्धी नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता खारेजीको माग

फौजदारी मुद्दा सम्बन्धी नेपाल-भारत पारस्परिक कानुनी सहायता सम्झौता खारेजीको माग

काठमाडौँ : भारतबाट प्रस्तावित र गत वैशाखमा नेपाल सरकारबाट स्वीकृत फौजदारी मुद्दा सम्बन्धी नेपाल –भारत पारस्परिक कानुनी सहायता सम्झौतालाई नेपालका वामपन्थी राजनीतिक दलका नेताहरु र विषय विज्ञहरुले खारेजीको माग गरेका छन्। राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालले जेष्ठ २९ गते राजधानीमाआयोजना गरेको “सार्वभौमिकताको रक्षा र फौजदारी विषयमा नेपाल – भारत पारस्परिक कानुनी सहायता सम्झौता” विषयक अन्तरक्रिया कार्यक्रममा वामपन्थी पार्टीका नेता तथा विषयविज्ञहरूले सो माग गरेका हुन्। प्रस्तुत विषयमाथि बोल्ने वक्ताहरूले उक्त सम्झौता राष्ट्रिय स्वाधीनताका दृष्टिकोणले नेपालका निम्ति बेठिक हुने भएकाले खारेज नै गर्नुपर्ने धारणा राखेका थिए। सन्तबहादुर नेपाली राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालका संयोजक तथा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सन्तबहादुर नेपालीले…
Read More
भाैतिकवादी उपनिषहरूकाे परिचर्चा गरिने

भाैतिकवादी उपनिषहरूकाे परिचर्चा गरिने

काठमाडौं : यही जेठ ३० गते शनिबार दिउँसो १२:३० बजे इच्छुक सांस्कृतिक प्रतिष्ठानमा गाेपीरमण उपाध्याय लिखित “भाैतिकवादी उपनिषद्हरु” पुस्तककाे परिचर्चा कार्यक्रम हुने भएको छ ।मार्क्सवादी दर्शनका अध्ययता गाेपीरमणले यस अघि पनि पूर्वीय दर्शनमा भएका भाैतिकवादी चिन्तन पद्धतिका बारेमा थुप्रै पुस्तक प्रकाशित गर्नुभएको छ । यस पटक उपनिषद्हरुका पङ्क्तिमा भाैतिकवादी उपनिषद्हरु नामक पुस्तक तयार पार्नुभएकाे छ । भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको साे पुस्तकलाई इच्छुक सांस्कृतिक प्रतिष्ठानले परिचर्चा गर्न लागेको हाे । परिचर्चा कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समितिका सदस्य तथा प्रवक्ता हेमन्तप्रकाश ओली 'सुदर्शन', प्रा.डा. जगदीशचन्द्र भण्डारी र प्रा. विनाेद मञ्जनले चर्चा गर्ने भएकाे छ ।उपत्यकामा रहनुभएका दर्शनमा रुचि राख्ने…
Read More
‘बालेन्द्र सरकारले देशलाई सिक्किमीकरणको दिशामा लगेको छ, जोगाउन संघर्षमा जुटौं’

‘बालेन्द्र सरकारले देशलाई सिक्किमीकरणको दिशामा लगेको छ, जोगाउन संघर्षमा जुटौं’

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको हालै बसेको स्थायी समितिको बैठकले बालेन्द्र साह नेतृत्वको सरकारले गरेका कामको प्रारम्भिक समीक्षा गरेको छ । समीक्षाबाट बालेन्द्र सरकारले फासिवादको साहरा लिएर नेपाललाई सिक्किमीकरणको दिशामा लगेको निष्कर्ष निकालेको छ र देशलाई जोगाउन सशक्त संघर्षमा उत्रन सम्पूर्ण देशभक्त, प्रगतिशील, क्रान्तिकारी जनवादी, वामपन्थी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, समूह तथा व्यक्तित्वहरूका बीच राष्ट्रिय राजनीतिक सम्मेलन मार्फत् एउटा बलियो संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको गठनका निम्ति सशक्त संघर्षमा जुट्न हार्दिक आह्वान गरेको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव गौरवले विशेष महत्वका साथ जारी गर्नुभएको प्रेस वक्तव्यमा भनिएको छ, यो सरकारबाट देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता तथा…
Read More
“जनसम्पर्क बिस्तार र जनसंगठन निर्माण अभियान -२०८३” सञ्चालन हुने

“जनसम्पर्क बिस्तार र जनसंगठन निर्माण अभियान -२०८३” सञ्चालन हुने

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ९ नंं. ब्यूरोले जेठ २१ देखि असोज २० गतेसम्म जनसम्पर्क विस्तार र जनसंगठन निर्माण अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।२०८३ बैशाख २६–२७ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर ब्युरोको र ३१ गते सचिवालयको बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको सम्बद्ध स्रोतले जानकारी दिएको छ ।बैठकले संगठनात्मक कामलाई मुख्य ध्यान दिन पार्टी र जवस/मोर्चा/सम्पर्क मञ्चका संगठन निर्माण परिचालन र व्यवस्थित गर्न संगठनात्मक अभियान सञ्चालन गर्ने निर्णय गरिएको पनि स्रोतले जानकारी दिएको छ ।“जनसम्पर्क बिस्तार र जनसंगठन निर्माण अभियान–२०८३” नाम दिएको अभियानको नेतृत्व केन्द्रीय सदस्यहरूले गर्ने पनि जनाइएको छ ।प्राप्त जानकारी अनुसार, निम्नानुसार अभियानको…
Read More
राजनीतिक क्रान्तिको साथै सांस्कृतिक क्रान्तिलाई अघि बढाइएन भने क्रान्ति सम्पन्न भए पनि प्रतिकान्ति हुन्छ

राजनीतिक क्रान्तिको साथै सांस्कृतिक क्रान्तिलाई अघि बढाइएन भने क्रान्ति सम्पन्न भए पनि प्रतिकान्ति हुन्छ

लालकृष्ण श्रेष्ठको दोस्रो स्मृति कार्यक्रम सम्पन्न रामेछाप: रामेछाप नगरपालिका ५ चारघरे भञ्ज्याङ स्थित जनता माध्यमिक विद्यालयको सभा हलमा क्रान्तिकारी कम्युनिस्ट पार्र्टी नेपाल रामेछाप नगर समितिका संयोजक सुजन क्याप्छाकी मगरको अध्यक्षता र क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल केन्द्रीय समिति सदस्य तथा ९ नं.क्षेत्रीय ब्युरो कार्यालय सचिव झनक श्रेष्ठको उद्घोषणमा बुवा लालकृष्ण श्रेष्ठको दोश्रो स्मृति सभा सम्पन्न भएको छ । २०८३ जेठ १६, शनिबार, चारघरे भञ्ज्याङ, कालन्जोर, रामपुरमा भएको उक्त कार्यकममा प्रमुख आतिथि क्राकपा नेपालको प्रवक्ता हेमन्तप्रकाश ओली, अतिथिहरु सोही पार्टीका राजनीतिक परिषद सदस्य अम्बिका चन्द ओली, समाजवादी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव अशोक सुवेदी, क्राकपा नेपालका केन्द्रीय सदस्य लाङ्घाली मगर, वडा जन प्रतिनिधि…
Read More
देश र समाज परिवर्तनका निम्ति बलिदान गरेका इच्छुकको शालिक किन ढालियो ? : तक्मा केसी

देश र समाज परिवर्तनका निम्ति बलिदान गरेका इच्छुकको शालिक किन ढालियो ? : तक्मा केसी

काठमाडौं : २५ औं इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस २०८३, पुरस्कार तथा सम्मान समारोहलाई सम्बोधन गर्दै जनयुद्धका महान सहिद कृष्णसेन इच्छुककी जीवन संगिनी तक्मा केसीले जेनजी आन्दोलनताका इच्छुकको शालिक ढालिएको विषयलाई प्रमुखताका साथ उठाउँदै प्रश्न गर्नुभयो– देश र समाज परिवर्तनका निम्ति बलिदान गर्ने इच्छुकको शालिक किन ढालियो ?उहाँले भन्नुभयो, “आज हामी इच्छुकको २५ औं स्मृति दिवस मनाइरहेका छौं । यस २५ वर्षमा धेरै उथलपुथलहरु भइसके । पछिल्लो समय त अझ फरक ढंगले निकै असहजिलो परिस्थिति विकसित भएको छ । गएको भदौमा एक्कासी एउटा ठूलो परिघटना भयो । त्यस क्रममा इच्छुक लगायत अन्य प्रबुद्ध व्यक्तित्वहरु, जसले विगतका ठूल्ठूला राजनीतिक परिवर्तनमा…
Read More
क्रान्तिको बत्ति कुनै पनि हालतमा निभ्न दिँदैनौं : महासचिव  सीपी गजुरेल

क्रान्तिको बत्ति कुनै पनि हालतमा निभ्न दिँदैनौं : महासचिव सीपी गजुरेल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले क्रान्तिको बत्ति कुनै पनि हालतमा निभ्न नदिने बताउनु भएको छ । अहिले बत्तिमा तेल कम भएको भए पनि क्रान्तिको बत्ति कुनै पनि हातलमा निभ्न नदिने बताउनु भएको हो । महासचिव गौरवले बुधबार जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकको २५ औं स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो ।उहाँले क्रान्तिको कार्यभार पूरा गरेर मात्रै इच्छुक लगायत जनयुद्धका हजारौं सहिदहरुको सपना साकार हुने र त्यो नै सहिदहरुप्रतिको सच्चा श्रद्धाञ्जली हुने पनि बताउनु भयो ।उहाँले जेनजी परिघटना कुनै विद्रोह नभएर साम्राज्यवादी र विस्तारवादी शक्तिहरुको यहाँका सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु…
Read More
क्रान्तिका लागि सच्चा क्रान्तिकारीहरु दृढतापूर्वक अगाडि बढ्नुपर्छ : मोहन वैद्य किरण

क्रान्तिका लागि सच्चा क्रान्तिकारीहरु दृढतापूर्वक अगाडि बढ्नुपर्छ : मोहन वैद्य किरण

काठमाडौं : स्वास्थ्यको प्रतिकूलताकाबिच नेपाली क्रान्तिकारी कम्युनिसट आन्दोलनका धरोहर मोहन वैद्य किरणले लामो समयपछि बुधबार एक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुभयो । जनयुद्धका महान सहिद कृष्णसेन इच्छुकको २५ औं स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई उहाँले प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नुभयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पूर्व महासचिव तथा इच्छुक सांस्कृतिक प्रतिष्ठानका संरक्षक किरणले महान सहिदहरुका सपना साकार पार्न सच्चा कम्युनिस्ट क्रान्तिकारीहरु एकजुट भएर दृढतापूर्वक अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले जेनजी आन्दोलन, फागुन २१ को निर्वाचन हुँदै बालेन सरकारसम्म आइपुग्दा सबै चर्तिकला देखिसकिएको भन्दै कुनै पनि चिज स्थायी नहुने र माक्र्सवादले हरेक चिज बदलिन्छ भन्नेमा विश्वास…
Read More
एमाले सचिवालय बैठकको निर्णयः ओलीपछि बादल, अन्तिममा महेश

एमाले सचिवालय बैठकको निर्णयः ओलीपछि बादल, अन्तिममा महेश

काठमाडौँ : नेकपा (एमाले) ले वर्तमान सरकार स्वेच्छाचारी ढङ्गले सञ्चालन भएको भन्दै कडा आपत्ति जनाएको छ । पार्टीको सचिवालय बैठकको चौथो दिन आइतबार विभिन्न महत्त्वपूर्ण निर्णय सार्वजनिक गर्दै एमालेले सरकार लोकतन्त्रको बाटोबाट विचलित भएको ठहर गरेको छ ।बैठकका निर्णयबारे जानकारी दिँदै उपमहासचिव लेखराज भट्टले सरकारले पछिल्लो समय देखाएको कार्यशैलीप्रति पार्टीले घोर विरोध जनाएको बताए । बैठकले विशेष गरी भन्सार प्रशासनमा भइरहेको अनियमितता, सुकुमसबासी समस्या समाधानमा देखिएको उदासीनता र प्रधानन्यायाधीशको नियुक्ति तथा वरीयताको विषयमा सरकारले अपनाएको विवादित कदमको आलोचना गरेको छ । साथै, एमालेले पछिल्लो समय मुलुकमा बढ्दै गएको महँगी, दलित समुदायमाथिको हिंसा र सरकारले ल्याउन लागेको अध्यादेशको समेत कडा शब्दमा…
Read More
धेरैजसो जग्गा दलालहरु अहिले रास्वपामा पसेका छन्

धेरैजसो जग्गा दलालहरु अहिले रास्वपामा पसेका छन्

समिर, ४ नम्बर व्यूरो इञ्जार्ज ,क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल ( हालै दाङको एक कार्यक्रममा सुकुम्बासी समस्याबारे बोल्दै समिरले राखेको विचार ) के रास्वपाका नेताहरू अर्कै दुनियाबाट आएका एलियन हुन् ? हिजोका दिनमा तपाईँहरू कुन कुन पार्टीमा हुनुहुन्थ्यो ?कुन कुन पार्टीका कार्यकर्ता हुनुहुन्थ्यो भन्ने कुरा के हामीलाई थाहा छैन ? तपाईँले दाङका रास्वपाका नेताहरूको स्थिति हेर्नुस् त ! उहाँहरु कहाँ कहाँ हुनुहुन्थ्यो ? आज सुकुम्बासीका बस्तीहरूमाथि डोजर लगाउँछु भनेर तपाईँले दिवा सपना नदेख्नुस्। आज तपाईंले जनताका विरुद्ध बन्दुक चलाइरहनु भएको छ। जब जनताले बन्दुक बोक्ने बेला आउँछ , त्यतिबेला तपाईहरु यो ठाउँमा नभेटिने स्थिति पनि हुन सक्छ। त्यसैले हामी भनिरहेका छौं…
Read More