राजनीति

क्रान्तिकारी कम्युनिस्ट पार्टी स्थायी समिति बैठककाे महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी स्थायी समिति बैठककाे महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठक २०८२ श्रावण १२ देखि १९ गतेसम्म सम्पन्न भएको छ । बैठकले देशको तात्कालिक राजनैतिक परिस्थिति, सङ्गठन, सङ्घर्ष सहित कैयौं समसामयिक विषयमाथि महत्वपूर्ण निर्णयहरु गरेको छ । २०८२÷४÷२० गतेका दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यवाहक महासचिव गौरवले सार्वजनिक गरेको प्रेस विज्ञप्तिबाट सो कुराको जानकारी भएको हो । विज्ञप्तिमा अमेरिकी साम्राज्यवादको युद्धपिपासु नीतिको विरोधमा आवाज उठाउन उत्पीडित राष्ट्र, जनता तथा राजनैतिक शक्तिहरु सबैलाई अपील गरिएको छ । सरकारले संसदमा प्रस्तुत गरेको भूमि विधेयक भूमाफिया तथा नव धनाढ्यहरुको स्वार्थ अनुकूल भएको र वास्तविक सुकुम्वासी, भूमिहीन किसान तथा भूमिहीन दलितहरु यसबाट लाभान्वित नहुने भएकोले यसलाई खारेज…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युरोको ३ दिने कार्यशाला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्युरोको ३ दिने कार्यशाला सम्पन्न

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नम्बर व्यूरोको आयोजनामा ३ दिने कार्यशाला उद्घाटन सम्पन्न भएको छ । २०८२ साउन ९ गते उद्घाटन भएको कार्यक्रममा ‘संसारका मजदुर तथा उत्पीडित जनता एक होऔँ, माक्र्सवाद–लेनिवाद–माओवाद–जिन्दावाद !, नयाँ जनवाद–वैज्ञानिक समाजवाद— जिन्दावाद !’ भन्ने नारासहित स्थायी समिति सदस्य तथा स्कुल विभाग प्रमुख रामसिंह श्रीसले व्यानर पढेर उद्घाटन गर्नु भएको थियो । कार्यशालाको अध्यक्षता व्यूरो सचिव चिन्तामणी पौडेल, अतिथि स्थायी समिति सदस्यद्वय रामसिं श्रीस, हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पोलिटव्युरो सदस्य तथा व्युरो इन्चार्ज दिनेश शर्मा रहनुभएको थियो । कार्यशालाको शुभकामना मन्तव्य रामसिङ श्रीस, हेमन्तप्रकाश ओली सुदर्शन र दिनेश शर्माले राख्नु भयो । कार्यक्रमको सञ्चालन केदार खतिवडाले गर्नुभयो…
Read More
पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनाैती विषयक बृहत विचारगाेष्ठी सम्पन्न

पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनाैती विषयक बृहत विचारगाेष्ठी सम्पन्न

काठमाडौं : पुष्पलालको ४७ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा पुष्पलाल मार्क्सवादी विश्वविद्यालय निर्माणको प्रस्ताव गरिएको छ । सो कार्यक्रममा उनका नामबाट मार्क्सवादी विश्वविद्यालय स्थापना गर्न नेपालमा क्रियाशील १९ कम्युनिस्ट/वामपन्थी पार्टी/संस्था, सङ्गठन र बौद्धिकहरूले ऐक्यबद्धता प्रकट गरेका छन् ।पुष्पलाल स्मृति दिवसमा आयोजित ‘पुष्पलाल मार्क्सवादी विश्वविद्यालय सम्भावना र चुनौती’ विषयक बृहत् बिचार गोष्ठीमा सहभागी वामपन्थी नेता–कार्यकर्ता र बुद्धिजीवीले कम्युनिस्ट जनमत अत्यधिक रहेको समाज तर बिचार शून्यताका कारण रनभुल्लमा परेका पार्टीहरू भएको अवस्थामा नेकपाका संस्थापक पुष्पलालकै नामबाट विश्वविद्यालय निर्माण हुनु अत्यावश्यक रहेको बताएका हुन् ।नेकपा (माओवादी केन्द्र) का सचिव लीलामणि पोखरेलले यो ऐतिहासिक प्रस्ताव कार्यान्वयनमा सबै पार्टीले प्रस्थापकलाई सघाउनुपर्ने धारणा राखे । सबै कम्युनिस्ट…
Read More
मार्क्सवादको ओरिजनलीटी सबैले पढ्नुपर्छ, यसको विकास र रक्षा गर्नुपर्छ : सुदर्शन

मार्क्सवादको ओरिजनलीटी सबैले पढ्नुपर्छ, यसको विकास र रक्षा गर्नुपर्छ : सुदर्शन

 हेमन्तप्रकाश ओली ‘सुदर्शन’ काठमाडाैँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य तथा सुचना सञ्चार तथा प्रकाशन विभागका इन्चार्ज हेमन्त प्रकाश ओली 'सुदर्शन'ले मार्क्सवादको ओरिजनलीटी सबैले पढ्नुपर्छ, यसको विकास र रक्षा गर्नुपर्ने बताउनु भयाे । २०८२ साउन ७ गते काठमाडाैँकाे प्रज्ञा प्रतिष्ठानमा पुष्पलालकाे ४७औं स्मृति दिवसको अवसरमा "पुष्पलाल माक्र्सवादी विश्वविद्यालय सम्भावना र चुनाैति" बिषयक बृहत विचारगाेष्ठी कार्यक्रममा उक्त कुरा बताउनु भएकाे हाे । भिडियाेसहित https://www.youtube.com/watch?v=HWLQBcY_WLo
Read More
जनयुद्धको कार्यभार पूरा भएको छैन : कार्यवाहक महासचिव सिपी गजुरेल

जनयुद्धको कार्यभार पूरा भएको छैन : कार्यवाहक महासचिव सिपी गजुरेल

काठमाडाैँ: क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सिपी गजुरेलले जनयुद्धको कार्यभार पूरा नभएको बताउनु भएको छ । क्रान्तिकारी युवा संघ नेपालले आज कुपोण्डोलबाट शुरु गरेको भ्रष्टाचार कुशासन,वेतिथि विरुद्धको खबरदारी ¥यालीको उद्घाटन गर्दै महासचिवले सो कुरा बताउनु भएको हो । नेकपा माओवादीले शुरु गरेको १० वर्षे जनयुद्ध नेतृत्वले सम्झौतामा टुङ्ग्याइ नेपाली काङ्ग्रेस एमालेको मुद्दा बोकेर हिँडेको कारण जनगणतन्त्र आउन नसकेको बताउँदै अब क्रान्तिकारी कम्युनिष्ट पार्टी र क्रान्तिकारी युवा संघ नेपालले जनयुद्धको बाँकी कार्यभार पूरा गर्नु पर्नेमा जोड दिनु भयो । वहाँले अहिले आएको लोकतान्त्रिक गणतन्त्र दलाल र नोकरशाहीको गणतन्त्र भएकाले भ्रष्टाचार ,वेथिति,अन्याय अत्याचारको अन्त्य हुन नसकेकोले त्यसको अन्त्यकोलागि अभियानले महत्वपूर्ण भूमिका खेल्ने…
Read More
तुलसीपुरका मेयरलाई  बुझायाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३ बुँदे ज्ञापन पत्र

तुलसीपुरका मेयरलाई बुझायाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले १३ बुँदे ज्ञापन पत्र

देशको राजनीतिक, आर्थिक तथा सांस्कृतिक अवस्था सङ्कटग्रस्त बन्दै दाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङले तुलसीपुर उपमहानगरपालिकाका मेयरलाई ज्ञापन पत्र बुझाएकाे छ । बढ्दाे भ्रष्टाचार, अनियमितता लगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्दाहरुलाई समेटेर ज्ञापन पत्र बुझाएकाे हाे ।ज्ञापन पत्रमा भनिएकाे छ, ‘वर्तमान अवस्थामा किसान, मजदुर, शिक्षक, विद्यार्थी लगाएत सम्पूर्ण श्रमजीवीहरुका राष्ट्रियता जनतन्त्र र जनजीवीका संग सम्बन्धीत निम्न मागहरु यस तुलसीपुर उपमहानगरपालिकामा ज्ञापनपत्र पेश गरेका छौं । हाम्रा जायज मागहरुलाई यथाशिघ्र सुनुवाई गरी कार्यान्वन गरीदिनुहुन अनुरोध गर्दछौं। साथै हाम्रा मागहरुको वेवास्ता गरिएमा स्थानीय स्तरमा कडा आन्दोलनको आधीबेहरी सृजना गर्न बाध्य हुने जानकारी गर्दछौं ।”ज्ञापन पत्रमा १३ बुँदेसहितकाे विवरण यस प्रकार रहेकाे…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटले जिल्ला    प्रशासनमा बुझायाे ज्ञापन पत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटले जिल्ला प्रशासनमा बुझायाे ज्ञापन पत्र

विदुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल नुवाकोटका सचिब प्रसिद्धको एक प्रतिनिधिमण्डलले जिल्लाका जल्दाबल्दा समस्याहरुको बारेमा र जिल्लामा बढ्दै गईरहेको संस्थागत भ्रष्टाचारको विषयलाई लिएर ज्ञापन पत्र बुझाएको छ । २०८२ असार ३१ गते जिल्ला पार्टी सचिव प्रशिद्धले प्रशासनिक क्षेत्रमा भैरहेको घुसखोरी,बिकास निर्माणमा भैरहेको अनियमितता र बजारमा भैरहेको कालाबजारिकरण,प्राकृतिक सम्पदाको दोहन र भैरहेको तस्करी रोक्ने विषयमा ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेलाई ज्ञापनपत्र बुझाएका हुन् । सो अवसरमा उक्त जिल्ला पार्टीका कार्यालय सदस्य दर्शन, जिल्ला सदस्य सामना,र अन्य सदस्यहरु जगत र सबिना लगायतको उपस्थिति रहेको थियो ।
Read More
“पश्चगामी राजतन्त्र र वुर्जुवा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्र हो”

“पश्चगामी राजतन्त्र र वुर्जुवा गणतन्त्रको विकल्प संघीय जनगणतन्त्र हो”

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यबाहक महासचिव सिपी गजुरेलले जनगणतन्त्रका लागि नेपालका सबै कम्युनिस्ट पार्टीहरु एकजुट हुन अह्वान गरेका छन् । मंगलबार राजधानीको संवाद डबलीमा पार्टीको काठमाडौं जिल्लाले आयोजना गरेको अन्तरक्रियमा गजुरेलले प्रचण्ड–बाबुरामले धोका दिएका कारण क्रान्ति सफल नभएको आरोपसमेत लगाए । काठमाडौं जिल्ला सेक्रेटरी केदार खतिवडाले प्रस्तुत गरेको ‘दलाल संसदीय व्यवस्थाको विकल्पमा संघीय जनगणतन्त्र’ सम्बन्धी कार्यपत्रमाथि चर्चा गर्दै गजुरेलले समयको मगअनुसार विषय उठान भएको बताए । गजुरेलले जनयुद्धमा लिएको उद्देश्य पूरा नहुँदा पश्चगामी र बुर्जुवाहरुले देशलाई अस्थिर बनाएको आरोप लगाउँदै भने,“प्रचण्ड र बाबुरामहरुले बुर्जुवा लोकतान्त्रिक गणतन्त्रको पक्षमा सम्झौता गरेर १० वर्षको महान् जनयुद्धमाथि धोका दिँदा यो अवस्था आयो,…
Read More
धादिङमा भ्रष्टाचारका विरुद्ध सि. डि. ओ.लाई ज्ञापनपत्र

धादिङमा भ्रष्टाचारका विरुद्ध सि. डि. ओ.लाई ज्ञापनपत्र

काठमाडौँ: क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल धादिङ जिल्लाले धादिङ जिल्लाका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेलाई भ्रष्टाचारका विरुद्धमा ज्ञापनपत्र बुझाएको छ। गत असार २४ गते प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ज्ञापनपत्र बुझाइएको हो। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका धादिङ जिल्ला ईन्चार्ज अमृत अधिकारी , जिल्ला सदस्यहरू ज्ञानबहादुर श्रेष्ठ र विष्णु भुजेल समेतको प्रतिनिधि मण्डलले उक्त ज्ञापनपत्र बुझाएको हो। ज्ञापनपत्रमा राष्ट्रिय स्तरमा भएका भ्रष्टाचारका साथसाथै स्थानीय समस्याहरूलाई पनि प्रतिनिधि मण्डलले उठाएको थियो। त्यसै सन्दर्भमा प्रमुख जिल्ला अधिकारीले ज्ञापनपत्र बुझ्दै देशमा सुशासन कायम गर्नको निमित्त हामीले आफ्नो तर्फबाट योगदान गर्ने वचनबद्धता व्यक्त गरेका थिए। प्रतिनिधि मण्डलले स्थानीय समस्याहरु जस्तै बाढी पहिरो पीडितहरुका समस्याहरुलाई पनि उठान गरेका…
Read More
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले एक दिने अगुवा कार्यकर्तालाई दियो वैचारिक प्रशिक्षण

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले एक दिने अगुवा कार्यकर्तालाई दियो वैचारिक प्रशिक्षण

प्रदिप अस्तानी बनेपा /काभ्रे : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल काभ्रेले अगुवा कार्यकर्ताहरुको बिचमा बैचारिक प्रशिक्षण सम्पन्न गरेको छ। काभ्रे जिल्ला क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थाइ समिति सदस्य राम सिङ श्रीसको प्रमुख अतिथि तथा प्रमुख प्रशिक्षक रुपमा कार्यकर्ताहरुलाइ प्रशिक्षित गर्नु भएको हो । प्रमुख अतिथि श्रीसले संगठन निर्माण र परिचालन सम्बन्धि विषयमा प्रशिक्षण दिनु भएको हो। प्रशिक्षणमा बोल्दै नेता श्रीसले अनुशाशीत कार्यकर्ताले मात्र संगठन राम्रो र बलियो हुने हुँदा त्यस तर्फ काम गर्न कार्यकर्ताहरुलाइ निर्देशन दिनु भयो। नेपालमा थुप्रै कम्युनिस्ट पार्टी भएको तर कुन असली कम्युनिस्ट हो भनेर चिन्न…
Read More