विचार

‘गुलेलीको कार्यालय’ बाट ‘चरा’ लाई जवाफ

‘गुलेलीको कार्यालय’ बाट ‘चरा’ लाई जवाफ

दिनेश शर्मा नेकपा (मशाल), नेकपा (चौथो महाधिवेशन), सर्वहारावादी श्रमिक संगठन, विद्रोही ने.क.पा.(मसाल) र रुपचन्द्र विष्ट नेतृत्वको जनमुखी विचमा एकता भएपछि बनेको नेकपा(एकताकेन्द्र)ले २०४८ सालमा एकता महाधिवेशन सम्पन्न ग¥यो ।एकता महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय समितिले जनताका दैनिक समस्याको समाधानका साथै मुलत भारतसँग भएका असमान सन्धि सम्झौताको खारेजीका साथै एकीकृत महाकाली सन्धिमा एमाले, कांग्रेसले भारतसँग गरेको असमान सन्धि तथा शारदा व्यारेज र टनकपुर व्यारेजमा गरिएको असमान पानी बाँडफाँडको विषयलाई लिएर संघर्ष गर्ने निर्णय ग¥यो । उक्त संघर्ष अगाडि बढाउन क. निर्मल लामाको नेतृत्वमा संयुक्त केन्द्रीय संघर्ष समिति बनेको थियो । उक्त संघर्ष समितिले संघर्षका विभिन्न कार्यक्रम लगायत २०४८ साल चैत्र २४ गते नेपाल…
Read More
महासचिव गौरवले दिए ३१औँ महान जनयुद्ध दिवसको शुभकामना

महासचिव गौरवले दिए ३१औँ महान जनयुद्ध दिवसको शुभकामना

सीपी गजुरेल काठमाडौं : ३१ औं महान जनयुद्ध दिवसमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ऐतिहासिक महत्वको वक्तव्य जारी गर्दै आगामी कथित संसदीय निर्वाचन सशक्त रुपमा बहिष्कार गर्न र स्वाधीन संयुक्त सरकार गठनका लागि आधार निर्माण गर्न सम्पूर्ण देशभक्त शक्तिहरुमा हार्दिक आह्वान गरेको छ ।पार्टीका महासचिव गौरवले जारी गरेको वक्तव्यमा भनिएको छ, “राष्ट्रिय स्वाधीनताको हिसाबले नेपाल यति गम्भीर स्थितिमा आजसम्म कहिल्यै पुगेको थिएन । देशको अस्तित्वनै खतरामा परेको आजको स्थितिमा यो देशद्रोही सरकारको खारेजी र पार्टीले अगाडि सारेको सम्पूर्ण देशभक्त, प्रगतिशील, वामपन्थी तथा क्रान्तिकारीहरुका बीचको राष्ट्रिय राजनीतिक सम्मेलन, संयुक्त मोर्चा निर्माण, स्वाधीन संयुक्त सरकारको गठन र जनसंविधानको निर्माण गरी अग्रगमनको मार्ग प्रसस्त…
Read More
महान जनयुद्धको सम्झनामा

महान जनयुद्धको सम्झनामा

लेखक– हेमन्तप्रकाश ओली ‘सुदर्शन’ “हामी विस्मयबोधक स्वरमा भन्दछौँ : क्रान्तिको मृत्यु भएको छ ! – क्रान्ति जिन्दावाद !”– कार्ल माक्र्स, ‘फ्रान्समा वर्ग संघर्ष’ जनवरीदेखि नोभेम्वर १ सम्म, प्रगति प्रकाशन मास्कोद्वारा १९७८ मा प्रकाशित माक्र्स एंगेल्स, संकलित रचनाहरुको अंग्रेजी संस्करण, ग्रन्थ १०, पृ. ७० ।कम्युनिस्ट घोषणापत्रको प्रकाशन भएको केही दिनपछि १८४८ मा शुरु भएको फ्रान्सेली वर्गसंघर्षलाई सफल बनाउन माक्र्स र एङ्गेल्स दुवैले भव्य मेहनत गर्नुभएको थियो । तर त्यो १८५० मा असफल भयो । माक्र्सले फ्रान्समा वर्गसंघर्ष लेखेर त्यस ऐतिहासिक परिघटनाको विश्लेषण गर्दै माथि उदृत संश्लेषण गर्नुभयो । यसले मलाई १० बर्षीय महान जनयुद्धको स्मरण गराएको छ । मलाई पनि भन्न…
Read More
साम्राज्यवादी हस्तक्षेपका विरुद्ध लड्न जनयुद्ध अपरिहार्य हुन्छ : महासचिव सीपी गजुरेल

साम्राज्यवादी हस्तक्षेपका विरुद्ध लड्न जनयुद्ध अपरिहार्य हुन्छ : महासचिव सीपी गजुरेल

काठमाडौं : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले साम्राज्यवादी हस्तक्षेपका विस्द्ध लड्न जनयुद्ध अपरिहार्य हुने बताउनु भएको छ । पार्टीको केन्द्रीय समितिले आयोजना गरेको जनयुद्ध दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । नेपालमा लामो समयदेखि विस्तारवादी र साम्राज्यवादी हस्तक्षेप हुँदै आएको चर्चा गर्दै उहाँले भारतीय विस्तारवादले अप्रत्यक्ष रुपले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको भए पनि अमेरिकी साम्राज्यवादले विश्वभरि नै प्रत्यक्ष रुपले हस्तक्षेप गर्ने गरेको बताउनु भयो । उहाँले हालै भेनेजुएला, इरान लगायतका स्वतन्त्र र सार्वभौम मुलुकमाथि अमेरिकाले गरेको हमलाको चर्चा गर्दै नेपालको स्वाधीनतामाथि पनि अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादबाट हस्तक्षेपको खतरा दिनदिनै बढ्दै गएको…
Read More
नेपालको सन्दर्भमा राष्ट्रियताको प्रश्न

नेपालको सन्दर्भमा राष्ट्रियताको प्रश्न

लेखक : सिपी गजुरेल हाम्रो देशको अर्थ सामाजिक अवस्था अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक छ । यसको अर्थ के हो भने राजतन्त्रको अन्त्य त भएको छ तर आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक रुपमा सामन्तवादका अवशेषहरु र सम्बन्धहरु कायमै छन् । तर, यी सम्बन्धहरु पूर्ण रुपमा सामन्ती नभएर अर्ध सामन्ती चरित्रका छन् । यो भन्नुको अर्थ हो आधा सामन्ती र आधा पुँजीवादी । अर्कातिर नेपाललाई ‘स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न राष्ट्र’ भनिए पनि यो पूर्ण रुपमा स्वाधीन र स्वतन्त्र छैन । हाम्रो देश भारतजस्तो उपनिवेश त कहिल्यै भएन तर सन् १८१५/१८१६ मा तत्कालीन ब्रिटिश शासक र नेपालको राजतन्त्रका बीच भएको ‘सुगौली सन्धि’ पश्चात् भारतको अर्ध…
Read More
प्रधानमन्त्री कार्कीको सम्बोधनले सिर्जना गरेको संशय

प्रधानमन्त्री कार्कीको सम्बोधनले सिर्जना गरेको संशय

लेखकः रामबहादुर बुढा प्रधानमन्त्री सुशीला कार्कीले गत माघ १९ गते राष्ट्रिय सभामा पहिलो पटक औपचारिक सम्बोधन गरेकी छन्। २०८२ भदौ २३ र २४ गते जेन जी विद्रोहबाट के.पी. ओली नेतृत्वको कांग्रेस –एमाले गठबन्धन सरकारको विघटन भए पछि गत भाद्र २७ गते सुशीला कार्कीको प्रधानमन्त्रीत्वमा चुनावी सरकार बनेको थियो । सरकार गठन भएको झण्डै ५ महिना पुग्न थालेका बेला उनले अन्तरिम सरकारको प्रधानमन्त्रीको हैसियतले पहिलोपटक राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गरेकी हुुन् । नेपालको संविधानले प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनलाई मिलाएर संसद भनेको छ । जेन जी आन्दोलनकारीहरुको योजना अनुसार प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । प्रतिनिधि सभा…
Read More
राष्ट्रिय राजनीति, आम निर्वाचन र निकासको प्रश्न

राष्ट्रिय राजनीति, आम निर्वाचन र निकासको प्रश्न

लेखक– केदार खतिवडा लिपुलेक जस्ता संवेदनशील विषयमा सरकार र सत्तासीन दलहरूको कमजोर कूटनीतिक अडानले सार्वभौमिकता प्रति गम्भीर उदासीनता उजागर गरेको छ । एमसिसि सम्झौता संसदबाट पारित गरेर अमेरिकी साम्राज्यवाद अगाडि घुडा टेकेर राष्ट्रिय स्वाधीनता कमजोर बनाइरहेको छ । एमसिए पास गरेर अमेरिकी सेना भित्र्याउने अर्को षड्यन्त्रको दस्तावेज हस्ताक्षरका लागि लाईनमा छ । नेपालको राजनीतिक इतिहास शोषण, उत्पीडन, दमन र जनआन्दोलनको निरन्तर यात्रा हो । राणा शासनको अन्त्य गर्दै २००७ सालको परिवर्तन, २०१५ को पहिलो संसदीय निर्वाचनको अभ्यास, २०१७ सालको पञ्चायती निरंकुशताको थालनी पछि २०२८ सालको झापा आन्दोलन, २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रह, २०४६ सालको जनआन्दोलन, २०५२ सालदेखि चलेको…
Read More
सांस्कृतिक आन्दोलन विषाक्त संस्कृति विरुद्धको वैचारिक आन्दोलन हो

सांस्कृतिक आन्दोलन विषाक्त संस्कृति विरुद्धको वैचारिक आन्दोलन हो

अन्तर्वार्ता हेमन्तप्रकाश ओली ‘सुदर्शन’ नेपालको वर्तमान सांस्कृतिक अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ? विद्यमान अर्थतन्त्र र राजनीतिको विचारधारात्मक प्रतिबिम्ब नै संस्कृति हो । नेपालको विद्यमान अर्थतन्त्र भनेको नवऔपनिवेशिक अवस्थाबाट जन्मेको दलाल तथा नोकरशाही पुँजीवाद हो । यहाँको राजनीति भनेको यही दलाल तथा नोकरशाही अर्थतन्त्रको केन्द्रीय अभिब्यक्ति कठपुतली राज्यसत्ता हो । हाम्रो संस्कृति वास्तवमा दलाल पुँजीवादी अर्थतन्त्र र कठपुतली राज्यसत्ताको विचारधारात्मक प्रतिबिम्ब बनेको छ । कठपुली र राज्यसत्ताले राष्ट्रिय संस्कृतिलाई मौलिक रूपमा हुर्कन दिंदैन । यहाँ नवऔपनिवेशिक संस्कृति र राष्ट्रिय संस्कृति बिच नै प्रधान अन्तरबिरोध रहेको छ । यहाँ रहेको मौलिक संस्कृतिलाई विकृतितिर होइन प्रगतितिर अघि बढाउनु क्रान्तिकारी तथा प्रगतिशील संस्कृतिकर्मीहरूको दायित्व…
Read More
यो निर्वाचन बहिष्कारलाई हामीले प्रारम्भिक जनसंघर्षको रुपमा लिएका छौं : परि थापा

यो निर्वाचन बहिष्कारलाई हामीले प्रारम्भिक जनसंघर्षको रुपमा लिएका छौं : परि थापा

–परि थापास्थायी समिति सदस्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ( क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य परि थापाले ६ राजनीतिक दलले २०८२ माघ ५ गते काठमाडौँमा आयोजना गरेको निर्वाचन बहिष्कार कार्यक्रमका सन्दर्भमा व्यक्त विचार ) हाम्रो कुरा के हो भन्ने कुरा ब्यानरमै प्रष्ट लेखिएको छ। स्वाधीन संयुक्त जनसरकार निर्माण गर्ने, र यो नारालाई जनताको बीचमा लिएर जाने हामीले सोचाइ बनाएका छौं । हाम्रो देश नवऔपनिवेशिक अवस्थामा जकडिएको देश हो। १८१६ मा सुगौली सन्धि भएपछि नेपाल अर्ध औपनिवेशिक अवस्थामा रूपान्तरित भएको थियो । यहाँको अर्थ सामाजिक अवस्था अर्ध सामन्ती अबस्थामा त छँदै थियो । दोस्रो विश्वयुद्धपछि अमेरिकी साम्राज्यवादको नेतृत्वमा कथित विश्व…
Read More
हामीले यो चुनावलाई बहिस्कार गर्नु पर्छ : महासचिव सी.पी. गजुरेल ‘गौरव’

हामीले यो चुनावलाई बहिस्कार गर्नु पर्छ : महासचिव सी.पी. गजुरेल ‘गौरव’

सीपी गजुरेल विचार र सिद्धान्तको सधै भरी महत्व हुन्छ । विश्वव्यापी रुपमा अहिले विचार र सिद्धान्तलाई कमजोर बनाउने काम भइरहेको छ । नेपालमा पनि सिद्धान्तलाई कमजोर बनाउने काम भइरहेको छ । केही दिन अगाडि प्रचण्डहरुले स्रोह वटा पार्टीको एकता गरे । त्यो पार्टीको एकता किन गरेको रे भने स्रोह वटै पार्टी मिलेर माओवाद वा माओविचारधारालाई सिद्धान्तबाट हटाउनकालागि एकता गरेका रहेछन् । उनीहरुले माओवाद वा माओविचारधारा फाल्नकालागि एकता गरेको देखियो । सिद्धान्तको रक्षाको प्रश्न हरेक देशको क्रान्तिको निम्ति महत्वपूर्ण प्रश्न हो । सिद्धान्त नभई विचार हुँदैन, विचार नभइकन क्रान्ति हुँदैन । सिद्धान्तको महत्व कहिल्यै पनि कमी हुँदैन । हामीले क्रान्ति सम्पन्न…
Read More