साबित्री खड्काकाे श्रद्धाञ्जली सभा सम्पन्न

चरिकाेट : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा महान जनयुद्धका दोलखाका संस्थापक नेता पुर्णबहादुर खडकाकी जीवन संगीनी सावित्री खडकाको श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ ।

श्रद्धाञ्जली सभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका कार्यालय सदस्यद्वय हेमन्तप्रकाश ओली सुदर्शन, दिनेश शर्मा सागर, सचिवालय सदस्य शरद रसाइली र हरिकृष्ण गजुरेलले श्रद्धाञ्जली मन्तव्य राख्नुभएकाे थियाे ।
श्रद्धाञ्जली कार्यक्रममा माओवादी केन्द्रका नेता हेम श्रेष्ठ भिमसेन, कांगेस नेता उदव काफ्ले, एमाले नेता रूद्र चौलागाई, एकीकृत समाजवादीका पोलिटव्युरो सदस्य शिव भण्डारी, माकेका नेता उपेन्द्र अधिकारी, राप्रपा दोलखा अध्यक्ष विष्णु श्रेष्ठले मन्तव्य राख्नु भएकाे थियाे ।

मृतक सावित्री खड्काका ३ छोरी, २ छोरा हुनुहुन्छ । छाेराछाेरीले परम्परागत किरिया बार्ने चलनकाे विकल्पमा आमाकाे नाममा २ लाखको अक्षयकोष स्थापना गर्नुभएकाे छ ।कोरा बसेर उहाँहरुले किरिया बार्नु भएन । परिवारले अपनाएकाे याे प्रगतिशील मृत्यु संस्कारकाे दाेलखा जिल्लामा उदाहरणीय भएकाे भन्दै मन्तव्य राख्ने वक्ताहरुले प्रशंसा गर्नुभएकाे थियाे ।

By जन बिहानी

Related Posts