संयुक्त एकता अधिवेशन सम्पन्न
हैदरावाद, भारत : अखिल भारत नेपाली एकता समाज र अखिल भारत प्रवासी नेपाली एकता समाज उत्तर दक्षिण नगर समितिको संयुक्त एकता अधिवेशन२०२४अगस्त१५मा सम्पन्न भएको छ ।अधिवेशनले १७ सदस्सीय उत्तर हैदरावाद नगर समिति गठन गरेको छ । जसमा अध्यक्ष गोविन्द केसी रहेका छन् । दक्षिण हैदरावादद नगर समितिको पनि ३५ सदस्सीय समिति गठन भएको छ ।जसमा पशुपति चालिशे अध्यक्ष रहेका छन् । अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण क्षेत्रीय समिति महिला विभागको पनि नयाँ नेतृत्व चयन भएको छ ।महिला विभागमा डिल माया थापाको नेतृत्वमा २३ सदस्सीय संगठन समिति निर्माण भएको छ।
अख्तियारले काट्यो मेयर चिरिबाबुलाई पत्र
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ । बाढीपहिरो पीडितका नाममा महानगरलाई हानि हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ । मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ । उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ । बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा. सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो ।
क्रान्तिकारी प्रेस संगठनको संयोजकमा नारायण शर्मा
काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल)बिच पार्टी एकतापछि ती पार्टी निकट पत्रकार सङ्गठनहरुका बिचमा केन्द्रीय कार्यालय स्तरीय संयुक्त बैठक २०८१ असार १ गते काठमाडौंमा सम्पन्न भएको जनाइएको छ । बैठकले लिएका निर्णय सार्वजनिक जानकारीका लागि संयोजक नारायण शर्माले जारी गरेको वक्तव्यमा बैठकले दुबै पत्रकार सङ्गठनका बिचमा एकता गर्न नारायण शर्मा संयोजक, सह संयोजकमा कमल बुढा र नारायण पङ्गेनी रहनु भएको ८१ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ । बैठकले ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । एकता राष्ट्रिय भेला २०८१ श्रावण ५ गते काठमाडौंमा गरिने जनाइएको छ । एकता राष्ट्रिय भेला आयोजक समिति निम्नानुसार…
यो नयाँ वर्षमा, सि.जी.को नयाँ सोचौं, नयाँ रोजौं उपहार योजना
काठमाडाैँ : नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सी.जी. को “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना लिएर आएको छ । यस उपहार योजना अन्तर्गत सी.जी.तथा सी.जी. मेरिडिया को उत्कृष्ट उत्पादनहरुको नवीनतम प्रविधि एवम गुणस्तरका साथ विशेष ग्राहकहरुका लागि रु. ५८,८०० सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको छ । आधुनिक प्रविधिको उत्कृष्ट क्वालिटिका सामान सँगै नेपालको आप्mनै ब्राण्ड सी.जी. को विश्वास पाई ग्राहकवर्गहरु ढुक्क भई यस नयाँ वर्षमा एक नयाँ…
आजकाे माैसम : मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, बागमती, गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको भैरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक दुई…
न्याय सेवा आयोगले माग्याे ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन
काठमाडौं : न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन माग गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रबार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो । नेपालको संविधानको धारा १४९ को उपधारा ९२० को खण्ड (ख) र (ग) बमोजिम देहायको समूहमा जिल्ला न्यायाधीशको पदमा प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नका लागि योग्यता पुगेका उम्मेदवारहरूले दरखास्त दिन पाउने जनाएको छ । महाशाखाका अनुसार आन्तरिक खुलातर्फ २१, खुलातर्फ १२, महिला ४, आदिवासी÷जनजाति २, मधेशी २, दलित १ र अपाङ्गता भएकाहरूका लागि १ पदमा विज्ञापन खुलेको हो । आवेदन विज्ञापन सूचना प्रकाशन भएको मितिले…
बिवादित जग्गा किनबेच बन्द सम्बन्धी सूचना
पोखरा महानगरपालिका वडा नं. ८ फिर्के नजिक रहेको शिवलाल तिमिल्सनाको घर नं. ११० को घर-जग्गा मिटरव्याज र ढुकुटी लेनदेनको कारण प्रमाण नभएको अनावश्यक हिसाव देखाई हडप्ने नियतले रेवत बज्राचार्यले आफ्नो छोरा समन्त बज्राचार्यको नाममा लेनदेन मिलेपछि फर्काउने शर्तमा पास गरी लिएको हुँदा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले पटक-पटक लेनदेन मिलाउन छलफल र सुझाव दिदा समेत नमिलाई थप विवाद सृजना हुने गरी घर-जग्गा विक्री गर्नको लागि रेवत बज्राचार्य लागि परेको जानकारी प्राप्त भएको हुँदा लेनदेन नमिलाउँदा सम्म उक्त घर-जग्गा किनबेच र कुनै पनि प्रयोजनको लागि प्रयोग नगर्न नगराउन अनुरोध गर्दछौ ।नोट :- अन्यथा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी भू-माफीया,…