विचार

जनपक्ष संविधान लेख्नका लागि पनि स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गरौं !

जनपक्ष संविधान लेख्नका लागि पनि स्वाधीन संयुक्त सरकार निर्माणका लागि संघर्ष गरौं !

हेमन्तप्रकाश ओली ‘सुदर्शन’,स्थायी समिति सदस्य तथा प्रवक्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालयको आयोजनामा २०८३ वैशाख २६ गते ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रियामा पार्टीको तर्फबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली ‘सुदर्शन’ ले व्यक्त गरेको विचारलाई यहाँ दिइएको छ। ) आजको छलफलको विषय संविधान संशोधनको विषय छ। त्यो सँग जोडिएको गणतन्त्र र राष्ट्रियताको सवाल पनि छ। अहिलेको परिस्थिति के हो ? हामीले त्यसलाई हेर्नुपर्दछ । संविधान र कानुन भन्ने कुरा क्रान्तिले निर्धारण गर्दछ,निर्माण गर्दछ। कानुन र संविधानले क्रान्ति निर्माण गर्दैन ।अर्थात कानुन र संविधानले क्रान्ति ल्याउँदैन । हाम्रो ध्यान यता जानुपर्दछ किनभने यसै…
Read More
अर्घाखाँचीको चुनढुंगा उत्खनन समस्या र विवाद : विकास कि विनाश ?

अर्घाखाँचीको चुनढुंगा उत्खनन समस्या र विवाद : विकास कि विनाश ?

अर्घाखाँची जिल्लामा देखिएको चुनढुङ्गा (ष्mिभकतयलभ) उत्खनन सम्बन्धी समस्या र विवादको बारेमा यो लेख पाठक वर्ग सामु पु¥याउन पाउँदा म आफैमा गौरवान्वित छु । किनकि मलाई भन्दा पाठक वर्गलाई यसबारेमा बढी जानकारी होला । कमेन्ट गर्नुभयो भने मलाई जानकारीको लागि सहयोग हुनेछ ।अब यो चुनढुङ्गा उत्खनन समस्या र विवाद के हो ? यो चुन ढुङ्गा उत्खननले कति बिकास ग¥यो र कति विनाश ? यो लेखले यसको समीक्षा , अनुगमन र मूल्यांकन गर्ने पर्यत्न गरेको छ । मुख्यतः विकास, वातावरण र स्थानीय अधिकारबीचको टकरावका रूपमा यो चुनढुङ्गा उत्खनन कार्य अगाडि आएको देखिन्छ। यसलाई स्पष्ट पार्ने पर्यत्नस्वरुप यहाँ एउटा लेख प्रस्तुत गर्ने जमर्को…
Read More
जाजरकोट जिल्लामा कम्युनिष्ट आन्दोलन : संक्षिप्त ऐतिहासिक रुपरेखा

जाजरकोट जिल्लामा कम्युनिष्ट आन्दोलन : संक्षिप्त ऐतिहासिक रुपरेखा

लेखक – रामबहादुर बुढा स्थान परिचयसमुन्द्र सतहबाट ६१० मि. देखि ५४३५ मि. सम्म उचाईमा रहेको यो जिल्लाको सिमाना पूर्वमा रुकुम र डोल्पा, पश्चिममा दैलेख र सुर्खेत, उत्तरमा कालिकोट र जुम्ला तथा दक्षिणमा सल्यान र रुकुम पर्दछन । जिल्लाको कुल क्षेत्रफल २२३० वर्ग कि.मि.छ भने २०७८ को जनगणना अनुसार जिल्लाको जनसंख्या १,८९,३६० रहेको छ । हाल यस जिल्लामा ७ वटा स्थानीय तह कायम गरिएको छ । जस मध्ये ३ नगरपालिका र ४ गाँउपालिका रहेका छन् । यस जिल्लाको प्रमुख आर्थिक स्रोत कृषि रहेको छ । जिल्लाको उत्तर पश्चिम क्षेत्रमा काइनाईट र टुरमालिन जस्ता बहुमुल्य पत्थर पाईन्छन् । जाजरकोट जलस्रोतमा धनी जिल्ला…
Read More
फासिवादको जगजगी

फासिवादको जगजगी

लेखक : सन्तबहादुर नेपाली गत वैशाख १८ गतेदेखि काठमाडौंका नदी किनाराका थापाथली, मनोहरा, शंखमूल लगायतका क्षेत्रमा बसेका सुकुम्बासी वस्तीमा एक्कासी डोजर चल्न थाले र २/३ दिन मै बस्ती उजाडियो । हजारौं सुकुम्बासीहरुलाई आफ्नो सामान पनि पैक गर्न दिई त्यहाँबाट उठाएर लगियो । केही टाठाबाठाहरुले मात्र आप्mना आवश्यक सामान बचाएर साथमा लगे । यति बेला नवनिर्वाचित प्रधानमन्त्री बालेन साहले चलाएको डोजर आतंकबारे व्यापक बहस भइरहेको छ । कतिपयले सार्वजनिक जग्गा खाली गराउनु सरकारको सही कदम बताइरहेका छन् भने कतिपयले बैकल्पिक व्यवस्था नगरी सुकुम्बासीहरुलाई आफ्नो घरबाट उठाउन नहुने बताइरहेका छन् ।काठमाडौंका नदी किनाराका सुकुम्बासी बस्ती खाली गराउनका लागि यस अघिका सरकारहरुले पनि…
Read More
उत्पीडनको माफी नै काफी ?

उत्पीडनको माफी नै काफी ?

लेखक : मनु विक २०८२ भाद्र २३ र २४ गते योजनाबद्ध रुपमा जेजी विद्रोह गराइयो । जेनजी विद्रोहको योजना कहाँ बन्यो ? कसले बनायो ? भौतिक संरचनाहरु जलाउने योजना कता बन्यो ? यसको कुनै खोजी हुन सकेको छैन । सुशीला कार्की नेतृत्वको सरकार बन्यो । सरकारले फागुन २१को निर्वाचन ग¥यो निर्वाचन पछि रास्वपाको सरकार बनेको छ । सरकारले प्रशासन सुधारका सय बुँदाको पाँचौ नं बुँदामा दलित तथा ऐतिहासिक रुपमा बहिस्कृत समुदाय माथि,राज्य,समाज र नीतिगत संरचनाबाट भएका अन्याय ,विभेद र अवसरवञ्चनको औपचारिक स्वीकारोक्ति गर्दै सामाजिक न्याय, समावेशी पुनस्र्थापना र ऐतिहासिक मेलमिलापको अधार तयार गर्ने १५ दिन भित्र राज्यका तर्फबाट औपचारिक क्षमा…
Read More
कम्युनिस्ट आन्दोलन पुनर्जागरण र पुनर्निर्माणको आवश्यकता

कम्युनिस्ट आन्दोलन पुनर्जागरण र पुनर्निर्माणको आवश्यकता

लेखक : प्रेम सुवेदी नेपालको कम्युनिस्ट आन्दोलनमा यतिबेला पुनर्जागरण पुनर्निर्माण र पुनर्गठनको बहस चलेको छ । तर, बहसका विषयवस्तु के बनाउने ,त्यो बहस कसरी गर्ने , त्यसको आधार के हुने ? जस्ता कुराहरु अहिले पनि अन्योल मै छन्।सामान्यतया बहसप्रति देखिएको उत्साहलाई सकारात्मक रुपमा लिनुपर्दछ , त्यसमा अन्तरनिहित प्रवृत्ति , चिन्तन र दृष्टिकोणहरुमा अलि बढी स्पस्टताको आवसयकता छ । कम्युनिस्ट आन्दोलनलाई केवल राजनीतिक आन्दोलन वा ,गतिविधिसङ्ग सीमित गरेर चल्ने बहसले पक्कै पनि आजको समस्यालाई समाधान दिन सक्दैन । त्यसैले कम्युनिस्ट आन्दोलनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा खादै आएको धक्का, त्यसले पारेको प्रभाव र आजका चुनौती तथा भविष्यको गन्तव्य समेतलाई ध्यान दिएर बहस…
Read More
महिला हिंसा र अन्त्यको प्रश्न

महिला हिंसा र अन्त्यको प्रश्न

लेखक : लक्ष्मी न्यौपाने महिलाहरु पुरुष भन्दा प्राकृतिक रुपमा फरक हुन्छन तर कमजोर हुँदैनन्, विभिन्न मानव निर्मित परिस्थितिले कमजोर बनाइएको हुन्छ । आदिम काल महिला प्रधान समाज थियो । उत्पादन, संग्रह र स्वामित्वमा आएको फेरबदलले महिला प्रधान समाज पुरुष प्रधान समाजमा रुपान्तरण भयो । समाज अहिले सुचना संचार प्रविधिको हिसाबले धेरै अगाडि बढे पनि महिला माथिको अन्याय अत्याचारमा कमी आएको देखिन्न । शोषणका रुपहरु मात्रै परिवर्तन भएको छ । महिला भएको कारणले शारीरिक, मानसिक, बौद्धिक, आर्थिक, यौनजन्य, सामाजिक, सांस्कृतिक तथा धार्मिकरुपमा हुने सबै प्ररकारका हिंसात्मक कार्यहरूलाई महिला हिंसा भनिन्छ । महिला हिंसा सामाजिक कलंक मात्रै होइन, मानवअधिकार विरुद्धको अपराध हो…
Read More
एस.पी.पी.सम्बन्धी भ्रम

एस.पी.पी.सम्बन्धी भ्रम

लेखक – रामबहादुर बुढा एस.पी.पी. भनेको के हो ?The state Partnership Program लाई संक्षिप्तमा एसपीपी भन्ने गरिन्छ । यसको नेपाली अनुवाद “राज्य साझेदारी कार्यक्रम” हो । आम रुपमा बोलिचालीमा “राज्य साझेदारी कार्यक्रम” भन्नुको सट्टा “एसपीपी” नै प्रचलित भएकाले यहाँ यस लेखमा पनि एसपीपी नै भनिनेछ ।संयुक्त राज्य अमेरिकाको सेना नेश्नल गार्डसित अन्य देशका सेनाहरुले द्विपक्षीय सम्बन्ध कायम गर्नु, सैन्य क्षमतामा वृद्धि गर्ने उद्देश्यले संयुक्त सैनिक अभ्यास गर्नु, प्राकृतिक प्रकोप, मानवीय सहयोगका कामहरुमा मिलीजुली काम गर्नु नै एसपीपी हो भनिएको छ । (U.S. Embassy in Nepal. n.d)नेपाली सेनाले अमेरिकी सेनासित संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । त्यसो त भारतीय सेनासित…
Read More
कम्युनिस्ट आन्दोलनमा अनुशासनको महत्व

कम्युनिस्ट आन्दोलनमा अनुशासनको महत्व

लेखक:टेकहरी न्यौपाने अनुशासन भन्नासाथ अनुशासित र अनुशासनविहीन चरित्र बीचको भिन्नतालाई जनाउँछ । अनुशासित व्यक्तिहरु अनुशासनमा बस्न सक्ने अनुशासनको पालना गर्ने हुन्छन् भने अनुशासनविहीनहरु विना भरोसाका जे पनि गर्ने झुट बोल्ने, भ्रममा पार्ने, सोझासाझालाई ठग्ने, लुट्ने, छलछाम गर्ने, सधैभरी अरुको खेदो खन्ने, सधैभरी अरु कै खान खोज्ने, अरुलाई झुटा आश्वासन दिने, आफैले आफूलाई बुद्धिजीवी ठान्ने, कृृत्रिम कुराहरु गर्ने, आफू बाहेक अरु ठिक नभएको सबै आफैले जानेको छु भन्ने, अरुको काममा भाँजो हाल्ने लगायतका थुपै्र नचाहिंदा काम गर्दैै हिंड्ने, बैमान मानसिकता बोकेका छट्टुहरुलाई जो कुनै पनि प्रणाली, निर्णय, विधि वा मूल्य मान्यता विपरीत काम गर्छ, लाई अनुशासन विहीन भन्ने गरिन्छ । अनुशासित…
Read More
निर्वाचनको परिणाम र राष्ट्रिय स्वाधीनताको प्रश्न

निर्वाचनको परिणाम र राष्ट्रिय स्वाधीनताको प्रश्न

लेखक : कृष्णराज पौडेल दलाल तथा नोकरशाही पुँजीपतिवर्ग र बचेखुचेको सामन्ती वर्गको नियन्त्रणमा रहेको संसदीय व्यवस्था र त्यसलाई जोगाउनका निम्ति गरिने संसदीय निर्वाचन र त्यसबाट बनेको सरकारले जनताका आधारभूत समस्या समाधान गर्छ, रोजगारी, शिक्षा, स्वास्थ्य, समानता, न्याय र सुरक्षाको ग्यारेन्टी गर्छ भन्ने कुरा विश्वास गर्न सकिंदैन । जनताका आधारभूत समस्याहरुको समाधान केवल मजदुर–किसान–सर्वहारावर्गको अग्रदस्ता कम्युनिस्ट पार्टीको नेतृत्वमा हुने जनवादी क्रान्ति पश्चात् बन्ने सरकारले मात्र गर्न सक्दछ । पुँजीवादी तत्वहरुको देशभक्त तथा लोकतान्त्रिक पक्ष सवल तथा सक्षम भएमा पुँजीवादी व्यवस्थाभित्र पनि सुधारका कामहरु गर्न चाहिं सकिन्छ । जस्तो कि राष्ट्रिय पुँजीको विकास, संरक्षण, सम्बद्र्धन गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास, कृषिमा आधुनिकीकरण,…
Read More