क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच सुनवलमा एकता घोषणा कार्यक्रम सम्पन्न
सुनवल, नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल सुनवल नगर समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) सुनवल नगर समिति बीच सुनवल ५ बनकट्टीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय कार्यालय सदस्य एवं ५ नम्बर इन्चार्ज कृष्ण राज पौडेलले पार्टी नीतिलाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कार्यक्रममा विशेष अतिथी पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसंघर्ष र बर्गसंघर्षलाई उठान गर्दै प्रतिरोध आन्दोलन उठाउने उद्घघोष गर्नुभयो । कार्यक्रम नगर संयोजक रवि पुनको…