क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नं. प्रदेशले मनायो ३५औँ जनआन्दोलन दिवस
इटहरी÷क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल १ नम्बर प्रदेश संगठन समितिले भव्य रुपमा ३५ औँ जनआन्दोलन दिवस मनाएको छ । चैत २४ गते ऐतिहासिक जनआन्दोलन दिवस मनाउन नारा जुलुश सहितको ¥याली निकालेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले सुनसरी जिल्लाको इटहरी शहरलाई परिक्रमा गरि म्याजिक स्टेसन पुगेर सभा गरेको थियो । उक्त सभाको प्रमुख अतिथी पार्टीका सल्लाहाकार समितिका सह—संयोजक कमल चौधरीले समानुपातिक र आत्मनिणर्यको अधिकार सहितको संघियजनगणतन्त्र ल्याउनका लागि क्रान्तिकारी कम्युनिस्ट पार्टी आन्दोलनमा होमिएको बताउनु भयो ।सोहि सभामा बोल्दै पार्र्टीका केन्द्रिय कार्यालय सदस्य तथा मजदुर संगठनका केन्द्रिय संयोजक दिनेश शर्माले २०४६ सालको जनआन्दोलनलाई स्मरण गर्दै ३५ औँ जनआन्दोलन दिव भव्य रुपमा मनाउनुको छुट्टै सार्थकता…