बिवादित जग्गा किनबेच बन्द सम्बन्धी सूचना

पोखरा महानगरपालिका वडा नं. ८ फिर्के नजिक रहेको शिवलाल तिमिल्सनाको घर नं. ११० को घर-जग्गा मिटरव्याज र ढुकुटी लेनदेनको कारण प्रमाण नभएको अनावश्यक हिसाव देखाई हडप्ने नियतले रेवत बज्राचार्यले आफ्नो छोरा समन्त बज्राचार्यको नाममा लेनदेन मिलेपछि फर्काउने शर्तमा पास गरी लिएको हुँदा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कास्कीले पटक-पटक लेनदेन मिलाउन छलफल र सुझाव दिदा समेत नमिलाई थप विवाद सृजना हुने गरी घर-जग्गा विक्री गर्नको लागि रेवत बज्राचार्य लागि परेको जानकारी प्राप्त भएको हुँदा लेनदेन नमिलाउँदा सम्म उक्त घर-जग्गा किनबेच र कुनै पनि प्रयोजनको लागि प्रयोग नगर्न नगराउन अनुरोध गर्दछौ ।
नोट :- अन्यथा हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी भू-माफीया, मिटर व्याजी दलालको
विरुद्धमा सशक्त संघर्ष गर्ने जानकारी गराउँदछौ ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल, कास्की जिल्ला समिति

जन बिहानी

जन बिहानी

सेयर गर्नोस्

प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो की ?